आज शुक्रबारको राशिफल : तपाईको दिन कसरी बित्ला ? यी राशिलाई धन लाभको योग छ

पञ्चाङ्ग : – (दिन – शुक्रवार)…….(नक्षत्र – मृगशिरा , १४:०० बजे उप्रान्त आर्द्रा)…….(तिथि – प्रतिपदा , १७:१८ बजे उप्रान्त द्वितीया)…….(करण – वव १७:१८ बजेदेखि वालव , ३०:०० बजे उप्रान्त तैतिल)…….(योग – शूल , ८:४४ बजे उप्रान्त गण्ड)…….(जेठ २८, २०७८)…….(11 June, 2021)…….(प्रतिपदा, ज्येष्ठ शुक्लपक्ष)…….(तछलाथ्व, ११४१ ने.सं.)…….(सूर्योदय(sunrise) ५:०९//सूर्यास्त(sunrise) १८:५८)…….

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

विचारको गतिशीलतासँग दुविधा महसुस गर्नुहुनेछ। जसकारण कुनै पनि निर्णय लिन सक्नुहुनेछैन। नयाँ काम गर्ने प्रेरणा मिल्नेछ। सानो प्रयास सफल हुन् सक्छ। लेखन कार्यको लागि शुभ दिन छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

दुविधापूर्ण व्यवहारले समस्यामा पर्न सक्छ। यसकारण महत्त्वपूर्ण समस्य गुमाउन सक्नु हुन्छ। जिद्दी स्वभावलाई त्यागेर कसैसँग विवाद होला। बनाएको सबै योजना पूरा नहुँदा यात्रा रद्द गर्नुहुनेछ। लेखक, कारागार र कलाकारले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन्।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तन मनको ताजगी अनुभवको साथ दिन सुरुवात हुनेछ। घर वा कतै बाहिर साथीसँग मन पर्ने खानेकुरा खान जानुहुनेछ। राम्रो कपडा लगाएर बाहिर जाने प्रसंग खडा हुन सक्छ। आर्थिक लाभ होला। मनमा कुनै पनि प्रकारको नकारात्मक भावनालाई प्रवेश गर्न नदिनुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

धेरै खर्च हुने दिन छ। पारिवारिक वातावरण राम्रो रहला। कुटुम्बसँग मतभेदको प्रसंग खडा हुन सक्ला। मनमा अनेक प्रकारको अनिश्चितताको कारण मानसिक बेचैनी रहला। वाद- विवाद वा झगडामा नपर्नुहोला। गलत धारणाको बारेमा स्पष्ट रुपमा कुरा गर्नाले कुरा पूरा हुनेछ। स्वास्थ्यप्रति लापरवाही नगर्नुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

कुनै पनि कुराको दृढ मनबाट निर्णय लिन सक्नुहुनेछैन। मिलेको फाईदाबाट लाभ पाउन सक्नुहुनेछैन। विचारमा मन अट्कीरहनेछ। मित्र वर्ग र विशेषगरी स्त्री मित्रको तर्फबाट लाभ मिल्न सक्ला। व्यापारमा लाभ मिल्न सक्ला। महत्वपूर्ण निर्णय नलिनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

वर्तमान समयमा नयाँ कार्य सम्बन्धित सफल आयोजन गर्न सक्नुहुन्छ। व्यापारी वर्ग र पेसा वर्ग दुवैको लागि लाभदायी दिन छ। उच्च अधिकारीको कृपा दृष्टिबाट पदोन्नति होला। व्यापारमा लाभ होला। घरायसी जीवनमा आनन्द माहोल रहला। पिताको तर्फबाट लाभ होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईले काम गर्ने ठाउँमा उच्च वर्ग अधिकारीको रिस सहनुपर्नेछ। व्यापारमा समस्या हुनेछ। सन्तान सम्बन्धि चिन्तित रहनुहुनेछ। टाढाको यात्राको आयोजन हुन सक्ला। धार्मिक यात्राको योग छ। लेखन, साहित्य सिर्जना गर्न सक्षम रहनुहुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

वर्तमान समय शान्तिपूर्वक बिताउनुहुनेछ। रिस काबुमा राख्नुहोला । अनैतिक कार्यबाट टाढा रहनुहोला। पैसा खर्च हुनाले आर्थिक समस्या अनुभव गर्नुहुनेछ। तपाई काम समयमा नै पूरा हुनेछ। खानपिनमा ध्यान राख्नुहोला। शारीरिक र मानसिक अस्वस्थता रहला। योग ध्यान र आध्यात्मिकताद्वारा मनमा शान्ति मिल्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

विचारको बौद्धिक तार्किक आदानप्रदानको लागि समय धेरै राम्रो छ। तपाईले समाजमा सम्मान पाउनुहुनेछ। साथीसँग भेट हुनेछ। शारीरिक स्वास्थ्य राम्रो हुनेछ। विपरीत लिंगीय व्यक्तिले राम्रो महसुस गर्नेछन्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

व्यापारमा सफलता मिल्नेछ। कसैसँग पैसाको लेनदेन सफलतापूर्वक हुनेछ देश- विदेशमा व्यवसाय गर्दा फाईदा मिल्नेछ। घरमा परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। धन लाभको योग छ। प्रतिस्पर्धिलाई पराजित गर्न सक्नुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

बौद्धिक शक्तिबाट लेखनकार्य र सिर्जन कार्य राम्रोसँग पूरा गर्नुहुनेछ। तपाईको विचार कुनै पनि एक कुरामा स्थिर रहनेछैन। स्त्री वर्ग आफ्नो बोलिमा ध्यान राख्नुहोस्। सकेसम्म यात्रा नगर्नुहोला। नयाँ काम सुरुवात नगर्नुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

परिवारको माहोल बिग्रन नदिन वाद-विवाद टाल्नुहोला। आमाको स्वास्थ्य बिग्रन सक्ला। धन प्रतिष्ठाको हानि होला। महिलासँग व्यवहारमा सावधान रहनुहोला। ताजगी र स्फूर्तिको अभाव रहला। पानीबाट बचेर रहनुहोला।

प्रकाशित : शुक्रबार, जेठ २८, २०७८०७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शनिबारको राशिफल : दिन शुभ फलदायी रहला, तर होश पुर्याउनुहोला