काठमाडौँ : ज्योतिष अनुसार शुक्र ग्रहलाई अत्यन्तै शुभ ग्रह मानिन्छ। किनकी यस ग्रहलाई सुख ,सम्पन्न,समृद्धि, वैभव आदिको कारक मानिन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सौन्दर्य, प्रेम, भावना, कला आदि तत्वको प्रमुख मानिन्छ। ज्योतिषीको कुण्डली अनुसार शुक्र ग्रह व्यक्तिको सुख र समृद्धिको कारक हुन्छ।
यसको मतलब यदि कुनै व्यक्ति सुखी जीवन बिताउन चाहन्छ भने सबैभन्दा पहिला उसले आफ्नो कुण्डलीमा शुक्रको दशाको बारेमा जान्न आवश्यक छ। कुनै व्यक्तिको कुण्डलीमा शुक्रको प्रभुत्वले उसको भौतिक सुखको आनन्द एवम् आकर्षक व्यक्तित्वको रुपमा दर्शाउँछ । शुक्र ग्रह एक राशिबाट अर्को राशिमा २३ दिनमा प्रवेश गर्छ।
ज्योतिष अनुसार शुक्र ग्रह, देवगुरु वृहस्पतिको कुम्भ राशिमा प्रवेश भएको ठीक २ दिन पछि अर्थात असार ८ गते (२२ जुन मंगलबार) २ बजेर ७ मिनेटमा मिथुन राशिबाट पुनर्वसु नक्षत्रको चतुर्थ चरणमा गोचर गर्दै कर्क राशिमा प्रवेश भएको छ जसको प्रभाव सबै राशिमा हुनेछ। यस राशिमा शुक्र २३ दिनसम्म रहन्छ र असार २३(१७ जुलाई)को बिहान ९ बजेर ७ मिनेटपछि सिंह राशि तर्फ प्रस्थान गर्नेछ।
२२ जुन २०२१ मा राशि परिवर्तन हुनुअघि शुक्रले मेमा राशि परिवर्तन गरेको थियो। शुक्र ग्रहको राशि परिवर्तनले सबै राशिमा असर पर्छ। यस अवधिमा मेष ,वृष, मिथुन, कर्क, कन्या, तुला ,मीन र वृश्चिक राशि हुने व्यक्तिलाई शुभ फल प्राप्त हुन सक्छ भने केहि राशिलाई यसको अशुभ प्रभाव पर्न सक्छ। थाहा पाउनुहोस् कुन राशिमा हुनेछ यसको विशेष प्रभावको बारे :-
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
शुक्र ग्रह कर्क राशिमा प्रवेश भएपछि मेष राशी हुने व्यक्तिलाई लाभ मिल्नेछ। त्यस समय मेष राशि चतुर्थ भावमा हुन्छ। यसको मतलब सुख वा माताको भावमा शुक्रको गोचर हुन्छ। शुक्र प्रस्थान हुनाले व्यक्तिको आय वृद्दि हुनुको साथै काममा प्रगति हुने योग बनिरहन्छ। यसले आर्थिक स्थिति सुध्रिनुको साथै आमाको स्वास्थ्यमा सुधार हुनेछ। समग्रमा यस गोचरले व्यक्तिको जीवनमा शुभ परिवर्तनहरु ल्याउँछ। मेष राशि हुने व्यक्तिलाई शुक्रबाट बोली र पारिवारिक आनन्द मिल्छ एवम् वैवाहिक जीवन पनि पूर्ण रुपले शुक्रमा निर्भर रहन्छ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यस परिवर्तनको समयमा शुक्र वृष राशिको तेस्रो भाव मतलब पराक्रम भावमा विचरण गर्नेछ । यो परिवर्तनले यस राशिक व्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउँछ। वृष राशि हुने व्यक्तिको स्वस्थ स्वास्थ्य रहन्छ र अद्भुत व्यक्तित्व प्राप्त गर्छन्। वृष राशिमा शुक्रको संयोग हुँदा पेसा सुरक्षित रहन्छ। यस समय तपाईको सम्बन्ध आफ्नो दाजुभाई तथा दिदिबहिनीसँग राम्रो रहनेछ। व्यापारीलाई लाभ हुनुको साथै विद्यार्थीहरु पनि आफ्नो पढाईमा मिहिनेत गर्न थाल्छन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
शुक्रको राशि परिवर्तनबाट यस राशिमा लगानीमा फाईदा छ। साथै आम्दानी बढ्ने तथा यात्रा हुने सम्भावना छ। मिथुन राशिको लागि यो गोचरले धन ,परिवार तथा बोलि सम्बन्धित परिवर्तन ल्याउछ। यसबाहेक परिवारसँग शुभ समय बिताउने अवसर पनि मिल्छ। मिथुन राशि हुने व्यक्तिलाई शुक्रबाट सन्तान , विद्या एवम् बुद्धिको वरदान मिल्छ। उनीहरुलाई शुक्रको कारण जीवनसाथीको प्रेम र ऐश्वर्य पनि मिल्छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको राशि परिवर्तन वृश्चिक राशिका व्यक्तिको लागि शुभ मानिन्छ। किनकी यस राशि हुने व्यक्तिको व्यवसाय वृद्दि हुनुको साथै नयाँ व्यवसाय सुरु हुने सम्भावना छ । वृश्चिक राशि हुने व्यक्तिलाई मान-सम्मान, प्रसिद्धि र ग्ल्यामर शुक्रमा निर्भर छन्। तर यस राशिक व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नुपर्छ र अनावश्यक कुरामा फस्नबाट बच्नुपर्छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
शुक्र ग्रह परिवर्तन कालमा मकर राशि आफ्नो सातौँ भावमा हुन्छ। यस्तो स्थितिमा शुक्रको गोचरले यस राशिका व्यक्ति विवाह हुन सक्छ । लामो समयबाट टालिएको विवाह पूर्ण रुपले सम्पन्न हुन्छ। यधपी बच्चाको मन पढाई पढाईबाट विचलित हुन सक्छ।