‘अभिषेक महानायक अमिताभ बच्चन भन्दा राम्रो कलाकार’, अभिषेकले दिए यस्तो जवाफ

एजेन्सी : बलिउड अभिनेता अभिषेक बच्चन(Abhishek Bachchan)लाई प्राय: उनको पिता अमिताभ बच्चनसँग तुलना गरिन्छ। अभिषेकले गुरु(Guru), मनमर्जियाँ(Manmarziyaan), धूम(Dhoom) जस्ता थुप्रै फिल्महरुमा आफ्नो शानदार अभिनयमार्फत आफ्नो बेग्लै पहिचान बनाएका छन्। यद्यपि उनको करियर ग्राफ सुस्त नै रह्यो।

त्यस्तै अभिषेकले सामाजिक सञ्जालमा धेरैपटक ट्रोलिङको सामना पनि गर्नुपर्यो। उनले ट्रोलर्सलाई मुखभरी जवाफ पनि दिने गरेका छन्। हालै अभिषेक वेबसिरिज ‘द बिग बुल(The Big Bull)’ मा देखिएका थिए। फिल्ममा उनको अभिनयलाई दर्शकले असाध्यै मन पराएका छन्। सामाजिक सञ्जालमा उनको अभिनयले वाहवाही बटुलेको छ। र उनलाई उनका फ्यान्सले उत्कृष्ट कलाकार भन्दै तारिफ गरेका छन्।

त्यस्तै एक फ्यानले अभिषेक बच्चनलाई अमिताभ बच्चनभन्दा उत्कृष्ट अभिनेता भएको बताउँदै ट्वीट गरेका छन्। यस ट्वीटलाई रिट्वीट गर्दै अभिषेकले जवाफ फर्काएका छन्। सर्वप्रथम अभिषेक बच्चनले विनम्रतापूर्वक सोशल मिडिया युजरलाई प्रशंसाको लागि धन्यवाद व्यक्त गरेका छन् र अमिताभ बच्चन(Amitabh Bachchan) भन्दा राम्रो कोहीँ नरहेको बताएका छन्।

अभिषेकले लेखेका छन् – ‘तपाईको प्रशंसाको लागि धन्यवाद सर। तर कोहीँपनि, कोहीँ पनि उहाँभन्दा राम्रो हुन् सक्नेछैनन्।’ फ्यानले ट्वीट गर्दै यस्तो लेखेका थिए – ‘बिग बुल हेरे। मेरो विचारमा अभिनयको मामिलामा तपाई बिग बी भन्दा राम्रो हुनुहुन्छ…स्टे ब्लेस्ड गुरु भाई’

फिल्म ‘द बिग बुल’ शेयर बजारको चर्चित स्टकब्रोकर हर्षद मेहता(Harshad Mehta)को जिन्दगीबाट प्रेरित हो। फिल्ममा अभिषेक बच्चन बाहेक इलियाना डिक्रूज(Ileana D’Cruz), निकिता दत्ता(Nikita Dutta), सोहम शाह(Sohum Shah), सुप्रिया पाठक(Supriya Pathak), महेश मान्जरेकर(Mahesh Manjrekar), सौरभ शुक्ला(Saurabh Shukla) र राम कपूर(Ram Kapoor) महत्वपूर्ण भूमिकामा छन्।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह:ट सीन खिच्दा बेकाबू भएका थिए जोन, फुटाइदिएका थिए कंगनाको चुरा…