एजेन्सी : बलिउडमा प्रेम र बिछोडको धेरै नै चर्चा हुने गर्छ। विभिन्न स्टारहरु बीच भएको अफेयरको समाचारले मात्र नभई बलिउड जोडीहरुको बिछोडको समाचारले पनि राम्रै ठाउँ पाउने गरेको छ। विवाह पछि डिभोर्स हुने बलिउड जोडीहरुको सङ्ख्या ठुलै रहेको छ।
डिभोर्स पश्चात अर्को विवाह गर्ने कलाकारहरुको बलिउडमा कमी छैन। एक भन्दा धेरै विवाह गरेका बलिउड कलाकार नभई आज हामी यस लेखमा डिभोर्स पछि अर्को विवाह नगरी माइतमै बसिरहेका कलाकारका छोरीहरु बारे चर्चा गर्ने छौँ।
करिश्मा कपूर(Karisma Kapoor) : भारतका चर्चित व्यापारी सञ्जय कपूर(Sunjay Kapur)सँग विवाह गरेकी करिश्माको वैवाहिक जीवन खासै सुखद हुन सकेन। जस कारण सञ्जयसँग करिश्माले डिभोर्स गरेकी थिइन्। डिभोर्स पछि अहिले सम्म करिश्माले अर्को विवाह गरेकी छैनन्। हाल उनी आफ्नो पिता रणधीर कपूर(Randhir Kapoor)कै घरमा बस्ने गरेकी छन्। अर्को विवाह गर्ने सोच नबनाएकी करिश्मा माइत बस्न थालेको धेरै भैसक्यो।
सुजैन खान(Sussanne Khan) : बलिउड अभिनेता सञ्जय खान(Sanjay Khan)की छोरी सुजैन खानले ऋतिक रोशन(Hrithik Roshan)सँग प्रेम विवाह गरेकी थिइन्। आपसी मनमुटाबको कारण यी दुईको पनि डिभोर्स भयो। हाल सुजैन माइतमै बस्ने गरेकी छिन्। अहिले सम्म सुजैनले अर्को विवाह गर्ने सोच बनाएकी छैनन्। पछिल्लो समय डिभोर्स पछि सुजैन र ऋतिकको सम्बन्धमा सुधार आएको समाचारहरु आउने गरेका छन्।
सुनैना रोशन(Sunaina Roshan) : राकेश रोशन(Rakesh Roshan)की छोरी सुनैना रोशन पनि डिभोर्स भएपछि माइतमा रहँदै आएकी छन्। वैवाहिक जीवन खासै सुखद नभएपछि डिभोर्स गरेकी सुनैना आफ्नो पिताकोमा बस्न थालेको धेरै भैसक्यो। वैवाहिक जीवन कुरा गर्ने हो भने सुनैना र ऋतिकको हालत एउटै छ।
पूजा भट्ट(Pooja Bhatt) : महेश भट्टकी छोरी पूजा बलिउडकी एक चर्चित अभिनेत्रीको रुपमा चर्चित छिन्। तर विवाहको मामलामा उनी खासै सफल हुन सकिनन्। पूजा पनि डिभोर्स पछि माइतमै बस्दै आएकी छन्। पछिल्लो समय चलचित्रहरु देखि टाढा रहेकी पूजा छिट्टै पर्दामा देखिने तयारीमा छिन्।