धर्मशास्त्र अनुसार यी ३ समयमा सुत्नु हुँदैन, के हुन्छ ती समयमा सुत्दा ?

काठमाडौँ : सामान्यतया: हामी रातिको समयमा सुत्ने गर्छौं । निन्द्रा थकान मेट्न वा आरामको लागि आवश्यक हुन्छ । तर यसको समय भने बडो ध्यान राख्नु पर्ने हुन्छ । यदि  आराम गर्ने निहुँमा गलत समयमा सुत्दा स्वास्थ्यका लागि घतक साबित हुन सक्दछ । त्यसबाहेक धार्मिक रुपले हेर्दा पनि गलत समयमा सुत्नु अशुभ मानिन्छ । धर्म शास्त्रहरुमा उल्लेख भए अनुसार यी ३ समयमा सुत्नै नहुने बताइएको पाईन्छ ।

सुत्नै नहुने ३ समय , के हुन्छ यो समयमा  सुत्दा

सूर्योदयको समय

सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।

सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । विहान सबेरैको समयलाई ब्रम्ह मुहुर्त भनिन्छ यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । विहान उठेर ब्यायाम गर्ने र मर्निङ वाक जाने चलन पनि त्यसैले चलेको हो ।

मध्यान्नको समय

शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ ।

मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । अतः मध्यान्नको समयमा सुत्नु भन्दा काम गर्नु राम्रो मानिन्छ ।

सूर्यास्तको समय

सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सूर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने ब्यक्तिले सहजै सफलता पाउन सक्दैनन् ।

धार्मिक मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन । यद्यपी गर्भवती वा विरामीहरु भने सुतेपनि कुनै दोष लाग्दैन ।

प्रकाशित : सोमबार, असार २१, २०७८०९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक साथ कुण्डलीमा मंगल र शुक्रको युती, कस्तो हुन्छ यसको प्रभाव?