♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी ♥♥♥ साताको राशिफल : (असार १२ देखि १८ गतेसम्म) ♥♥♥ साताका चाड : असार १५-दही-चिउरा खाने दिवस/राष्ट्रिय धानबाली दिवस ♥♥♥ असार १८-भलभल अष्टमी/देवपाटनमा त्रिशूलयात्रा
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
सातालाई मध्यम रूपमा लिन सकिन्छ । सामान्यखालका काममात्र हुनेछन् । विशेषखालको लाभ होलाजस्तो छैन । मानप्रतिष्ठा बढ्नुभन्दा अबगाल आउने सम्भावना धेरै छ । व्यापारको काममा भने अलिकति प्रगति हुनेछ र त्यसैले व्यवहार चलाउनमा मद्दत देला ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
खासगरी प्राविधिक कामले मनग्गै फाइदा देला । पढाइ र लेखाइ दुवैतिर प्रगति हुने समय छ । खर्चको मात्रा नघटे पनि आम्दानीको स्तर बढ्न लागेकाले खास चिन्ता पर्ने छैन । मित्रहरू असलखालका छन् भने गतिलो कामसमेत हातमा पर्न सक्छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
त्यति राम्रोखालको साता होइन । धेरै बाधा र व्यवधानलाई सहनुपर्ला । रिस गर्ने र काम बिगारिदिने प्रशस्त छन् । हातले समातेको व्यवसायबाट पनि सोचेकोजति लाभ होलाजस्तो छैन । आर्थिक हानिको सम्भावना अति नै छ । नित्य सूर्यको दर्शन र आराधना गर्नुहोस्।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
सुरुका दिनमा अलिकति काम बन्नेछन् तर सोमबारको अपराह्नपछि प्रशस्त समस्यासित जुध्नुपर्नेछ । विशेषगरी आर्थिक स्थिति त्यति राम्रो होलाजस्तो छैन । व्यापारबाट भएको आम्दानी घट्ला कि जस्तो छ । परिवारका सदस्य र मित्रहरूले भने राम्रै मद्दत गर्नेछन् ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सोचेकोभन्दा निकै काम बन्नेछन् । आर्थिक स्थिति पनि सप्रिएर जानेछन् । व्यापार एवम् व्यवसायमा लाएको परिश्रम खेर जालाजस्तो छैन । रिस गर्ने र काम बिगारिदिने स्वयम् पराजित हुनेछन् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
परिश्रम बढी गर्नुपर्नेछ । परिश्रमले नै व्यवहार चलाउन टेवा मिल्ला । केही गतिलो व्यावसायिक काम हातमा पर्ला कि जस्तो छ । बौद्धिक स्थिति पहिलेभन्दा सप्रिएर आएको छ । त्यसैले पढ्ने र पढाउने दुवै काममा सोचेकोभन्दा निकै प्रगति हुन जाला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्लाजस्तो छ । त्यसैले आर्थिक हानि हुन सक्छ । शैक्षिक काममा विघ्नबाधा आइरहलान् । मित्रबाट पनि ठूलो सहयोग मिल्लाजस्तो छैन । घरपरिवारको स्वास्थ्यका लागि आर्थिक व्यय होला । देवीको आराधना गरिरहनुहोस् ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
पहिलेभन्दा केही सुधार भए पनि पूरा सन्तोष पाउन अझैँ पर्खनुपर्ने छ । मनमा अनेकप्रकारका तर्क, वितर्क र शङ्का उठिरहनेछन् । कुनै पनि कुराको निर्णय लिन ढिलो हुनेछ । स्वास्थ्यका लागि पनि बढी ख्याल राख्नुहोस् । इन्द्राणीको दर्शन गर्नु हाल नितान्त आवश्यक छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
अस्थिरताको क्रम अझैँ सिद्धिएको छैन । एउटै स्थानमा बस्न सक्नुहोलाजस्तो देखिन्न । त्यसैले पढाइ एवम् लेखाइमा बाधा पर्न सक्छ । रिस गर्ने धेरै भएकाले मुद्दा–मामिलाको समेत सामना गर्नुपर्ने स्थिति छ । गणेशको नित्य दर्शन र आराधना हाललाई अपेक्षित देखिन्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
रमाइलोसित साता सुरु होला । सुरुकै दिनमा इष्टमित्रसित भेटघाट हुने र मनोरञ्जन गरिने बढी सम्भावना छ । ठूलो रकमको लेनदेन भने हाल नगर्नुहोस् । आर्थिक लाभभन्दा हानि पो होला कि जस्तो छ । भित्रैदेखि दिल खोलेर सहयोग दिने मित्र कममात्र छन् ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
खर्च बढिरहला र त्यसलाई नियन्त्रण गर्न निकै कठिनाइ होला । व्यापार, व्यवसायबाट अलिकति आर्जन भए पनि पहिलेको तुलनामा त्यसलाई नगन्य भने हुन्छ । काम गरेको ठाउँमा मालिक खुसी होलान् भन्ने नसम् ́नुहोस् । शनिश्चरको आराधना हाललाई आवश्यक देखिन्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मध्यमखालको साता छ । निकै कठिनाइपूर्वक समस्या समाधान गर्नुपर्ला । पढाइको क्षेत्रमा अलि-अलि प्रगति हुनेछ । लेख्नेतिर कलम चलाउनुहोस् । सोचेकोभन्दा बढी नै प्रगति होला । मित्रबाट पाइने सहयोगमा कमी देखिन्न । सूर्य दर्शन गरिरहनुहोस् ।