एजेन्सी : शाहरुख खानकी एक्ली छोरी सुहाना खान(Suhana Khan) चर्चित स्टारकिड हुन्। २२ मे २००० मा जन्मिएकी सुहाना २१ वर्षकी भएकी छिन्। सुहाना खान कुनै न कुनै कारण लाइमलाइटमा आइरहन्छिन्। कहिले आफ्नो करियर त कहिले आफ्नो ग्लामरस अदाको कारण चर्चा बटुलिरहन्छिन्।
आफ्नो पिता शाहरुख खानको कारण क्यामराबाट बच्न सुहाना खानलाई मुश्किल पर्छ। धेरै ठाउँमा शाहरुख आफ्नी छोरीसँग देखिन्छन् र उनले सुहानाको करियरको बारेमा कुरा पनि गरेका छन्।
शाहरुखले एक अन्तर्वार्तामा छोरीको बलिउड प्रवेशबारे पनि चर्चा गरेका थिए। उनले यदि सुहानाले कलाकार बन्ने इच्छा व्यक्त गरे तीन-चार वर्षसम्म अभिनय सिक्नुपर्ने र अध्ययन पूरा गर्नुपर्ने बताएका थिए।
यस बाहेक शाहरुखले सुहानाको डेटिङ लाइफबारे पनि चर्चा गरेका थिए। उनले फेमिना म्यागजिनलाई दिएको अन्तर्वार्तामा यदि कोहीँ केटाले सुहानालाई डेट गर्न चाहे, तिनको लागि सात नियम हुने खुलाए। तीमध्ये सबैभन्दा पहिलो नियम जागिर हुनुपर्नेछ।
शाहरुखले अर्को नियमबारे बताउँदै भने, दोस्रो नियम – म तिनलाई मन पराउनेछैन। तेस्रो नियम – म हरेक ठाउँमा हुनेछु। चौथो नियम – एक वकिल राख्दा हुन्छ, पाँचौं नियम – सुहाना मेरो राजकुमारी हो, मेरो अधीन हैन, छैठौँ नियम – मलाई जेल जान कुनै आपत्ति हुने छैन र सातौँ नियम – तिमीले मेरी छोरीसँग जे नराम्रो गर्नेछौँ त्यहीँ तिमीले पनि भोग्नुपर्नेछ।
यद्यपि एक अर्को अन्तर्वार्तामा शाहरुखले ती सातै नियम झुटो भएको बताए। यदि सुहानाको जिन्दगीमा यस्तो खाले परिस्थिति आएमा आफूले केही भन्न नसक्ने र ती सबैलाई छोरीले स्वीकार्नु पर्ने शाहरुखको भनाई थियो।
सुहाना आफ्नो बुबा शाहरुखसँग एकदम नजिक छिन्। उनी आफ्नी आमा गौरी, दाई आर्यन र भाई अबरामसँग पनि एकदमै निकट छिन्। पाँचै जना जब एउटै फ्रेममा देखिन्छन् तब उनीहरुको निकटता प्रष्ट देखिन्छ।
फिल्मी परिवारबाट भएको कारण सुहानाको साथीहरु पनि बलिउड फेमिलीकै छन्। उनका साथीहरु अनन्या पाण्डे(Ananya Panday), नव्या नवेली नन्दा(Navya Naveli Nanda) र शनाया कपूर(Shanaya Kapoor) हुन्। नव्यासँगको सुहानाको तस्बिर प्राय: भाइरल हुने गर्छन्।
बलिउड बाहेक पनि सुहानाको साथीहरुको लामो सूची छ। सामाजिक सञ्जालमा सुहाना आफ्ना साथीहरुसँगको रमाइला पलका तस्बिर गरिरहन्छिन्।
सुहानाले मानिसहरुले वर्णको आधारमा गरेको नराम्रो टिकाटिप्पणीको कडा जवाफ दिएपछि सबैको ध्यान खिचेकी थिईन्। उनले वर्णको कारण मानिसहरुले ट्रोल गरेपछि मुखभरी जवाफ दिँदै भनेकी थिईन् – ‘हामी अलग-अलग शेड्समा आउँछ। हामीले मेलानिनबाट टाढा रहन खोजेपनि त्यो सम्भव छैन। आफ्नै मान्छेलाई मन नपराउनुको मतलब तपाई एकदमै असुरक्षित गर्नुहुँदो रहेछ।’
‘There’s a lot going on right now and this is one of the issues we need to fix!! this isn’t just about me, it’s about every young girl/boy who has grown up feeling inferior for absolutely no reason. Here are just a few of the comments made about my appearance. I’ve been told I’m ugly because of my skin tone, by full grown men and women, since I was 12 years old. Other than the fact that these are actual adults, what’s sad is that we are all indian, which automatically makes us brown – yes we come in different shades but no matter how much you try to distance yourself from the melanin, you just can’t. Hating on your own people just means that you are painfully insecure. I’m sorry if social media, Indian matchmaking or even your own families have convinced you, that if you’re not 5″7 and fair you’re not beautiful. I hope it helps to know that I’m 5″3 and brown and I am extremely happy about it and you should be too.’