यस्ता औँला हुने मानिसको कहिल्यै नगर्नुस् भरोसा, जीवनमा जुनसुकै समयमा दिन्छन् धोका

काठमाडौँ : हामी सोच्छौं कि यदि हामीले कसैसँग धोका या छलकपट गर्दैनौँ भने तिनीहरुले पनि त्यसो गर्दैनन्। यसको साथै दिमागमा यो कुरा पनि चल्छ कि आखिर हामीले ती धोका दिने मानिसलाई कसरी चिन्ने त।

कसैलाई भेट्दा सर्वप्रथम तिनको हातमा ध्यान दिनुहोला। संसारभरका सबै मानिसका हातको बनावट अलग-अलग हुन्छ। खासगरी मानिसको औँलाको बनावट। यदि हामीमा औँलाको बनावट अध्ययन गर्ने कला भएमा हामीले सजिलै मानिसको स्वभावबारे थाहा पाउन सक्छौँ।

हस्तरेखा शास्त्र(Palmistry) अनुसार यदि कुनै व्यक्तिको औँलाको प्रथम पर्व यानी कि पहिलो पोर मध्यम आकारको छ भने यस्ता मानिसहरुबाट सतर्क रहनुहोला। यस्ता जातक अरुको बारेमा नराम्रो नै सोच्छन्। यिनीहरुका मनमा के चलिरहेको छ भन्ने अनुमान कसैले गर्न सक्दैनन्। यिनीहरुसँग सम्बन्ध गाँस्नु महँगो पर्न सक्छ।

यस्ता व्यक्ति जसको औँलाको माथिल्लो भाग सामान्य भन्दा अधिक मोटो हुन्छ र तलको भाग सामान्य आकारको हुन्छ भने यिनीहरुबाट पनि टाढै रहनु वेश हुनेछ। यिनीहरु आफ्नो हित मात्र सोच्छन्। यिनीहरु धेरै सोचविचार गरेर आफ्नो हितको लागि जोकोहीँसँगको सम्बन्ध पनि तोड्छन्। यहीँ कारण यिनीहरुबाट टाढै रहन सल्लाह दिईन्छ।

हस्तरेखा शास्त्र अनुसार यदि कुनै व्यक्तिको औँलाको आकार बिल्कुलै गोलो या सामान्य भन्दा धेरै चौडा छ भने यी मानिसहरुबाट सतर्क रहनुहोला। यिनीहरु आफ्नो फाइदाको लागि सम्बन्ध बनाउँछन्। एकपटक आफ्नो काम बनिसकेपछि यिनीहरु कसैलाई पनि चिन्दैनन्।

यदि कुनै व्यक्तिको औंलाको दोस्रो पर्व तीन सिधा रेखा या फेरी क्रसको निशाना छ भने तिनीहरुबाट टाढै रहनुहोला। यिनीहरु हरेक कुरामा कुतर्क गर्छन्। यहीँ कारण यिनीहरुसँग दोस्ती गर्दा केवल मानसिक तनाव बढ्छ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुरु पूर्णिमाको भोलिपल्ट बुध कर्कट राशिमा प्रवेश गर्ने : यी राशि जातक १५ दिनसम्म रहनुस् सतर्क