धार्मिक मान्यता अनुसार जीवनमा राम्रो नराम्रो समय आउनु भन्दा पहिले विभिन्न संकेत प्राप्त हुनेगर्दछ । धार्मिक पुराण र ज्योतिष शास्त्रहरुमा यस बिषयमा बताएको छ । यस्ता संकेत धन प्राप्त, मान-सम्मान, दुर्घटना र विवाद आदिको बारेमा संकेत गर्दछ । यदि व्यक्ति सचेत हुनसक्ने हो भने यस समस्याबाट सजिलै बच्न सक्छ । समयमै समाधानको उपाय अपनाउनाले विभिन्न क्षति हुनबाट बच्न सकिन्छ ।
ज्योतिष शास्त्रमा शनिलाई न्यायको देवता भनिन्छ। यिनीहरु कर्म अनुसार फल दिन्छन्। साथै, शनि को क्रूर दृष्टिको कारण व्यक्तिको जीवनमा समस्याहरुको कारण पनि बन्न सक्छ । आज हामि यस्तो संकेतको बारेमा जान्नेछौ । जुन संकेतको बारेमा जानेर हामि समयमा नै सचेत बन्न सकौ।
जुत्ता चापल चोरी हुनु
जब जातको जुत्ता चापल बारम्बार चोरी हुन्छ तब यस्तो समयमा जातकमा शनिको अशुभ असर पर्न जादैछ भनेर जान्दा हुन्छ । यसतो समयमा शनिको अशुभ असरको मोचनको लागि गरिने बिधि अपनाउनु राम्रो मानिन्छ ।

नराम्रा सपना देख्नु
यदि बारम्बार नराम्रो सपना देखिन्छ भने घरमा झागड हुने संकेत तथा परिवारको सदस्य कतै समस्या परेको हुनसक्छ। नराम्रो सपना देखेको समयमा कसैलाई पनि सुनाउनु हुदैन ।

बिनाकारण खर्च बढ्नु
बिनाकारण नोक्सान हुनु, हातमै पर्न लागेको धन गुम्नु र आम्दनको श्रोत बन्द हुनु जस्ता समस्या देखिएमा सम्झनु शनिको दशा चलीरहेको छ । यस्तो समयमा जातकले जामा पुजीकाको साहारा लिनु उचित हुनेछ।

आँखा फर्फराउनु
महिनाको दहीले आँखा तथा दाया अंग र पुरुषको देब्रे आँखा तथा देब्रे अंग फर्फराउछ भने यस्तो संकेतलाइ राम्रो मानिदैन । यदि यस्तो भएमा भगवानलाई प्रार्थना गर्नुहोस् र सकारात्मक सोच्नुहोस्।

यस्ता समस्यालाइ समयमा नै थाहा पाउन सक्यो भने शनि देवबाट हुने नकारात्मक असरबाट बच्न सकिन्छ ।
