♦ २०७८ साल असार महिनाको मासिक राशिफल ♦ ज्योतिष हरिप्रसाद पौडेल
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
ग्रह योगहरू अनुकूल रहेकाले चौतर्फी सफलताको समय रहेको छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । मनोबल उच्च र हनुका साथै कार्यक्षमतामा समे त उल्ले ख्य प्रगति भएर जाने छ । आर्थिक पक्षका कामबाट लाभ गराउने छ । प्रतिस्पर्धामा महत्वपूर्ण सफलता मिल्ने देखिन्छ । आत्मीय मित्र एवं आफन्तसँगको भेटघाटले मन रमाउने छ ।
रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जका अवसर मिल्ने छन् । पठनपाठनमा गहिरो अभिरुचि बढेर जाने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत सहभागी हुनुपर्ने देखिन्छ। महिनाको उत्तरार्द्धमा स्वास्थ्यका साथै गर्न आँटेका काममा ढिलासुस्तीका साथै सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सामान्य अस्वस्थताको सम्भावना छ । बोलीचालीमा होस् पु¥याउनु होला अन्यथा अप्ठ्यारोमा पार्न सक्ने देखिन्छ । आर्थिक लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन एवं रुकावटको स्थिति आइपर्ला । धार्मिक एवं सामाजिक काममा समेत सक्रिय सहभागिताको योग छ ।
आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्ने छ । महिनाको पूर्वार्द्धमा घरायसी खर्चको मात्रा बढेर जानुका साथै दाम्पत्य सम्बन्धमा समेत खटपट पर्न जाने छ । महिनाको उत्तरार्द्धमा विविध उपहारमिल्नुका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
अनायासै नसोचेका समस्या आइपर्दा दिकदारी गराउला । सामान्य शारीरीक अस्वस्थताको समेत सम्भावना देखिन्छ। यात्रा एवं सवारी साधन चलाउँदा विशेष होसियारी अपनाउनुपर्ने छ । आफन्त एवं पारिवारिक सम्बन्धमा चिसोपना आउने छ । अध्ययन अध्यापन कार्यमा गहिरो अभिरुचि एवं सफलताको योग छ ।
आर्थिक लेनदेन एवं ठूलो लगानी नगर्दा नै राम्रो होला । महिनाको पूर्वार्द्धमा सामान्य अस्वस्थता, सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने देखिएपनि उत्तरार्द्धमा मनोरञ्जन, यात्रा एवं धनागमको योग छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने देखिन्छ । अनावश्यक दौडधूप केही बढी नै पर्न जाला । सामान्य अस्वस्थता एवं चोटपटकको योग रहेकाले वाहन चलाउँदा विशेष होसियारी अपनाउनुपर्ला।
घरायसी खर्चको मात्रा बढेर जाने छ भने लेनदेनसम्बन्धी आर्थिक कारोबारमा हानिनोक्सानीको सम्भावना देखिन्छ । महिनाको पूर्वार्द्धमा व्यर्थको विवादमा पार्ने, आर्थिक हानिनोक्सानीका साथै पठनपाठनमा बाधा अड्चन आइपर्ने देखिए पनि उत्तरार्द्ध तिर काममा सफलता, मनोरञ्जन एवं धनागमनको योग छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
ग्रह योग प्रबल रहेकाले गर्न आँटेका काममा सफलता मिल्नेछ । मनोबल उच्च रहनाले कार्यक्षमतामा बढोत्तरी हुनुका साथै मानसम्मान तथा पद प्रतिष्ठा समेत मिल्ने योग छ । अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ । धार्मिक एवं सामाजिक काममा समे त सक्रिय सहभागिताको परिस्थिति आइपर्ला ।
आर्थिक पक्षका काममा राम्रै लाभ गराउने देखिन्छ। महिनाको पूर्वार्द्धमा काममा सामान्य बाधा अड्चन आइपर्ने देखिए पनि उत्तरार्द्धमा आरोग्यता, मनोरञ्जन एवं मानसिक प्रसन्नता मिल्नेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
महिनाका ग्रहयोगहरू अनुकूल रहे काले आँटेका काम एवं सोचेका योजनाले मूर्त रूप लिने छन् । सामाजिक काममा अभिरुचि बढेर जाने छ । नोकरीमा पद प्रतिष्ठा वृद्धि गराउने सम्भावना रहेको छ । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ । स्थान एवं काम परि वर्तनको योग समेत छ ।
