रिलिज अघि नै RRR ले तोड्यो रेकर्ड्स : करौडौंमा बिक्यो फिल्मको राइट्स, छक्क पर्नुहुनेछ तपाई

एजेन्सी : एसएस राजामौलीको फिल्म ‘आरआरआर’ निर्माणको घोषणा भएसँगै चर्चामा रहँदै आएको छ। फिल्मसँग सम्बन्धित नयाँ-नयाँ जानकारीहरु सार्वजनिक हुँदै आईरहेका छन्। भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार फिल्मको पोस्ट रिलिज डिजिटल र स्याटेलाइट राइट्स मोटो रकममा बेचिएको छ। साथै प्यान इन्डिया फिल्म रिलिज पछिको अहिलेसम्मकै सबैभन्दा ठुलो सम्झौता बनेको छ।

मिडिया रिपोर्टसका अनुसार फिल्मको उत्तर भारत थियट्रिकल राइट्स, स्याटेलाइट, म्युजिक र डिजिटल राइट्स जी स्टूडियोलाई बेचिएको छ। निर्माताले फिल्म फिल्म रिलिज पछिको स्याटेलाइट र डिजिटल राइट्स जी ग्रुपलाई ३२५ करोड रुपैयाँमा बेचेको हो। यो अहिलेसम्मको रिलिजपछिको सबैभन्दा ठुलो सम्झौता हो।

राजमौलीको फिल्म ‘बाहुबली’ थियट्रिकल, टेलिभिजन, डिजिटल समेत सबै माध्यममा एक हिट साबित भएको थियो। आरआरबाट सबैले ठुलो अपेक्षा राखेका छन्।

सबै राइट्सलाई जोड्दा रिलिज अघि फिल्मले कुल वर्ल्डवाइड बिजनेस ७५०-८०० करोड भारु गरेको छ। रिलिज अघि नै फिल्मले राम्रो मुनाफा कमाएको छ।

आरआरआर सन् २०२१ को सबैभन्दा हिट फिल्म हुने दाबी छ। ‘बाहुबली’ श्रृंखलापछि राजामौलीको यो अर्को फिल्म हो। फिल्ममा राम चरण, जुनियाँ एनटिआर, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा छन्। आरआर यहीँ वर्ष २०२१ को अक्टोबर १३ मा रिलिज गरिने छ।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८१९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूजा बत्राले पतिसँग मस्ती गरेको तस्बिर पोस्ट गरेपछि मच्चियो तहल्का