काठमाडौँ : शनिदेव न्यायको देवता हुन्। यसैकारण शनिलाई कलियुगको न्यायाधीश र कर्मफल दाता पनि भनिन्छ। किनकी शनिले मनुष्यलाई तिनको कर्म अनुसार फल दिने गर्छ। ज्योतिष शास्त्रमा शनि देवलाई अत्यन्तै महत्वपूर्ण ग्रह मानिन्छ। हिन्दु क्यालेन्डर अनुसार, भोलि जेठ ९ गते मोहिनी एकादशीको दिन दिउँसो २ बजेर ५० मिनेटमा शनि देव मार्गीबाट वक्री हुँदै छ।
यानी शनि उल्टो चाल चाल चल्न थाल्छ। शनिको यो वक्री चाल १४३ दिनसम्म रहनेछ। शनि आउँदो असोज २५(११ अक्टोबर) यानी ५ महिनापछि मार्गी हुनेछ। प्रसिद्द ज्योतिषाचार्यका अनुसार शनि वक्री हुँदा कुन-कुन राशिमा कस्तो असर पर्ला त ? हेर्नुहोस्।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
यी राशिको दशौँ घरमा शनि वक्री हुनेछ। आजीविकाका नयाँ मार्ग खुल्नेछ। विशेष यात्राको योग छ। आर्थिक स्थितिमा सुधार आउनेछ। जीवनमा सफलताका नयाँ मार्ग प्रशस्त हुनेछन्। ठगी हुन् बाट आफूलाई बचाउनुहोला। मातापिताको सेवा गर्नुहोला। भाग्य उदय हुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
वक्री शनि वृष राशिको ९ औँ घरमा हुनेछ र अष्टम तर्फ अग्रसर हुनेछ। यो समय तपाईको लागि अत्यन्तै शुभ फलदायी हुने वाला छ। व्यवसायिक कार्यमा सफलता हासिल गर्नुहुनेछ। जागिर, धन, व्यापारमा लाभ मिल्नेछ र साथै रोकिएका कार्य पूरा हुनेछ। जीवनमा अगाडी बढ्नुहुनेछ। स्वास्थ्य अवस्था अझ राम्रो हुनेछ। वाणीमा नियन्त्रण राख्नुहोला। धर्मको मागमा हिड्नुहोला।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
मिथुन राशिको ८ औँ भावमा शनि वक्री हुनेछ। यो समयावधिमा तपाईले केही बखेडाहरुको सामना गर्नुपर्नेछ। अड्डा-अदालत, वाद-विवाद, घरपरिवारमा क्लेशको स्थिति पैदा हुन् सक्छ। सडकमा सावधानीपूर्वक सवारी चलाउनुहोला। वाणीको कारणले विवाद हुन् सक्छ। विवाहको मामिलामा विघ्नबाधाहरु आउन सक्छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
कर्कट राशिका जातकको लागि शनिको उल्टो चाल अत्यन्तै खास रहनेवाला छ। शनि तपाईको राशिको ७ औँ भावमा वक्री हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पति-पत्नीबीचको मतभेद सकिनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। पिताले तपाईलाई साथ दिनेछन्। फजुल खर्चमा नियन्त्रण गर्नुहोला। आर्थिक लाभ हुन् सक्छ। वाद-विवाद गर्नबाट बच्नुहोला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
सिंह राशिको छैठौँ घरमा शनि वक्री हुनेछ। यस राशिका लागि अत्यन्तै शुभ फलदायी हुन्छ। लामो समयदेखि लागिरहेको रोगबाट निजात पाउनुहुनेछ। जागिरमा सफलता पाउनुहुनेछ। शत्रु कम हुँदै जानेछन्। भावी दिनहरु राम्रो हुनेछ र प्रगति गर्नुहुनेछ। व्यापार अभिवृद्धि हुनेछ। ऋणबाट मुक्त हुनुहुनेछ। विभिन्न प्रतियोगितामा सफलता पाउनुहुनेछ। जागिर परिवर्तन गर्दा उच्च ओहदाको पदको प्रस्ताव आउन सक्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
