बुबाआमाको डिभोर्सले दुखी हुनुपर्नेमा झन् खुशी भएकी थिईन् श्रुति हासन….

एजेन्सी : अभिनेत्री श्रुति हासन(Shruti Haasan)ले साउथ फिल्ममा मात्र नभई बलिउड फिल्ममा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छन्। यसबाहेक श्रुति आफ्नो निजी मामिलालाई लिएर पनि खुलेर कुराकानी गर्छिन्। श्रुति साउथ सुपरस्टार कमल हासन(Kamal Haasan) र सारिका(Sarika)को छोरी हुन्।

उनी लाइमलाइटबाट टाढा नै बस्न रुचाउछिन्। तर सामाजिक सञ्जालमा भने सक्रिय रहन्छिन्। हालै अभिनेत्रीले अन्तर्वार्तामा आफ्नो आमाबुबाको डिभोर्सबारे खुलेर कुरा गरेकी थिइन्। उनले आफ्नो आमाबुबाको डिभोर्समा खुशी भएको र उनलाई यस निर्णयमा गर्व लागेको कुरा बताएकी थिइन् ।

हालैको इन्टरटेनमेन्ट वेबसाइटलाई दिएको अन्तर्वार्तामा श्रुति हासनले भनेकी थिइन् – ‘म आमाबुबाको निर्णयलाई लिएर निकै खुशी छु किनकी यदि दुई व्यक्ति सँगै बस्न सकिरहेका छैनन् भने उनीहरुलाई जबर्जस्ती गर्न जरुरी हुँदैन ।’

श्रुतिले अझ थप्दै भनिन् – ‘म मेरो पितासँग धेरै नजिक छु र आमा पनि मेरो जीवनको महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। म उहाँहरुको लागि निकै उत्साहित छु। म उहाँहरु अलग हुँदा खुशी थिए। दुवैजना छुट्टाछुट्टै रुपमा उत्कृष्ट व्यक्ति हुनुहुन्छ । दुवैजना छुट्टिदा सानै थिए र साधारण थिए। उहाँहरु अलग भएर पनि एकदमै खुशी छन्।’

श्रुति हासनको बुबा कमल हासन र आमा सारिका बिहे भएको १६ वर्षपछि छुट्टिका थिए। उनीहरुको बिहे सन् १९९८ मा भएको थियो र २००४ मा उनीहरुले डिभोर्स लिने निर्णय लिएका थिए। त्यतिबेला श्रुति १६ वर्षकी थिइन् र अक्षरा हासन(Akshara Haasan) १० वर्षकी थिइन्।

श्रुति हासनले २००९ सालमा फिल्म ‘लक(Luck)’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले ‘डी-डे(D-Day)’, ‘रमिया वस्तावइया(Ramaiya Vastavaiya)’, ‘गब्बर इज ब्याक(Gabbar is Back)’ ‘वेलकम ब्याक(Welcome Back)’ जस्ता थुप्रै फिल्ममा काम गरिन्। उनले अन्तिमपटक फिल्म ‘वकील साब(Vakeel Saab)’ मा काम गरेकी थिइन्। उनी छिट्टै प्रभाससँग फिल्म ‘सलार’ मा काम गर्नेछिन्।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाइटक्लबमा लेस्बियन महिलासँग प्रियंकाको भेट…..पिछा छुटाईन् यस्तोसम्म भनिन् !