वास्तु शास्त्रका अनुसार यस्ता थुप्रै चीजहरु छन्, जुन घरमा कहिल्यै राख्नु हुदैन। ति चीजलाई घरमा राख्दा परिवारका सदस्यहरुबीच आपसी कलह बढ्छ र व्यक्तिले गरेको काम बिग्रन थाल्छ। आज हामी यस पोस्ट मार्फत यस्ता चिजको बारेमा जानकारी गराउने छौँ ।
घरमा नराख्नुहोस् फाटेका पुराना कपडा
वास्तु अनुसार कपडा भाग्यसँग सम्बन्धित छ । सफा सुकिलो कपडा भाग्यको प्रतिक मानिन्छ भने पुरानो मैलो कपडा दुर्भाग्यको प्रतिक मानिन्छ । त्यसैले घरमा मैला कपडा छन् भने धुनुहोस् र फाटेका कपडा नराख्नुहोस् । मैलो फाटेका कपडाले जीवनमा गुर्भाग्य निम्त्याउछ ।
पुराना पत्रिका
वास्तु शास्त्र अनुसार पुराना पत्र-पत्रिका कहिल्यै घर भित्र राख्नु हुदैन। जब घरमा फोहोरको थुप्रो हुन्छ ,त्यसले परिवारका सदस्यमा नकारात्मक भावना प्रदान गर्दछ । यसले परिवारक सदस्यको प्रगतिमा बाधा उत्पन्न हुन्छ र घरमा आर्थिक नोक्सानी हुनसक्छ ।
फुटेको मुर्तिको बिसर्जन
शास्त्र अनुसार भगवान र देवीहरुको मूर्ति वा तस्वीरले सकारात्मक उर्जा दिन्छ, तर यदि ति मुर्ति फुटेका छन् भने नकारात्मक उर्जाको बास हुन्छ। त्यसैले फुटेका मुर्तिलाई चोखो ठाउँमा गाड्नुहोस् या पानीमा बगाउनु होस् ।
पुराना ताल्चा साँचो परिवर्तन
यदि पुरानो जीर्ण तालाहरु तपाईको घरमा राखिएको छ भने तुरुन्तै घरबाट बाहिर निकाल्नुहोस्। वास्तु शास्त्र अनुसार पुरानो वा जीर्ण ताला घर भित्र कहिल्यै राख्नु हुदैन। पुरानो ताला वास्तु शास्त्रमा अशुभ मानिन्छ। वास्तु अनुसार नयाँ ताला भाग्यको प्रतिक मानिन्छ ।
बन्द भएको वा पुराना घाडी
घर तथा कोठा भित्र कहिले बन्द भएको घडी राख्नु हुदैन । बन्द घडी दुर्भाग्यको प्रतीक हो। यसले व्यक्तिको जीवनमा बाधा पुर्याउँछ। यस घडी घर भित्र राख्नाले व्यक्तिको बनेको काम पनि बिग्रन थाल्छ । वास्तु शास्त्र अनुसार घरमा बन्द घडी राख्नाले व्यक्तिको भाग्य पनि बन्द हुने मान्यता रहेको छ ।