कन्या राशिको ५ औँ देखि ४ औँ भावमा शनि वक्री हुँदै छ। यो समय यस राशिका लागि राम्रो मानिन्छ। शिक्षा प्रभावित हुनेछ। शेयरमार्केटमा उतारचढाव हुन् सक्छ। मनलाई शान्त राख्न जरुरी छ। एक्स्ट्रा-म्यारिटल अफेयरबाट बच्नुहोला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तुला राशिको जातकको चौथो भावमा वक्री हुनेछ। आउँदो पाँच महिनाभित्रमा घरजग्गा खरिद गर्ने योग छ। शत्रुबाट छुटकारा पाउनुहुनेछ। आय प्रभावित हुनेछ। यसकारण पूजा-पाठ गर्नुहोला। शेयर मार्केट आदिमा लगानी गर्नुअघि सोचविचार गर्नुहोला। माता-पिता र तपाईको स्वास्थ्य राम्रो रहनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। कुनै लामो यात्रामा नजानुहोला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
वृश्चिक राशिको जातकको तेस्रो भावमा शनि वक्री हुनेछ। यस राशिका जातकले करियरमा सफलता प्राप्त गर्नेछन्। छोटो यात्राको योग छ, जसबाट तपाईले लाभ पाउनुहुनेछ। रोकिएका कामहरु बन्नेछन्। शेयर मार्केटबाट लाभ पाउनुहुनेछ। ठुलो उपलब्धी हासिल गर्नुहुनेछ। नयाँ आयश्रोतको बाटो खुल्नेछन्। लामो समयदेखिको कठिनाईहरु पार लाग्नेछन्। विरोधी परास्त हुनेछन्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
धनु राशिको दोस्रो भावमा शनि वक्री हुनेछ। धनु राशिका जातकले लगानी गर्दा फाइदा हुनेछ। जग्गाजमिनको मामिलाबाट पनि लाभ हुनेछ। शनिको साढेसाती सकिनेछ। पदोनति हुन् सक्छ। सम्पत्तिसँग जोडिएका मामिलामा पनि लाभ मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। ससुराली पक्षबाट हानि हुने सम्भावना छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
शनि आफ्नै राशि मकरमा छ। मनोबलमा कमी आउनेछ। मानसिक कष्ट हुन् सक्छ। पिताको स्वास्थ्यको ख्याल गर्नुहोला। अफिस या कार्यक्षेत्रमा तपाईको कार्यक्षमतामा गिरावट आउनेछ। पति-पत्नीबीच मतभेद हुन् सक्छ। कुनै पनि काममा हतार नगर्नुहोला। सोचविचार गरेर मात्र व्यापार गर्नुहोला। दाजुभाई र छिमेकीसँग झगडा हुन् सक्छ। तत्कालको लागि लगानी गर्नबाट जोगिनुहोला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
शनिको वक्री चाल १२ औँ घरमा हुनेछ। खर्च बढ्नेछ। आयात-निर्यात र विद्युतीय सामग्रीको व्यापारमा नोक्सान हुन् सक्छ। अचानक कुनै रोगले सताउन सक्छ। ऋण लिनबाट बच्नुहोला। शत्रु हाबी हुनेछ। उच्च पदस्थ सरकारी अधिकारीबाट सहयोग पाउनुहुनेछ। कडा मेहनत गर्नुहोला। वाणीमा नियन्त्रण राख्नुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
शनिको उल्टो चाल ११ औँ भावमा सुरु हुनेछ। आयको नयाँ श्रोत खुल्नेछन्। मान-सम्मान बढ्नेछ। पद, पैसा, प्रसिद्धि बढ्नेछ। सरकारी पद र उच्च पदस्थ सरकारी अधिकारीबाट भरपूर सहयोग प्राप्त गर्नुहुनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। साथीभाईको सहयोग पाउनुहुनेछ। सन्तान पक्षबाट लाभ प्राप्त हुनेछ। मनोबल बढ्नेछ। खर्चमा नियन्त्रण राख्नुहोला। प्रेम विवाह हुने सम्भावना छ।