पञ्चाङ्ग : – ।।।।।।।। दिन – शुक्रवार ।।।।।।।। नक्षत्र – पूर्वफाल्गुनी , ११:०२ बजे उप्रान्त उत्तरफाल्गुनी ।।।।।।।। तिथि – नवमी ६:०७ बजेदेखि दशमी , २८:३७ बजे उप्रान्त द्वादशी ।।।।।।।। करण – कौलव ६:०७ बजेदेखि तैतिल , १७:२५ बजे उप्रान्त वव ।।।।।।।। योग – हर्षण , १७:२८ बजे उप्रान्त वज्र ।।।।।।।। जेठ ०७, २०७८ ।।।।।।।। 21 May, 2021 ।।।।।।।। नवमी, वैशाख शुक्लपक्ष ।।।।।।।। बछलाथ्व, ११४१ ने.सं. ।।।।।।।। सूर्योदय – ५:१४ ।।।।।।।। सूर्यास्त – १८:४८ ।।।।।।।। होम गर्ने साइत ।।।।।।।। बिवाह गर्ने साइत ।।।।।।।। रुद्री गर्ने साइत ।।।।।।।।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
शारीरिक र मानसिक रूपमा शिथिल अनुभव गर्नुहुनेछ। अधिक परिश्रम गर्दापनि सफलता प्राप्त हुनेछैन। सन्तानको विषयमा चिन्ता रहनेछ। कार्यको भागदौडको कारण परिवारप्रति ध्यान कम दिनुहुनेछ। सरकारी कार्यबाट लाभ प्राप्त हुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
दृढ मनोबल र आत्मविश्वासको पूरा सहयोग मिल्नेछ। कार्यको फल पनि सोचेअनुसार प्राप्त गर्नुहुनेछ। माईतिबाट लाभदायी समाचार प्राप्त गर्नुहुनेछ। अभ्यासमा रुचि राख्नुहुनेछ। सरकारी क्षेत्रमा लाभ प्राप्त गर्नुहुनेछ। सन्तान पछाडी खर्च हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
नयाँ परियोजना प्रारम्भ गरंको लागी शुभ दिन रहेको छ। सरकारको तर्फबाट लाभ प्राप्त गर्नुहुनेछ। उच्च अधिकारीहरूबाट राम्रो प्रतिक्रिया पाउनुहुनेछ। मानसिक रूपले तपाईमा शिघ्र परिवर्तन आउनेछ। आर्थिक दृष्टिकोणबाट सावधान रहनुहोला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
नकारात्मक मानसिकताले व्यवहार नगर्नुहोला। शारीरिक र मानसिक रुपले अस्वस्थ रहनुहुनेछ। मनमा दुःख र असन्तोषको भावना रहला। आँखामा पीडा हुन सक्नेछ। पारिवारिक वातावरण अनुकूल रहनेछैन। पारिवारिकसँग गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
अधिक मात्रामा आत्मविश्वास रहनेछ। पिता वा अभिभावकबाट विशेष लाभ प्राप्त हुनेछ। सामाजिक रुपमा मान-सम्मानमा वृद्धि हुनेछ। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। साथै स्वास्थ्यको पनि ख्याल राख्नुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
शारीरिक रुपले शिथिल र मानसिक रुपले चिन्तित रहनुहुनेछ। मित्र र आफन्तसँग वैचारिक स्तरमा मनमुटाव हुन सक्ला। स्वभावमा उग्रता र रिसको मात्रा रहनेछ। धार्मिक काममा पैसा खर्च हुनेछ। दुर्घटनात्मक खर्च हुन सक्छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
विभिन्न क्षेत्रमा लाभ प्राप्त हुनाले प्रसन्न रहनुहुनेछ। साथै आय वृद्दि हुनेछ। साथीहरुसँग भ्रमण जाँदा खर्च हुनेछ र उत्साहजनक पनि रहनेछ। विवाह गरन उत्सुक हुने व्यक्तिले जीवनसाथी प्राप्त गर्नेछन्। रुचिकर भोजन प्राप्त गर्नुहुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
तपाईको लागी शुभ दिन रहेको छ। व्यावसायिक स्थलमा अनुकुल वातावरण प्राप्त हुनेछ। उच्च अधिकारी खुशी हुनेछ। कार्य सफलता प्राप्त गर्नुहुनेछ। मान-प्रतिष्ठा वृद्धि होला। घरायसी जीवनमा आनन्दमय वातावरण रहनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
स्वास्थ्य स्वस्थ रहनेछ। शारीरिक रुपले अशक्ति र आलस्यको भावना रहनेछ। मानसिकरुपले चिन्ता र निराशा रहनेछ। शारीरिक रूपमा आशक्ति र आलस्यको भावना रहनेछ। व्यावसायिक रुपले घाटा हुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
अत्यधिक खर्च हुनेछ। व्यावहारिक र सामाजिक कार्यको लागि बाहिर जानुहुनेछ। खानपिनमा विशेष ध्यान दिनुहोला। नकारात्मक भावनालाई सकारात्मकताले टाढा गर्नुहोला। व्यावसायिक स्थलमा अनुकूलता रहनेछ। सरकारी क्षेत्रसँग सम्बन्धित काममा आफ्नो योग्यता अनुसार सदुपयोग गर्नुहुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
प्रत्येक कार्य दृढ मनोबल र आत्मविश्वासपूर्वक गर्नुहोला। स्वादिष्ट भोजनको स्वाद र नयाँ कपडा किन्नुहुनेछ। सहकर्मीको सहयोग प्राप्त गर्नुहुनेछ। कुनै ठाउँमा घुम्न जानुहुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
तपाईको दिन शुभफलदायी रहेको छ। अधिक मनोबल र आत्मविश्वास रहनेछ। शारीरिक रूपले स्वस्थ रहनुहुनेछ। पारिवारिक वातावरण पनि शान्तिमय रहनेछ। प्रतिस्पर्धि समक्ष विजय प्राप्त हुनेछ। आवेश र उग्र स्वभावलाई टाढा राख्नुहोला।