काठमाडौँ : बुध ग्रहले सञ्चार, व्यापार, साझेदारी, शिक्षा र बुद्धिलाई प्रतिनिधित्व गर्छ। बुध अहिले वृष राशिमा छ र आउँदो महिना जेठ १२ गते(मे २६) पूर्णिमाको दिन बिहान ८ बजे मिथुन राशिमा गोचर गर्नेछ। बुध यहाँ जेठ २० गते(३ जुन) सम्म रहनेछ। त्यसपछि प्रतिगामी भएर वृष राशिमा प्रवेश गर्नेछ।
वायु तत्वको राशि मिथुनमका बुधले प्रवेशग गर्नु शुभ मानिन्छ। ज्योतिषका अनुसार मिथुनमा बुधको प्रवेशले सकारात्मकता आउनेछ। बुधको यो गोचरले कुन-कुन राशिको जातकको भाग्यको द्वार खोल्नेछ त ? र कुन राशिका जातक सावधान रहन जरुरत छ त ?
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
लेखन, पत्रकार, मिडिया, ज्योतिषी र वकालतसँग जोडिएका जातकको लागि यो गोचर सफलता लिएर आउने वाला छ। प्रेम प्रसँगमा थोरै कमी आउन सक्छ। आर्थिक रुपमा यो समय तपाईको लागि राम्रो रहने वाला छ। तपाई लोन या कसैबाट लिएको उधारो चुक्ता गर्न सफल हुनुहुनेछ। पिताको स्वास्थ्यले तपाईलाई चिन्तित बनाउँछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यो गोचरको प्रभावले तपाईको पारिवारिक माहोल अत्यन्तै राम्रो रहनेछ। घरका सदस्यसँग गुणस्तरीय समय बिताउनुहुनेछ। आर्थिक रुपबाट लाभ हुनेछ र अचानक धन प्राप्ति हुनेछ। तपाईले शेयर बजारबाट पनि लाभ पाउनुहुनेछ। अफिसमा अलि तनावपूर्ण वातावरण सिर्जना हुनेछ। आफ्नो बिजनेस सुरु गर्ने विचार गर्नुहुनेह्च। छात्रछात्राको लागि समय राम्रो छ। सम्बन्धमा समझदारी देखाउनुहुनेछ। प्रेमको मामिलामा पनि यो गोचरले लाभ दिनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
यस अवधिमा तपाई मानसिक रुपबाट मजबूत बन्नुहुनेछ र नकारात्मक प्रभावबाट टाढै रहन सफल हुनुहुनेछ। यस अवधिमा तपाई स्पष्ट रुपबाट सोच्न र कुशलतापूर्वक संवाद गर्न सक्षम हुनुहुनेछ। जो राजनीतिमा आफ्नो भाग्य चम्काउने चाहन्छन्, उनीहरुका लागि समय राम्रो छ। सेल्स या बिक्री जस्ता व्यवसायमा काम गर्ने मानिसहरुले यो गोचर कालमा लाभ प्राप्त गर्नेछन्। जीवनसाथीसँग सम्बन्ध मजबूत हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
यो गोचर कालमा कर्कट राशिका जातकहरुले स्थिति अनुरुप आफूलाई ढाल्नुपर्नेछ। तपाई आफूलाई नै केही फरक महसूस गर्नुहुनेछ। आफ्नो लागि केही समय दिनुहोला र आत्मअवलोकन गर्नुहोला। यो गोचर अवधिमा कसैसँग टकराव या झडप हुन् बाट बच्नुहोला। जागिरको क्षेत्रमा केही बदलाव आउने योग देखिन्छ। व्यापार-व्यवसाय गर्ने जातकले आफ्नो कारोबार विस्तार गर्नेछन्। आर्थिक रुपबाट यो समय सामान्य रहने वाला छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
यस राशिका जातलले आफ्नो प्राथमिकतामा ध्यान दिनेछन्। सम्बन्धलाई अझ राम्रो बनाउने प्रयास गर्नुहोला। पुरानो मित्रसँग भेट हुनेछ। यो गोचर कालमा तपाईको लोकप्रियता बढ्नेछ। लाभ र इच्छा पूर्तिको लागि एक अनुकूल समय छ। स्टकब्रोकर, म्यानेजर, अकाउन्टेन्ट, सोशल वर्किङसँग जोडिएकाहरुका लागि यो समय राम्रो छ। नयाँ चीज सिक्नको लागि उत्सुक हुनुहुनेछ। जीवनसाथीसँग सानोतिनो कुरामा मनमुटाव हुँदा भावनात्मक दूरी बढ्न सक्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यो गोचर अवधिमा तपाई भित्र काम पूरा गर्ने उत्साह बढ्नेछ। आफ्नो करियर र छविमा ध्यान केन्द्रित गर्नुहुनेछ। पितासँगको तपाईको सम्बन्धमा सुधार आउनेछ। आर्थिक रुपबाट यो समय तपाईको लागि राम्रो हुनेछ। खर्च पनि स्थिर हुनेछ। पत्रकारिता, लेखन, सफ्टवेयर, सरकारी क्षेत्रमा जोडिएका मानिसहरु यस गोचरअवधिमा सफल हुनेछन्। सम्बन्धको कारणले तपाईले केही कठिनाईहरुको सामना गर्नुपर्नेछ। व्यक्तिगत र व्यवसायिक जीवन बीच सन्तुलन कायम गर्ने कोशिश गर्नुहोला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
