काठमाडौँ : सन् २०२१ को पहिलो चन्द्र ग्रहण भोलि जेठ १२ गते बुधबार(मे २६) मा लाग्दैछ। सोही दिन बुद्ध पूर्णिमा पनि परेको छ। यद्यपि उक्त ग्रहण छायाँ ग्रह हुनेछ। जसकारण उक्त ग्रहणको सूतक लाग्ने छैन।
ग्रहण त्यस दिन दिउँसो २ बजेर ३२ मिनेटमा शुरु हुने र बेलुका ७ बजेर ३४ मिनेट सम्म रहने बताइन्छ। ज्योतिषीहरुका अनुसार उक्त ग्रहण वृश्चिक राशिमा लाग्नेछ। ग्रहणको सूतक नलागेपनि सम्पूर्ण राशिमा त्यसको प्रभाव रहनेछ।
ग्रहणको कुन राशिलाई कस्तो प्रभाव पर्ला ?
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
ग्रहण मेष राशि हुनेहरुको अष्टम भावमा लाग्ने हुँदा मानसिक रुपमा तनाव बढ्नेछ। सामान्य समस्याले पनि मानसिक रुपमा गहिरो असर पार्नेछ। आवश्यक भन्दा बढी सोच्न पुग्दा दैनिकीनै प्रभावित हुन सक्ला। व्यर्थका वाद विवाद देखि टाढा रहनु होला। ग्रहणका कारण परिवारमा स्वास्थ्य समस्या देखिने सम्भावना रहने पनि देखिन्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
वृष राशि हुनेहरुको सप्तम भावमा ग्रहण लाग्ने हुँदा विशेष गरेर स्त्रीवर्गलाई बढी असर पर्ने देखिन्छ। ग्रहस्थ जीवनमा समस्या उत्पन्न हुँदा मानसिक रुपमा तनाव बढ्नेछ। आर्थिक रुपमा पनि समस्या बढ्न सक्ला। स्वास्थ्यमा कुनै समस्या नदेखियोस् भन्नका लागि खान-पानमा ध्यान दिनु होला।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
ग्रहणका कारण मिथुन राशि हुनेहरुलाई लाभ मिल्नेछ। महत्वपूर्ण कार्यहरु सहजै सम्पन्न हुनेछन्। आर्थिक रुपमा समय राम्रै रहने देखिन्छ। नयाँ कार्यमा लगानी गर्ने मौका मिल्न सक्छ। शेयरबजारमा पनि सोचे भन्दा राम्रो लाभ मिल्ने देखिन्छ। यधपी अनावश्यक बहस देखि भन्दा टाढा रहनु होला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
ग्रहणका कारण कर्कट राशि हुनेहरुको जीवनमा विभिन्न प्रकारमा समस्याहरु देखा पर्नेछन्। मानसिक तनाव बढ्नेछ भने शारीरिक रुपमा पनि समस्याको कमि नहुने देखिन्छ। शत्रु हावी हुन सक्ने हुँदा सतर्क रहनु होला। त्यस दिन सकेसम्म यात्रा नगरेकै राम्रो होला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
ग्रहण चतुर्थ भावमा लाग्ने हुँदा सिंह राशि हुनेहरुलाई विभिन्न लाभहरु मिल्नेछ। शरीरमा उर्जा बढेर जाँदा महत्वपूर्ण कार्यहरु समयमै सम्पन्न हुनेछन्। रोकिएका कार्य सुचारु हुने सम्भावना पनि देखिन्छ। आर्थिक प्रयोजनक लागि यात्रा हुने देखिन्छ। स्वास्थ्यमा पनि सुधार हुन सक्ला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
ग्रहणका कारण कन्या राशि हुनेहरुलाई व्यवसायमा मात्र नभई रोजगारीको क्षेत्रमा पनि सफलता मिल्नेछ। पदोन्नती हुन सक्ने देखिन्छ। उच्च अधिकारीहरुसंगको सम्बन्धमा सुधार हुन सक्ला। प्रेम जीवन पनि राम्रै रहनेछ। आफन्तजनबाट पनि आशा गरेजस्तै सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुर्ने देखिन्छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
द्वितीय भावमा हुने ग्रहणले तुला राशि हुनेहरुलाई आर्थिक रुपमा सताउनेछ। अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ। सकेसम्म आर्थिक लेन-देन नगरेकै राम्रो होला। हर्जना तिर्नुपर्ने अवस्था पनि रहला। राज्य क्षेत्रबाट कार्यक्षेत्रमा हस्तक्षेपको सम्भावना छ। यात्रा गर्न पनि शुभ देखिँदैन। प्रतिष्पर्धामा सहज पराजय भोग्नुपर्नेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
ग्रहण वृश्चिक राशिमै लाग्ने हुँदा सबै भन्दा बढी प्रभाव यसै राशिलाई पर्नेछ। सामान्य कार्य सम्पन्न गर्न पनि ठूलै मेहेनत लाग्नेछ। दौडधुप बढ्दा शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि थकान महसुस हुनेछ। पारिवारिक कलह बढ्न सक्ला। विद्यार्थीहरुका लागि पनि ग्रहण खासै राम्रो हुने देखिँदैन। पाचन संग-संगै आँखा सम्बन्धि समस्याले सताउन सक्ला। आर्थिक लेन-देन पनि नगरेकै राम्रो होला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
द्वादश भावमा लाग्ने ग्रहणले धनु राशि हुनेहरुको खर्च बढाउनेछ। बोलिका कारण विवाद हुने देखिन्छ। व्यवहारका कारण समस्या उत्पन्न हुन सक्ला। स्वास्थ्यमा विचार पुर्याउनु होला। मित्र पनि शत्रुमा परिणत हुनेछन्। कुनै पनि निर्णय गर्नु अगाडी परिवारमा छलफल आवश्यक रहला। कुनै पनि कार्य एक्लै सम्पन्न गर्न सकिने सम्भावना देखिँदैन।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
एकादश भावमा लाग्ने ग्रहणले मकर राशि हुनेहरुलाई अनेक लाभ दिलाउनेछ। आर्थिक रुपमा मात्र नभई सामाजिक, पारिवारिक र शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता मिल्नेछ। धेरै समय देखिको ऋण देखि छुटकारा मिल्न सक्ला। मित्रजन तथा आफन्तजनको साथ र सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन्।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
ग्रहणका कारण व्यवसायमा नसोचेको उतार-चढाव आउने देखिन्छ। परिवारमा शान्त माहोल कायम राख्नको लागि व्यवहार तथा बोलिमा नियन्त्रण राख्नु होला। वरिष्ठ अधिकारीहरुसँग नियन्त्रित व्यवहार गर्नुहोला। यधपी आर्थिक रुपमा पनि ठिक-ठाक लाभ मिल्ला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
नवम भावमा लाग्ने ग्रहण मीन राशि हुनेहरुका लागि विशेष रहनेछ। भाग्य वृद्धिको उच्च सम्भावना रहनेछ। कार्यक्षेत्रमा रहेका कानुनी बाधा देखि छुटकारा मिल्नेछ। सामाजिक रुपमा दायित्व बढ्नुका साथै मान-सम्मान पनि बढ्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले महत्वपूर्ण कार्य सफल बनाउन सक्नुहुनेछ। बहुमूल्य सामान जोड्ने मौका पनि मिल्ने देखिन्छ।