मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाईंको लागि यो महिना शुभ नै भन्न मिल्छ। विपरित लिंगीका मित्रबाट मद्दतको आशा गर्न सकिन्छ। पारिवारिक वातावरण सकारात्मक रहनाले मनमा शान्ति छाउनेछ। कार्यक्षेत्रमा स्थिति तपाईंका लागि अनुकूल रहनेछ। तपाईंको बोलीको प्रभाव आस-पासका मानिसमा पर्न सक्छ। रमणीय यात्राको सम्भावना देखिन्छ। तपाईंको आत्मवल तथा साहस बढ्नेछ। स्वास्थ्यको बारेमा भने विशेष ध्यान दिन आवश्यक रहेको छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
वृष राशिका मानिसलाई यस महिनामा दुख: कष्ट बढ्न सक्छ। स्वास्थ्यको सम्बन्धमा निकै सावधान रहनुहोला, अन्यथा चोटपटक लाग्ने सम्भावना उच्च रहेको छ। महिनाको मध्यबाट भने परिस्थिति तपाईंको लागि अनुकूल हुनेछ। लामो तथा छोटो यात्राको सम्भावना रहेको छ। यात्रा सुखद् र सफल हुनेछ। आफन्त तथा मित्रहरुबाट मद्दत मिल्नेछ। प्रेम सम्बन्ध मजबूत बन्नेछ। खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
भदौ महिना तपाईंका लागि सामान्य रहनेछ। कार्यक्षेत्रमा तपाईंको काम तथा निर्णयको सराहना गरिनेछ। परिश्रम अनुसार फल पनि राम्रो नै प्राप्त हुने देखिन्छ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ। महिनाको अन्त्यतिर व्यापार व्यवसायमा फड्को मार्न सफल भइएला। पारिवारिक वातावरण सकारातमक रहनेछ। तपाईंको आफ्नो कामबाट उच्च पदाधिकारीलाई प्रशन्न पार्न सक्नु हुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
तपाईंको लागि भदौ महिना शुभ रहनेछ। नयाँ कार्य प्राप्तिका साथै कार्यक्षेत्रमा पदोन्नतीको पनि योग रहेको छ। धार्मिक कार्यमा तपाईंको मन लाग्नेछ। साथी-भाईको साथमा रमणीय स्थलमा घुमघामको योग पनि बन्नेछ। सरकारी क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्नु हुनेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। नयाँ वस्त्र तथा वाहन सुखको योग रहेको छ। स्वास्थ्य पनि राम्रो रहनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
सिंह राशिका मानिसको लागि भदौ महिना अत्यन्त शुभ रहनेछ। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। साथै उनीहरुबाट विशेष मद्दत पनि प्राप्त हुनसक्छ। शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ। प्रेम सम्बन्ध मजबूत भएर जानेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। व्यापार-व्यवसायमा पनि राम्रो प्रगति मिल्ने देखिन्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
तपाईंका लागि यो महिना त्यति शुभ छैन। तपाईंको स्वास्थ्य यस महिना अस्थिर रहनेछ। शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। आम्दानी भन्दा खर्च बढी हुनेछ। महिनाको उत्तरार्धबाट आफन्त र साथीभाईको सहयोगले ठूलो काम बन्नेछ। आकस्मिक धन लाभको सम्भावना रहेको छ। कसैलाई दिएको धन यो महिना फिर्ता आउनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
पारिवारिक वातावरण महिनाभर नै सुखमय रहनेछ। शत्रुहरुले तपाईंको काम बिगार्न प्रयास गरेता पनि सफल हुने छैनन्। साथी-भाइसँग लामो समयपछि रमणीय भेटघाट हुनेछ। धार्मिक यात्रामा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। कामको शिलशिलामा यात्रा गर्नुपर्ने हुनसक्छ। कुनै पनि काम सुरु गर्नुअघि त्यसको बारेमा जानेर बुझेर मात्र सुरु गर्नुहोस्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
भाग्य वृद्धिको योग रहेको छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। नव विवाहित दम्पतिका लागि सन्तान प्राप्तिको योग रहेको छ। मनले चाहेको हरेक कार्यमा सफल भइनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला, चोटपटक लाग्ने सम्भावना रहेको छ। तपाईंको बोलीबाट आसपासका मानिस प्रभावित हुनेछन्। खर्चको मात्र बढ्नेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
भदौ महिना तपाईंको शुभ नै रहला। नयाँ काम सुरु तथा कुनै सम्झौतामा हस्ताक्षर गर्न चाहनु हुन्छ भने समय उत्तम रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको सक्रियता बढ्नेछ। आफन्त तथा परिवारका सदस्यबाट विशेष लाभ मिल्नेछ। व्यापार व्यवसाय क्षेत्रमा रहेका मानिसको लागि पनि समय अनुकूल रहेको छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
मकर राशिका मानिसको लागि यो महिना शुभ नरहला। यात्रा गर्दा विशेष सावधान रहनुहोला, चोटपटक लाग्ने सम्भावना रहेको छ। तपाईंको क्रोध तथा वाणीमा संयम राख्नुहोला, अन्यथा समस्या आइपर्न सक्छ। लगानीले त्यति राम्रो प्रतिफल नदिन पनि सक्छ। महिनाको अन्त्यमा भने केहि अधुरा कार्यहरु सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा तपाईंको कामले उच्च पदाधिकारी प्रशन्न हुनेछन्।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
