काठमाडौँ : हामी हिन्दुहरुले हाम्रा ३३ कोटी देवताको बारेमा विभिन्न चर्चाहरु सुन्ने गरेका छौं । हाम्रा पौराणिक ग्रन्थहरुमा ३३ कोटी देवी देवताको विभिन्न प्रसङ्ग आउने गर्दछ । तर के हाम्रा देवी देवता वास्तवमा नै ३३ कोटी अर्थात ३३ करोड नै छन् त ? कतै यो एक आलंकारिक मात्रै पो हो कि ? या वास्तविक नै हो त ? भन्ने बारेमा
वृहदाराण्यककोपनिषदको अध्याय तीनका याज्ञवल्क्य र शाकल्य बीचको सम्वाद विचार गर्नु योग्य देखिएको हुनाले यस सम्वादलाई यहाँ प्रस्तुत गरिँदैछ ।
वृहदारण्यक उपनिषद शुक्लयजुर्वेद अन्तर्गत काण्वी शाखाको वाजसनेयी ब्राम्हण अन्तर्गत पर्दछ । आकारमा यो वृहत अर्थात ठूलो एवं अरण्य (वनमा) अध्ययन गर्नपर्ने भएको हुनाले यसलाई वृहद्वारण्यक भनिएको हो ।
शाकल्यः देवता कति छन् ? ♥♥♥ याज्ञवल्क्य:- तैत्तिस
शाकाल्यले यसै प्रश्नलाई बारम्बार गरी पाँच पटक दोहो¥याए । यसो गरेको देखेर याज्ञवल्क्यले पनि हरेक पटक संख्या घटाउँदै देवताको संख्या क्रमशः छ, तीन, दुई डेढ र अन्त्यमा एकमा सीमित पारिदिए । ♥♥♥
शाकल्य:- फेरि यि तीन हजार तीन सय छ देवगण को हुन् त ?
याज्ञ:- यी देवताको विभूतिहरु हुन् । देवगण त तेत्तिस मात्र हुन् । ♥♥♥ शाकल्यः ती कुन–कुन हुन् ?
याज्ञः आठ वसु, एघार रुद्र, बाह्र आदित्य, इन्द्र र प्रजापति । ♥♥♥ शाकल्य:- आठ वसु को को हुन् ?
यज्ञः अग्नि, पृथ्वी, वायु अन्तरिक्ष, आदित्य, द्युलोक, चन्द्र र नक्षत्र । जगतको सम्पूर्ण पदार्थ यसैमा समाहित छ । अतः यि वसु गण हुन् । ♥♥♥ शाकल्य:- एघार रुद्र को को हुन् ?
याज्ञः पुरुषमा स्थित दस इन्द्रिय, एक आत्मा । मृत्युको समयमा यि इन्द्रीयहरुले शरीरलाई छाडिदिन्छन् र प्रियजनलाई रुवाउँछन । अतः यिनीहरु रुद्र छन् । ♥♥♥ शाकल्य:- बाह्र आदित्य को हुन् ?
याज्ञ:- एक वर्षमा पर्ने बाह्र महिना नै बाह्र आदित्य हुन् । ♥♥♥ शाकल्य:- इन्द्र एवं प्रजापति को हुन् ?
याज्ञ:- गर्जिने मेघ नै इन्द्र हुन् र यज्ञ नै प्रजापति हुन् । ♥♥♥ शाकल्य:- छ किसिमका देवगण कुन कुन हुन् ?
याज्ञ:- पृथ्वी, अग्नि, वायु, अन्तरिक्ष, द्यौ र आदित्य । ♥♥♥ शाकल्य:- तीन देवलोक कुन कुन हुन् ? ♥♥♥ याज्ञ:- तीन लोक- पृथ्वी लोक ♥♥♥ स्वर्गलोक र पाताल लोक ।
यि तीन देवता हुन् । यसैमा सबै देवगणले बास बस्ने गर्दछन् ।
शाकल्य:- दुई देवता के के हुन् ?
याज्ञ:- अन्न र प्राण नै दुई देवता हुन् । ♥♥♥ शाकल्य:- यि डेढ देवता चाहिँ को हुन् त ? ♥♥♥ याज्ञ:- वायु डेढ देवता हुन् । किनकि यी बहन्छन् र यसैबाट सबैको वृद्धि हुन्छ । ♥♥♥ शाकल्य:- एक देवता को हुन् नि ? ♥♥♥ याज्ञ:- प्राण नै एक्लो देवता हो । यही नै ब्रम्ह हो, यही नै तत्व हो ।
यस प्रकार सनातन धर्ममा देवताको संख्या यहाँ तेत्तिसकोटी (तेत्तिस करोड) नभएर मात्र ३३ प्रकारका बताइएको छ ।
♥ प्रसिद्द ज्योतिष डा. सुनील सिटौला