एजेन्सी : अमेरिकन टिभी पर्सनालिटी, मोडेल तथा बिजनेसवुमेन काइली जेनर(Kylie Jenner) सोशल मिडिया सेन्सेसन हुन्। उनको इन्स्टाग्राम ३०७ मिलियन फलोअर्स छन्। सोशल मिडियामा काइली निकै सक्रिय रहन्छिन्।
उनले प्राय: आफ्नो ग्लामरस फोटो फ्यान्समाझ शेयर गरिरहन्छिन्। अङ्ग प्रदर्शन गर्न उनी कुनै पनि कसर बाँकी राख्दिनन्। उनका अधिकांस फोटोहरु बिकिनीमा हुन्छन्। काइली जेनरसँग महँगा-महँगा गाडीहरु छन्।
सन् २०१९ मा दुनियाँको सबैभन्दा कम उमेरको अरबपति बनेकी थिईन्। २१ वर्षको उमेरमै उनले ३६० मिलियन डलर कमाई गरेकी थिईन्।
काइली जेनरको आफ्नै एक कस्मेटिक ब्राण्ड पनि छ, जसको नाम काइली कस्मेटिक्स हो। उनले यस ब्राण्डको सुरुवात सन् २०१६ मा गरेकी थिईन्। हलिउडसँगै बलिउडका चर्चित कलाकारहरुले उनको प्रोडक्ट्स प्रयोग गर्छन्।
अरबौँ सम्पत्तिको मालिक्नी काइलीको घरमा अत्यन्तै शानदार छ। स्विमिङ पूलदेखि प्ले एरिया र लाउन्ज एरिया निकै आलिशान देखिन्छ। सन् २०१९ मा काइली जेनरको नेट वर्थ एक बिलियन युएस डलर थियो।
काइली जेनर आफ्नो छोरीसँगको तस्बिर प्राय: शेयर गरिरहन्छिन्। जुन तस्बिरहरु स्विमिङ पूलको आसपासको हुन्छ। आमा र छोरीको बन्डिङ तस्बिरमा गज्जबको देखिन्छ।