अर्को हप्ता बिहिबार लाग्दैछ सूर्यग्रहण : १२ वटै राशिमा पर्नेछ ग्रहणको प्रभाव

काठमाडौँ : यो वर्षको पहिलो सूर्यग्रहण जेठ २७ गते बिहिबारको दिन लाग्दैछ। यो सूर्य ग्रहण नेपालमा आंशिक रुपमा देखिनेछ। यो सूर्य ग्रहण वलयाकार सूर्य ग्रहण हुनेछ। खगोल शास्त्र अनुसार, यो ग्रहणको सूर्यको ९९ प्रतिशत हिस्सा चन्द्रमाले छेक्छ। यस अवस्थामा वलय(चुरा) आकारको आकृति बन्छ, यसकारण यसलाई वलयाकार या रिङ्ग अफ फायर(Ring of Fire) सूर्य ग्रहण भनिन्छ।

ज्येष्ठ कृष्णपक्षको औंसी तिथिमा लाग्ने यो सूर्यग्रहण नेपालमा आंशिक रुपमा देखिनेछ। यो सूर्य ग्रहण दिउँसो २ बजेबाट सुरु भई साँझ ७ बजे समाप्त हुन्छ। सूर्य ग्रहणको कुल अवधि लगभग ५ घण्टा रहनेछ। यो उत्तर-पूर्वी अमेरिका(Northeastern America), युरोप(Europe), एसिया(Asia), एटलान्टिक महासागर(The Atlantic Ocean) को उत्तरी हिस्सामा आंशिक रुपमा देखिनेछ। ग्रीनल्याण्ड(Greenland), उत्तरी क्यानाडा(North Canada) रुस(Russia) मा भने पूर्ण सूर्यग्रहण देखिनेछ।

ज्योतिषीय मान्यता अनुसार नेपालमा यो ग्रहण आंशिक रुपमा देखिने भएकोले ग्रहणमा सूतक लाग्ने छैन। कुनै पनि काममा निषेध पनि हुने छैन। बि. सं. २०७८ सालको पहिलो सूर्य ग्रहणले सबै राशिहरुमा कस्तो प्रभाव पार्ला त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

यो ग्रहण कालमा यस राशिका जातक वादविवादबाट टाढै रहनुहोला। वाणीमा नियन्त्रण राख्नुहोला। आर्थिक हानि हुन् सक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

सूर्य ग्रहणको कारण वृष राशिका जातकले आफ्नो स्वास्थ्यको अत्यन्तै ख्याल राख्न जरुरी देखिन्छ। करियर र कार्यक्षेत्रमा सावधानी अपनाउनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

यस राशिका जातकले आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। धन हानिको योग छ। व्यर्थ खर्च गर्नबाट बच्नुहोला। भावनात्मक सम्बन्ध सुधार हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस राशिका जातक सतर्क रहन आवश्यक छ। वादविवादबाट टाढै रहनुहोला। वाणीमा नियन्त्रण गर्नुहोला। विरोधीहरुबाट सतर्क रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यस राशिका जातकलाई आर्थिक लाभ हुन् सक्छ। धन लाभको योग छ। कसैको बारेमा नकारात्मक नसोच्नुहोला। अध्यात्मतिर मन डुलाउनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कसैबाट पैसा सापटी नलिँदा बेश हुनेछ। पारिवारिक सम्बन्धमा मिठास आउनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सोच-विचार गरेर मात्र कुनै पनि काम गर्नुहोला। मानसिक तनावबाट टाढै रहनुहोला। कुनै गरीब तथा निर्धन व्यक्तिलाई मद्दत गर्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यस राशिका जातकले आफ्नो मनलाई काबू राख्न आवश्यक छ। नकारात्मक विचारबाट टाढै रहनुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला। ध्यान-योगा गर्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

करियर र शैक्षिक प्रतियोगितामा सफलता मिल्नेछ। मेहनत गर्नुहोला। व्यर्थ खर्च गर्नबाट बच्नुहोला। आर्थिक लाभ हुन् सक्छ। कुनै क्षेत्रमा लगानी गर्दा लाभ प्राप्त हुन् सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आफ्नो स्वास्थ्यको ख्याल गर्नुहॊला। कुनै पनि काम सोचविचार गरेर मात्र गर्नुहोला। कसैलाई चाहिने भन्दा बढी भरोसा गर्नु हानिकारक हुन् सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

यस राशिका जातकले आफ्नो क्रोधमा नियन्त्रण गर्नुहोला। विरोधी परास्त गर्न सक्नुहुन्छ। कार्यक्षेत्रमा सतर्कता अपनाउनुहोला। नकारात्मक विचारबाट टाढै रहनुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

यस समयावधिमा मीन राशिका आत्मविश्वासले भरिपूर्ण रहनेछन्। सोचविचार गरी निर्णय लिनुहोला। पार्टनरको स्वास्थ्यको ख्याल गर्नुहोला।

प्रकाशित : सोमबार, जेठ १७, २०७८१२:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहीँ हप्ता औँसीको दिन लाग्दैछ सूर्यग्रहण : यी ४ राशिमा पर्नेछ अशुभ प्रभाव, रहनुस् सावधान