काठमाडौँ : आउँदो असार १ गते मङ्गलबार मिथुन संक्रान्तिको दिन सूर्यले राशि परिवर्तन गर्दै छ। यो सूर्य ग्रह वृष राशिबाट मिथुन राशिमा जानेछ। सूर्य मिथुन राशिमा असार ३ गतेसम्म रहनेछ। असार ३ गते कर्कट राशिमा गोचर गर्नेछ। ज्योतिषाचार्यका अनुसार सूर्यको अशुभ प्रभावबाट बच्नको लागि दैनिक सबेरै उठ्नुहोला र सूर्यलाई अर्घ्य दिएर दिनको सुरुवात गर्नुहोला। सूर्यले राशि परिवर्तन गर्दा १२ वटै राशिहरुमा कस्तो प्रभाव पर्ला त ? हेर्नुहोस् सूर्यको राशिफल…
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : घरमा सुख-शान्ति कायम रहनेछ। परिवार र समाजमा मान-सम्मान प्राप्त हुनेछ। धन लाभ हुने योग छ। मेहनत गरे अनुसारको फल प्राप्त हुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यस राशिबाट सूर्य निक्लिनेछ। यहीँ कारण धन लाभ हुने योग बनेको छ। सन्तानबाट सहयोग प्राप्त हुनेछ। परिवारमा सबै ठीकठाक रहनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : यस राशिमा सूर्य आउँदै छ। सरकारी कार्यमा लाभ हुन् सक्छ। शत्रु पराजित हुनेछन्। रोजगारको मामिलामा सफलता मिल्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : जग्गा-जमिनसँग सम्बन्धित काममा लाभ प्राप्त हुनेछ। वादविवादबाट टाढै रहनुहोला, अन्यथा चिन्ता बढ्नेछ। केही समयपछि लाभ हासिल हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : तपाईको लागि समय सामान्य रहनेछ। मेहनत अनुसार लाभ प्राप्त गर्नुहुनेछ। सोचविचार गरेर अगाडी बढ्नुहोला र लाभ प्राप्त हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : तपाईको कार्यप्रदर्शन राम्रो रहनेछ। सफलता हासिल हुँदा मन प्रसन्न रहनेछ। शत्रु पराजित हुनेछन्। धन लाभ हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : संयमपूर्वक समय बिताउनुहोला। हतारो नगर्नुहोला। अन्यथा काम बिग्रिन सक्छ। धैर्यपूर्वक काम गर्नुहोला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :सावधान रहन आवश्यक छ। धेरै उत्साहित भएर कुनै काम नगर्नुहोला। सोच-विचार गरी लगानी गर्नुहोला। विज्ञ व्यक्तिबाट सल्लाह लिएर अगाडी बढ्नुहोला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : यस राशिको लागि अनावश्यक चिन्ता बढ्नेछ। तर सरकारी काममा सफलता मिल्ने योग छ। धेरै चिन्ता नलिनुहोला। भविष्यमा समय तपाईकै पक्षमा रहनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : बिग्रिएका काममा सुधार आउनेछ। नयाँ योजनामा काम गर्न सक्नुहुने छैन। ठुलो उपलब्धी हासिल गर्नुहुनेछ। समय तपाईको पक्षमा हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : सवारी साधन खरिद गर्ने योग छ। लेनदेनको मामिलामा सावधान रहनुहोला। सोच-विचार गरी काम गर्नुहोला। भावी योजनाहरु सफल हुनेछन्।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : काम समयमै पूरा हुनेछ। मनमा भय रहनेछ। चिन्ता बढ्नेछ। काम बीचैमा बिग्रिन सक्छ।