एजेन्सी- बलिउड कलाकारहरु हरेक चलचित्रको लागि महँगो पारिश्रमिक लिने गर्छन्। जसको कारण छोटो समयमानै धेरै सम्पति कमाउन कलाकारहरु सफल हुने गर्छन्। बलिउडमा नायक मात्र नभई नायिकाहरु पनि धेरै धनि हुन्छन्। बलिउडमा धनि मानिने केहि कलाकारको बारेमा आज हामी चर्चा गर्ने छौँ।
सोनाक्षी सिन्हा(Sonakshi Sinha) :
छोटो समयमानै सफल हुने नायिका मध्य एक हुन् सोनाक्षी सिन्हा। सोनाक्षी सिन्हासँग लगभग १० मिलियन डलर सम्पति भएको बताउने गरिन्छ। बलिउडकी धनि नायिका मध्ये सोनाक्षीको नाम पनि आउने गर्छ।
दीपिका पादुकोण(Deepika Padukone) :
बलिउडमा मात्र नभई हलिउडमा समेत तहल्का मच्चाउन सफल भएकी यी नायिका महँगो परिश्रमिक लिने गर्छीन्। उनको सम्पति लगभग ४० मिलियन डलर भएको आकलन गर्ने गरिन्छ।
बिपासा बासु(Bipasha Basu) :
धेरै समय देखि बलिउडमा सक्रिय रहेकी यी नायिका बोल्ड लुक्सको कारण धेरै चर्चामा हुने गर्छिन्। उनीसँग कुलसम्पति लगभग १५ मिलियन डलरको हाराहारीमा रहेको छ।
विद्या बालन(Vidya Balan) :
पांच फिल्म फेयर अवार्ड जितिसकेकी विद्या बालनले बलिउडमा धेरै हिट चलचित्रमा काम गरिसकेकी छिन्। उनीसँग भएको सम्पति लगभग १५ मिलियन डलरको हाराहारीमा रहेको छ।
सोनम कपूर(Sonam K Ahuja) :
सोनम कपूरले बलिउडमा धेरै हिट चलचित्रमा काम गरिसकेकी छिन्। यती मात्र नभई उनी धनि परिवारबाट पनि भएको कारण उनलाई धनि नायिका मान्ने गरिन्छ। उनीसँग लगभग १३ मिलियन डलर सम्पति भएको आकलन गर्ने गरिन्छ।
ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) :
कुनै समयमा बलिउडमा राज गर्न सफल रहेकी नायिका हुन् ऐश्वर्या राय बच्चन। अहिले पनि उनी ठूला-ठुला ब्रान्डसँग मात्रै काम गर्ने गर्छिन्। कुनै समयकी धेरै महँगो पारिश्रमिक लिने यी नायिकाको सम्पति २०१५ मा लगभग ३५।५ मिलियन डलर रहेको अनुमान गरिएको थियो।
अमीषा पटेल(Ameesha Patel) :
बलिउडमा कुनै समयमा सर्वाधिक रुच्चाईएकी नायिका अमीषा पटेलले अहिले सम्म पनि विवाह गरेकी छैनन्। तर उनी सम्पतिको मामलामा भने धेरै अगाडी रहेकी छिन्। उनीसँग लगभग ३० मिलियन डलर सम्पति भएको आँकलन गर्ने गरिन्छ।
प्रियंका चोपडा(Priyanka Chopra) :
बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयको जादु देखाईसकेकी प्रियंका अहिले आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा रहेकी छिन्। उनको कुल सम्पत्ति लगभग ५० मिलियन डलर रहेको छ।