यो गोचर कालमा तुला राशिको जातकको झुकाव अध्यात्मतर्फ बढ्नेछ। तपाई आफैँले निर्णय लिन सक्षम बन्नुहुनेछ। सोचलाई व्यापक बनाउनुहुनेछ र आफ्नो व्यक्तित्वमा निखार ल्याउनुहुनेछ। यस अवधिमा कुनै नयाँ काममा तपाईको रुचि बढ्नेछ। कुनै नयाँ भाषा सिक्नको लागि पनि यो राम्रो समयहो। जीवनसाथीसँग असमझदारी बढ्न सक्छ, उनीसँग अलि बढी समय व्यतीत गर्नुहोला। स्वास्थ्यको हिसाबले पनि यो गोचर राम्रो रहनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
यो गोचरमा तपाईले लाभ कमाउने मौका पाउनुहुनेछ। यद्यपि अत्यधिक लाभको लालच गरे हानि हुने सम्भावना छ। गुप्तचर र शोधकर्ताले यस अवधिमा प्रगति हासिल गर्नेछन् र उनीहरुको करियरमा नयाँ उचाई आउनेछ। जीवनसाथीसँग मनमुटाव हुन् सक्छ। जीवनसाथीसँग समय बिताएर हरेक समस्या समाधान गर्न सक्नुहुनेछ। आफ्नो स्वास्थ्यलाइ लापरवाही नगर्नुहोला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
यस गोचरको अवधिमा धनु राशिका जातकको सञ्चार कौशलमा निकै सुधार हुनेछ। कार्यस्थलमा तपाईले पदोन्नति पाउने सम्भावना छ। यस अवधिमा तपाईको आत्मविश्वास बढ्नेछ र तपाई मानिसहरुबीच आफ्नो छुट्टै छाप छोड्न सफल हुनुहुनेछ। तपाईको साथी तपाईमा हाबी हुने कोशिश गर्नेछ तर तपाई स्थितिलाई नियन्त्रण गर्न सफल बन्नुहुनेछ। यो गोचर अवधिमा प्रेम र रोमान्समा वृद्धि हुने पूरा सम्भावना छ। स्वास्थ्यलाईइ नजरअन्दाज नगर्नुहोला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
यस गोचर कालमा तपाई स्थिति सम्हाल्ने पूरा कोशिश गर्नुहुनेछ। वकिल, वित्त क्षेत्रमा काम गर्ने मानिस, वित्तीय सल्लाहकारले यस अवधिमा लाभ हासिल गर्नेछन्। यो गोचरको कारण मकर राशिका जातकले जागिरमा अपार सफलता पाउनेछन्। वित्तीय स्थितिमा सुधार आउनेछ र सम्पत्तिमा लगानी गर्नुहुनेछ। जीवनसाथीको पूरा सहयोग पाउनुहुनेछ। सकारात्मक विचार राख्नुहोला। सरकारी परीक्षा तयारी गर्ने छात्रछात्राले सफलता पाउन सक्छन्।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
यो गोचर अवधिमा कुम्भ राशिका जातकको आयमा वृद्धि हुनेछ। यस अवधिमा लगानी पनि गर्न सक्नुहुनेछ। शेयर बजारमा काम गर्ने जातक, सिनेमा, टिभी, अभिनय आदि क्षेत्रमा कार्यरत जातकले प्रगति गर्नेछन्। प्रेमको मामिलामा पनि तपाईले सफलता पाउनुहुनेछ। दाम्पत्य जीवनमा जीवनसाथीको पूरा सहयोग पाउनुहुनेछ। स्वास्थ्यको मामिलामा केही समस्याहरु झेल्नुपर्नेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
यस गोचर कालमा तपाईको घरेलू जीवनमा शान्ति र सद्भाव बनिरहनेछ। आफ्नो प्रियजनसँग गुणस्तरीय समय बिताउनुहुनेछ। कार या घर खरिद गर्ने योजनाले मूर्तरुप लिनेछ। व्यावसायिक रूपले यो समय सामान्य रहनेछ। यस अवधिमा तपाईले समझदारीपूर्वक काम गर्नुहुनेछ। करियरमा अगाडी बढ्नको लागि आलस्य त्याग्न आवश्यक छ। जग्गा-जमिनको व्यवसायसँग जोडिएका यस राशिका जातक लाभान्वित हुनेछन्। यस अवधिमा तपाईको स्वास्थ्य राम्रो रहनेछ।