सारा अली खानले आमाबुबासँग मागिन् माफी, भन्छिन – “नाक का:_टे मैले”

एजेन्सी : बलिउड अभिनेत्री सारा अलि खान सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी फ्यानहरुमाझ आफ्नो ग्लामरस तस्बिरहरुसँगै भिडियो पनि शेयर गरिरहन्छिन्। हालै साराले आफ्नो एक भिडियो शेयर गरेकी छिन्, जुन भाइरल भईरहेको छ।

यस भिडियोमा सारा अलि खानको नाकमा चोट लागेको देख्न सकिन्छ। उनले आफ्नो नाक कपासले ढाकेकी छिन्। एकछिन पछि साराले पट्टि हटाउँछिन् र नाकमा चोट लागेको देखाउँछिन्।

भिडियो साराले अँग्रेजीमा भन्छिन् – ‘नक नक। हु इज देयर ? नक। नक हु ? मोर लाइक नक्ड आउट।’ यस भिडियोसँगै साराले हाँसोलाग्दो क्याप्सन लेखेकी छिन्।  उनले लेखेकी छिन् – ‘सरी अम्मा अब्बा। नाक का:_टे मैले।’

सारा अलि खानको वर्क फ्रन्टको कुरा गर्ने हो भने उनी वरुण धवनसँग फिल्म ‘कुली नम्बर १’ मा देखा परेकी थिईन्। साथै पछिल्लो पटक उनी अक्षय कुमार र धनुषसँग फिल्म ‘अतरंगी रे’ मा देखिएकी थिईन्।

प्रकाशित : बुधबार, साउन २०, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल तस्बिर: नागिनको नाग देवि सुरभीको पत्याउनै नसकिने यो रुप, तस्बिर सहित!