ब्रेकअपपश्चात कसैले नपत्याएपछि यी नायिकाले गरेकी थिइन् ३ बच्चाको बाबुसँग बिहे !

एजेन्सी : अमिताभ बच्चन, शाहरुख खान र ऐश्वर्या रायको फिल्म ‘मोहब्बते’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री किम शर्मा ४२ वर्षकी भईसकिन्। फिल्ममा आउनुभन्दा पहिले उनी एक चर्चित मोडल थिइन् ।

आदित्य चोपडाको निर्देशनमा बनेको फिल्म ‘मोहब्बते’ मा किमलाई पहिलो ब्रेक मिल्यो । यसपछि उनले अरु पनि फिल्ममा काम गर्न थालिन्। तर उनको फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन। किम बलिउडमा फ्लप भईन तर अफेयरको कारण उनी सधैँ चर्चामा रहिन् । उनको अफेयरको चर्चा युवराजसँग भयो ।

किम शर्माको सबैभन्दा चर्चित अफेयर युवराज सिंहसँग भएको थियो । तर यी दुईको ब्रेकअप भयो । यूवराज सिंहको आमालाई किम बुहारीको रुपमा मन पर्दैन थियो । तर युवराजले एक अन्तर्वार्तामा भने कि उनीहरू बीच समझदारी थिएन । त्यसपछि ‘मोहब्बते गर्ल’ किम शर्माले केन्याको बिजनेसम्यान अली पुंजानीसँग बिहे गरिन् ।

अलि र किमको बिहे पनि धेरै दिनसम्म टिकेन र यी दुईले डिभोर्स लिए । अली पुंजानी पहिले नै विवाहित थिए र उनी तीन बच्चाको पिता थिए । उनले किमसँग बिहे गर्नको लागि आफ्नो श्रीमतीलाई डिभोर्स दिएका थिए ।

प्रकाशित : मङ्गलबार, असार २२, २०७८१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुस्लिम धर्मको सारा दर्शनको लागि मन्दिर पुगिन, फ्यानहरुले गरे यस्तो प्रश्न!