एजेन्सी : अमेरिकाको पेन्सिलभेनिया(Pennsylvania) मा बस्ने युवतीको दुई प्रजनन प्रणाली (Double Reproductive System) भएको खबर सार्वजनिक भएको छ। यसकारण उनको शरीरमा दुई यो:-नी र दुई गर्भाशय रहेको छ। २० वर्षीय युवतीले यस दुर्लभ शारीरिक स्थितिको कारण जीवनमा भोग्नुपरेको कठिनाई बारेमा सञ्चार माध्यमसँग कुरा गरेकी छिन्।
अमेरिकाको पेन्सिलभेनियाको फिलाडेल्फिया(Philadelphia) निवासी २० वर्षीय पैग डिएन्जेलो(Paige DeAngelo) को दुई प्रजनन प्रणाली (Double Reproductive System) रहेको छ। मेडिकल भाषामा यसलाई युटेरस डिडेलफिस (Uterus Didelphys) भनिन्छ।
डेलीमेलको रिपोर्ट अनुसार दुई प्रजनन प्रणाली भएको कारण पैगले धेरै समस्या झेल्नुपरेको छ। महिनामा दुई पटक महिनावारी हुन्छ।
रिपोर्ट अनुसार पैग एकै समयमा दुवै गर्भाशयमा गर्भवती हुन् सक्छिन् किनकी उनका दुवै प्रजनन प्रणालीले राम्ररी काम गरिरहेको छ।
पैग डिएन्जेलो १८ वर्षको उमेरसम्म यस दुर्लभ शारीरिक स्थितिको बारेमा अनभिज्ञ थिईन्। यद्यपि २ वर्ष अघि उनी जब अनियमित महिनावारीको कारण स्त्री रोग विशेषज्ञकहाँ पुगिन् तब यसबारे थाहा पाईन्। कहिलेकाहीँ १५ दिनमै महिनावारी हुने गर्थ्यो।