घरायसी खर्चको मात्रा बढेर जाने छ भने सन्तानको चिन्ताले सताउने छ । दाम्पत्य सम्बन्धमा मिठास एवं पारिवारिक सुखको अनुभूति गराउला । आफन्त एवं इष्टमित्रसँगको सम्बन्ध प्रगाढ भएर जाने छ । महिनाको उत्तरार्धमा धनागमका साथै मानसिक प्रसन्नता बढेर जाने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । सामान्य विषयलाई लिएर अनावश्यक विवादमा समेत पार्न सक्ने देखिन्छ । खर्चको मात्रा बढेर जानाले व्यावहारिक कठिनाइ आइपर्नसक्छ ।
ठूला आर्थिक लगानीका साथै लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । सन्तान एवं पारिवारको चिन्ताले पिरोल्ने छ भने दाम्पत्य सम्बन्धमा समेत चिसोपना बढेर जाला । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ । महिनाको पूर्वार्द्धमा आएका बाधाअड्चन उत्तरार्धतिर क्रमशः हटेर जाने छन् ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाला । स्वास्थ्यस्थिति बिग्रनसक्ने देखिएकाले खानपानमा विचार पु¥याउनुपर्ला । अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने छ । घरायसी विषयलाई लिएर दम्पतीमा अनावश्यक विवाद समेत पर्नजाने योग छ ।
खर्चको मात्रा बढेर जानाले व्यावहारि कठिनाइ समेत आइपर्नसक्ने छ । मनोरञ्जन एवं प्रेम सम्बन्धमा वियोगान्तको सम्भावना छ । पठनपाठनमा भने अभिरुचि यथावत् नै रहने छ । महिनाको उत्तरार्द्धमा धनागमका साथै धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
सामान्य अस्वस्थताको योग रहेकाले खानपानसम्बन्धी विषयमा विशेष विचार पु¥याउनुपर्ने छ । अनावश्यक दौडधूप एवं कार्यव्यस्तता बढेर जाने छ । गर्न आँटेका काममा ढिलासुस्ती एवं अनावश्यक बाधा अड्चन आइपर्ने देखिन्छ । घरायसी एवं पारिवारिक सम्बन्धमा सुधारको योग छ ।
ठूला लगानी एवं लेनदेनसम्बन्धी आर्थिक कारोबार गर्दा हानिनोक्सानी बेहोर्नुपर्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा बाधाअड्चनको सामना गर्नुपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि बढेर जाला । महिनाको उत्तरार्द्धतिर काममा आइपरेका अवरोध क्रमशः हटेर जाने छन्।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
शारीरिक आरोग्यता एवं मानसिक प्रसन्नता अनुकूल रहने छ । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्नुका साथै महìवपूर्ण सफलता समेत प्राप्त होला । पारिवारिक सुखसम्बन्ध राम्रो रहने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत रुचि लाग्ने छ ।
भाग्यले साथ दिनाले गर्न आँटेका काममा महìवपूर्ण सफलता हात पर्ला । आर्थिक पक्ष दरिलो भएर जाने छ भने इष्टमित्र एवं आफन्तको सहयोग समेत पाइने छ । उच्च मनोबलका साथै तपाईको कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
शारीरिक एवं मानसिक अस्वस्थताको सिकार बनाउन सक्ने छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । गर्न आँटेका एवं मनले सोचेका योजनामा ढिलासुस्ती गराउने योग छ । स्वास्थ्यमा उतरचढावको परिस्थिति देखापर्ने छ ।
गलत व्यक्तिको सङ्गतले पश्चात्ताप पर्न जाने देखिएकाले सङ्गतमा विचार पु¥याउनुपर्ला । लेनदेन तथा ठूला आर्थिक कारोबार सकभर नगर्दा नै बेस हुने छ । महिनाको उत्तरार्द्धतिर नयाँ कामको सम्भावनाका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन् ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
अनावश्यक दौडधूप एवं कार्यव्यस्तता बढेर जाने छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा होसियारी अपनाउनुपर्ला । घर परिवारमा माङ्गलिक कार्यको शुभारम्भ हुने योग छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् ।
धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । दाम्पत्य सम्बन्ध बलियो भएर जानुका साथै रमाइलो पारिवारिक वातावरणको माहोल बन्ने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्ने छ भने साथीभाइ तथा आफन्तको सहयोगले मन रमाउने छ ।