काठमाडौँ : ज्योतिषमा सबै १२ वटै राशिहरुका कमी, खुबी, विशेषताहरुका बारेमा बताईएको छ। तर केही राशि यस्ता हुन्छन्, जो जन्मजात नै भाग्यमानी हुन्छन्। ज्योतिषमा एक राशिलाई सबै राशिहरुमध्ये सर्वश्रेष्ठ(Best Zodiac Sign) बताईएको छ। त्यो राशि हो तुला। यस राशिका जातकमा निहित विशेषताहरुले यसलाई ११ वटा राशिहरुमध्ये सबैभन्दा उत्कृष्ट बनाउँछ।
यसकारण सर्वश्रेष्ठ मानिन्छ तुला राशिलाई
तुला राशिका जातकको बोल्ने शैली लाजवाब हुनुका साथै तिनको भाषामा पनि राम्रो पकड हुन्छ। यहीं कारण मानिसहरु उनीहरुबाट छिट्टै प्रभावित हुन्छन्।
यस राशिका जातक अत्यन्तै बुद्धिमान, ज्ञानवान र रचनात्मक हुन्छन्। यिनीहरुसँग तपाई फेशन देखि राजनीति र देश-दुनियाँको कुरा गर्न सक्नुहुन्छ। यिनीहरु ज्ञान दिने र लिने दुवै काम सहज तरिकाले गर्छन्। साथै यिनीहरु ज्ञान उपयोग गर्नमा पनि अब्बल हुन्छन्।
यिनको व्यवहार, विनम्रता, शानदार व्यक्तित्वले पहिलो पटकमै यस्तो छाप पार्छ कि मानिसहरुले उनीहरुलाई भुल्न सक्दैनन्।
यिनको बुद्धिमत्ता, आकर्षक व्यक्तित्वमा सुनमा सुगन्ध जसरी काम गर्छ यिनको दयालु मनले। ज्योतिषमा बताईएअनुसार यस राशिका जातकको दिल सुनको हुन्छ। यिनीहरु हरेक समय अरुलाई मद्दत गर्न तयार रहन्छन्, चाहे ती आफ्ना हुन् या अपरिचित नै किन नहुन्।
मुश्किल त सबैको जिन्दगीमा आउँछ, तर मान्छेको नजरियाले नै ती मुश्किललाई सानो या ठुलो बनाउँछ। तुला राशिका जातक एकदमै कठिन परिस्थितिमा पनि राम्रोपन खोज्छन्। तिनको यस्तो सकारात्मक रबैयाले तिनलाई र तिनको आसपास रहने मानिसहरुलाई अत्यन्तै लाभ पुर्याउँछ।
तुलाको मतलब सन्तुलन हुन्छ, यस राशिको जातकको रबैया, निर्णय लिने तरिका निकै सन्तुलित र तर्कशील हुन्छ। तिनको यहीं सोचले उनीहरुलाई आफ्नो प्रतिस्पर्धी भन्दा सधैं एक कदम अगाडी राख्छ।
यस राशिका जातक कूटनीतिमा पनि कुटिल हुन्छन्। यिनीहरु कुशल राजनेता साबित हुन्छन्। यिनमा सबै बीच सन्तुलन मिलाएर अगाडी बढ्ने तरिका हुन्छ।