एजेन्सी : बलिउडमा पछिल्लो समय कलाकारहरु कतिबेला बिवाह बन्धनमा बाँधिन्छन् अनि छुट्छन यसको बारेमा कुनै पनि अनुमान लगाउन सकिदैन। आज हामी बलिउड कलाकारको महँगो सम्बन्ध बिच्छेदको बारेमा कुरा गर्न जादैछौं जुन खर्च सायदै बिवाह गर्दा पनि लागेको थिएन होला, आउनुहोस
सञ्जय दत्त(Sanjay Dutt) – रिया पिल्लई(Rhea Pillai) : यस लिस्टमा सबैभन्दा पहिला आउने नाम हो सञ्जय दत्त र रिया पिल्लईको। रिया सञ्जयको दोस्रो श्रीमती हुन पहिलो श्रीमती रिचा शर्मा(Richa Sharma )को असामयिक निधन पश्चात रियासँग विवाह बन्धनमा बाँधिएका सञ्जयको अफेयरका कारण रियासँग सम्बन्ध बिच्छेद भएको थियो । जहाँ सञ्जयले रियालाई सम्पतिको नाममा ८ करोड रुपिया र एक शानदार कार दिएका थिए।
मलाइका अरोडा(Malaika Arora) – अरबाज खान(Arbaaz Khan) : बलिउडकी सुन्दर अभिनेत्री मलाईका अरोडाको सन् २०१७ मा पति अरबाज खानका साथमा सम्बन्ध बिच्छेद भएको थियो। सम्बन्ध बिच्छेदको क्रममा अरबाजले मलाईकालाई १५ करोड नगद सहित एक फ्ल्याट दिएका थिए। पछिल्लो समय मलाईका अभिनेता अर्जुन कपूर(Arjun Kapoor)सँग प्रेम सम्बन्धमा रहेकी छिन्।
सुजैन खान(Sussanne Khan) – ऋतिक रोशन(Hrithik Roshan) : अभिनेता ऋतिक रोशनले सन् २००० मा सुजैन खानसँग विवाह गरेका थिए। सन् २०१४ मा वैवाहिक बन्धनबाट अलग भएका ऋतिक र सुजैनको के कारणले सम्बन्ध बिच्छेद भन्नेबारे अझै खुलासा हुन सकेको छैन। तथापी ऋतिकले सुजैन लाई सम्बन्ध बिच्छेद बापत ३८० करोड रुपिया नगद दिएका थिए।
करिश्मा कपूर(Karisma Kapoor) – सञ्जय कपूर(Sanjay Kapoor) : बलिउडकी सफल अभिनेत्री करिश्मा कपूरको विवाह भएको केही वर्षमा नै पति सञ्जय कपुरसँग सम्बन्ध बिच्छेद भएको थियो जुन क्रममा करिश्माले सञ्जयसँग ७ करोड नगद पैसाको माग गरेकी थिइन्। यो बाहेक सञ्जयले बच्चाको हेरचाहको लागि हरेक महिना १० लाख दिने गरेका छन्।
आमिर खान(Aamir Khan) – रीना दत्त(Reena Dutta) : अभिनेता आमिर खानले परिवारका इच्छा विपरित रिना दत्तसँग प्रेम विवाह गरेका थिए तर यी दुइको सम्बन्ध लामो समय सम्म रहन सकेन। आमिरले रिनालाई सम्बन्ध बिच्छेद पश्चात ५० करोड पैसा दिएका थिए। अभिनेता आमिर खानले आफ्नी दोस्री श्रीमती किरण रावसँग पनि गत वर्ष सम्बन्धविच्छेद गरेका छन्। आमिर र किरणले १५ वर्षको लामो वैवाहिक सम्बन्ध टुंग्याई सन् २०२१ मा अलग्गिएका हुन्।
सैफ अली खान(Saif Ali Khan) – अमृता सिंह(Amrita Singh) : सैफ अली खानले पहिलोपटक अमृता सिंहसँग गोप्यरुपमा विवाह गरेका थिए। अन्तत: यी दुईको सम्बन्ध पनि लामो समय टिक्न सकेन र सम्बन्ध बिच्छेद गराए। सैफले अमृतालाई सम्बन्ध बिच्छेदको क्रममा कति रकम दिए भने बारेमा अझै केही कुराको खुलासा भएको छैन। यद्यपि भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार सैफले अमृतालाई ५ करोड नगद सहित आधा सम्पति उनको नाम गरिदिएका थिए।