हरियाली अमावस्यको दिन पति-पत्नी मिलेर गर्नुहोस् यस्तो काम, सम्बन्ध हुनेछ सुमधुर!

साउन महिनामा बसिने ब्रत मध्ये एक हो हरियाली अमावस्य, हरियाली अमबस्य पति पत्नीको सम्बन्धको लागि प्रमुख मानिन्छ । यस हरियाल अमावस्यको दिन पति पत्नी साथमा शिवको पुजा आरधना गर्दछन् जसलाई एकदमै उत्तम मानिन्छ । यस पटक हरियाली अमावस्य आगामी आइतबार अगस्ट ८ मा पर्दछ ।

यसरी गर्न सकिन्छ पुजा
हरियाली अमावस्य को दिन श्रीमान् श्रीमतीले भगवान शिव र देवी पार्वतीको एक साथ पूजा गर्नुहोस् । यसको लागि सर्वप्रथम शिवलाइ पञ्चामृतले अभिषेक गर्नुहोस् र सेतो फूलले अभिषेक गर्नुहोस् । तेस्तै पार्वतीलाइ शृंगारको समान चढाउनु होस्। तेस्तै प्रसाद चढाउनुहोस् । पुजाको समयमा ‘ॐ उमामहेश्वराय नमः’ भनेर जप गर्नुहोस् । यसरी पुजा सम्पन भएपछी पुजाको प्रसाद पति पत्नी दुबैले ग्रहण गर्नुहोस् र परिवारका अन्य सदस्यलाइ पनि बाढ्नुहोस् । यसरी हरियाली अमावस्यको दिन पुजा गर्नाले पति पत्नी बिचको सम्बन्ध सुमधुर हुनेछ र परिवारमा शुख शान्ति छाउने छ ।

हरियाली अमावस्यको दिन रुखको बिरुवा रोप्नु एकदमै राम्रो मानिन्छ । यस दिन कुनै मन्दिर तथा सार्वजनिक स्थानमा बिरुवा रोप्नुहोला र जब सम्म यस बिरुवा हुर्कदैन तब सम्म यसको ख्याल गर्नुहोला ।

पितृहरुको नाममा तर्पण गर्नु


यस अमावस्यको दिन् पितृहरुको नाम तर्पण गर्दा एकदमै राम्रो रहेको छ । अमावस्यको दिन घरमै भएको पानीमा गंगाजल मिसाउनु होस् र त्यस पानीले स्नान गर्नुहोस् । यस पछी पितृहरुको नाम श्रद्दा गरेर तर्पण दिनुहोस् । यस समयमा दिन दुखिहरुलाई आफुले सकेको दाना गर्नु राम्रो रहेको छ ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिवनमा नराम्रो समय आउनु भन्दा पहिले मिल्छ यी ६ संकेत, बिल्कुलै नगर्नुहोस् बेवास्ता!