काठमाडौँ : व्यक्तिले जुन नक्षत्र र राशिमा जन्म लिन्छन्, त्यसले तिनको जीवन र स्वभावमा धेरै प्रभाव पार्छ। ज्योतिष शास्त्र अनुसार अलग-अलग राशिका जातकका स्वभाव अलग-अलग हुन्छ, तिनको आ-आफ्नै विशेषता हुन्छ। यस्तै एक विशेषता छ कुनै व्यक्ति धेरै जिद्दी हुनु। यस्ता मानिस आफ्नो जिद्दीपन पूरा गर्नको लागि कुनै पनि हद सम्म जान सक्छन्। यद्यपि तिनका यो स्वभावले तिनलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत पुर्याउँछ। र साथै जिद्दीपनको कारण जिन्दगीमा थुप्रै कठिनाईहरु भोग्नुपर्छ। आज हामी तपाईलाई बताउँछौं कुन राशिका जातक स्वभावले धेरै जिद्दी हुन्छन्।
यी राशिका मानिस हुन्छन् धेरै जिद्दी
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
यस राशिका जातक स्वभावले अत्यन्तै साहसी र हठी हुन्छन्। यिनीहरु आफ्ना दुश्मनको डटेर सामना गर्छन्। साथै आफ्नो लक्ष्य पूरा गर्नको लागि जुनसुकै हदसम्म जान सक्छन्। यिनीहरु जे चाहन्छन्, त्यो पाएर छाड्छन्। यद्यपि आफ्नो यस्तै स्वभावको कारण नोक्सानी पनि ब्होर्नुपर्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
वृष राशिका मानिस पनि स्वभावले धेरै जिद्दी हुन्छन्। यिनीहरु हरेक काम आफ्नो मर्जी अनुसार गर्छन्। यिनीहरुले एकपटक निर्णय लिएपछि त्यो निर्णयमा अडिगरहन्छन्। आफ्नो कार्यक्षेत्र र अध्ययनको क्षेत्रमा लक्ष्य हासिल गर्न धेरै मेहनत गर्छन्। यिनीहरु आफ्नो जीवनमा धेरै परिवर्तन भएको मन पराउँदैनन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
सिंह राशिका मानिस पनि जिद्दी स्वभावका हुन्छन्। यिनीहरु पनि आफ्नो निर्णय बदल्नमा विश्वास राख्दैनन्। आफ्नो यहीँ स्वभावको कारण जीवनमा यिनीहरु पुरानो कुराहरु र रुढीवादी परम्परामा लाग्छन्। यिनीहरु जीवनमा धेरै बदलाव मन पराउँदैनन्। तर यिनीहरु सम्बन्धमा हुन्छन्, आफ्नो परिस्थितिलाई आफू अनुसार नै ढाल्छन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
यस राशिका मानिस धेरै जिद्दी र तेज हुन्छन्। यिनीहरु आफ्नो लक्ष्य पूरा गर्न कोशिश गर्छन्। वृश्चिक राशिका जातक आफ्नो लक्ष्य प्राप्तिको लागि कुनै पनि हदसम्म जान तयार हुन्छन्। यिनका यहीँ स्वभावका कारण अक्सर यिनीहरुले सफलता हात पार्छन्।