एजेन्सी : आम युवती सरह बलिउड अभिनेत्रीहरुले पनि दुर्व्यवहारको अनुभव गरेका छन्। कहिले आफ्नै सहकर्मी त कहिले भीडभाडमा खराब मानसिकता भएका फ्यानले दुर्व्यवहार गर्छन्। महिला सशक्तिकरणको बुलन्द आवाज उठ्ने अहिलेको युगमा महिलाहरुले दुर्व्यवहारलाई बिल्कुलै सहदैन, तुरुन्तै विरोध जनाउँछन्। केही बलिउड अभिनेत्रीले आफूलाई गलत मनसायले छुन खोज्ने व्यक्तिलाई जोडदार थप्पड हानेर विरोध जनाएका छन्। को हुन् त ती अभिनेत्रीहरु ? हेर्नुहोस्।
जया प्रदा(Jaya Prada) :
८० को दशकको लोकप्रिय अभिनेत्री जया प्रदाले एक फिल्मको शूटिङको क्रममा सह-कलाकार दलिप ताहिल(Dalip Tahil) लाई गालामा चट्कन लगाएकी थिईन्।
मिडिया रिपोर्टस अनुसार दलिप ताहिलले एक सिन खिच्ने क्रममा आफूलाई काबूमा राख्न राखेनन् र अभिनेत्री जयालाई बेस्सरी च्यापे। दलिपको यस्तो हर्कतले जया रिसाईन् र दलिपलाई थप्पड लगाईन्।
राधिका आप्टे(Radhika Apte) :
राधिका आप्टेलाई बो:ल्ड एवं अभिनय कलामा निपुण अभिनेत्री मानिन्छ। अभिनेत्री राधिकाले पनि दुर्व्यवहार भोगेकी थिईन्। उनले एक अन्तर्वार्तामा बताएअनुसार साउथ फिल्म शूटिङको क्रममा चर्चित साउथ इन्डियन एक्टरले उनलाई दुर्व्यवहार गरेका थिए।
उक्त अभिनेताले उनको खुट्टामा गलत मनसायले छोएका थिए र उनले तिनलाई पाठ सिकाउन थप्पड हानेकी थिईन्।
स्कारलेट विल्सन(Scarlett Mellish Wilson) :
ब्रिटिश मोडल स्कारलेट विल्सनले हिन्दी तथा साउथका थुप्रै फिल्मका आइटम सङमा काम गरेकी छिन्। ‘बाहुबली(Baahubali)’ फिल्मको गीत ‘मनोहारी(Manogari)’ मा उनले नृत्य गरेकी थिईन्।
यहीँ गीतको शूटिङको क्रममा उनलाई सहकलाकार उमाकान्त रायले उनलाई गलत तरिकाले छोएका थिए। उनले सहकलाकार उमाकान्त रायलाई थप्पड हानेको दृश्य क्यामेरामा पनि कैद भएको थियो।
गीतिका त्यागी(Geetika Tyagi) :
‘आत्मा(Aatma)’ र ‘वन बाई टू(One by Two)’ लगायतका फिल्महरुमा काम गरिसकेकी अभिनेत्री गीतिका त्यागी पनि दुर्व्यवहारको शिकार भएकी थिईन्। सन् २०१४ मा उनले निर्देशक सुभाष कपूर(Subhash Kapoor) माथि उ:-_त्पी_:डनको आरोप लगाएकी थिईन्।
अभिनेत्री गीतिकाका अनुसार एउटा कार्यक्रममा झगडा हुँदा निर्देशक सुभाष कपूरले उनलाई गलत तरिकाले छोएका थिए। जसको बदलामा अभिनेत्री गीतिकाले थप्पड हानेकी थिईन्। पछि सुभाषले आफ्नो गल्ती स्वीकारेका थिए।