आज शुक्रबार : यी राशिलाई लाभदायी छ आजको दिन, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : ।।।। दिन – शुक्रवार ।।।।  नक्षत्र – ज्येष्ठा , १७:०२ बजे उप्रान्त मूल ।।।।  तिथि – चतुर्थी , २४:२६ बजे उप्रान्त पञ्चमी ।।।। करण – वव १३:३३ बजेदेखि वालव , २४:२६ बजे उप्रान्त गर ।।।। योग – परिघ , १२:४३ बजे उप्रान्त शिव ।।।। चौलागा, ११४१ ने.सं. ।।।। वैशाख १७, २०७८ ।।।। ३० अप्रिल २०२१ ।।।। बिवाह गर्ने साइत ।।।। रुद्री गर्ने साइत ।।।। सूर्योदय ५:२८ ।।।। सूर्यास्त १८:३६ ।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : सावधान रहनुहोला। सरकार- विरोधी कार्य सकेसम्म नगर्नुहोला। दुर्घटनाबाट बचेर हिड्नुहोला। बाहिरको खानपिनको बानीको कारण स्वास्थ्य बिग्रिन सक्ला। कार्य समयानुसार पूर्ण हुनेछैन। व्यवसायमा सम्हालेर चल्नुहोला । तपाईको पक्षमा उच्च अधिकारी रहनेछैनन्। सन्तानसँग मतभे खडा हुन् सक्ला। महत्वपूर्ण निर्णय नलिनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : रुचिकर मित्र र आफन्तसँग घुमफिरको आनन्द- उल्लास प्राप्त हुनेछ। सुन्दर कपडा र भोजनको अवसर प्राप्त हुनेछ। मध्यान्नपछि स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। अधिक खर्च हुन सक्ला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : परिवारसँग वातावरण उल्लासमय रहनेछ। शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अनुभव हुनेछ। अपूर्ण कार्य पूर्ण हुनाले आनन्द वृद्दि हुनेछ। व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। आर्थिक रूपले लाभ होला। मध्यान्नपछि तपाईको मनमा मनोरंजन छाईरहनेछ। मित्र एवम् आफन्तसँग घुमफिर र मनोरंजन स्थलमा जाने अवसर प्राप्त हुनेछ। मान र सम्मान प्राप्त हुनाले मनमा सन्तोष अनुभव हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : भविष्यको लागि आर्थिक योजना बनाउनका लागि समय राम्रो छ। एकाग्रतामा काम गर्दा सफलता प्राप्त गर्नुहुनेछ। कसैसँग बहस नगर्नुहोला । विद्यार्थीहरूको लागि समय अनुकूल रहेकोछ। पारिवारिक वातावरण शान्ति रहनेछ। तपाईं शारीरिक र मानसिक रुपले खुशी रहनुहुनेछ। तपाईंको अपूर्ण कार्यहरू पूरा हुनेछन्। व्यापार क्षेत्रमा सहयोगीको सहयोग प्राप्त हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : शारीरिक र मानसिक रुपले अस्वस्थ रहनुहुनेछ। आमाको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। आर्थिक घाटा हुन सक्ला मध्यान्नपछि आर्थिक योजनाको बारेमा विचार गर्न सक्नुहुनेछ। कडा परिश्रम गर्दा पनि परिणाम राम्रो रहनेछैन। विद्यार्थीले काममा सफलता प्राप्त गर्नेछ। नयाँ काम सुरु नगर्नुहोला ।

कन्या राशि  – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : गूढता र आध्यात्मिकता प्रति बढी आकर्षण रहनेछ। आर्थिक लाभ होला। नयाँ काम सुरू गर्नका लागि समय शुभ रहेको छ। प्रियजनसँग भेट हुनेछ। विरोधी प्रति विजय प्राप्त हुनेछ। मध्यान्नपछि परिस्थिति परिवर्तन हुनेछ र तपाईं मानसिक र शारीरिक रुपले चिन्तित रहनुहुनेछ। आमाको स्वास्थ्य बिग्रन सक्ला।

तुला राशि  – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : दिनको पहिलो पहरमा नै स्वास्थ्य खराब हुन सक्ला। मानसिक रूपले ग्लानी अनुभव गर्नुहुनेछ। परिवारको सदस्यहरूसँग केहि मर्यादापुर्वक व्यवहार गर्नुहोला। धार्मिक कार्यमा खर्च हुन् सक्ला। मध्यान्नपछि खुशी रहनुहुनेछ। आर्थिक लाभ हुनेछ। भाग्यवृद्दि हुन सक्ला। काममा सफलता प्राप्त गर्नुहुनेछ। सहकर्मीहरुसँगको सम्बन्ध राम्रो रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : शारीरिक र मानसिक स्वास्थ्य शुभ रहनेछ। परिवारको वातावरण हर्षोल्लासपूर्ण रहनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला। आफन्त तथा मित्रसँग भेट हुनाले आनन्द अनुभव गर्नुहुनेछ। मध्यान्नपछि नकारात्मक विचारले समस्यामा पर्नेछ। बोलि वा व्यवहारले परिवारको सदस्यलाई दुःख पुर्याउन सक्छ। दुवैमा ग्लानिको भाव उत्पन्न हुन सक्छ। धार्मिक कार्यमा खर्च हुनेछ। विद्यार्थीको विद्याप्राप्तिमा अडचन आउन सक्छ।

धनु राशि  – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : परिवारका सदस्यहरूसँगको सम्बन्धमा केही तीतोपना उत्पन्न हुन सक्ला। तपाईं शारीरिक र मानसिक रुपले अस्वस्थ रहनुहुनेछ। शल्यक्रिया गर्ने जस्ता काम नगर्नुहोला। पारिवारिक वातावरण रमाइलो रहनेछ। साथी र प्रियजनलाई भेट्ने अवसर प्राप्त गर्नुहुनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : सामाजिक रूपले प्रसिद्दि प्राप्त हुनाले व्यवसायिक, आर्थिक तथा सामाजिक रूपले लाभदायी दिन रहेको छ । मध्यान्नपछि सावधानी अपनाउनुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानसिक रुपले अस्वस्थ अनुभव गर्नुहुनेछ। मनोरंजन-उल्लासमा खर्च हुनेछ। आफन्तसँग झगडा नहोस् यस कुराको विशेष ध्यान राख्नुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : मान-सम्मान बढ्नेछ। प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। कार्यालयमा उच्च अधिकारी तपाईको कार्यमा सन्तोष रहनेछ। पदोन्नति हुने योग रहेको छ। व्यवसायमा लाभ हुनुको साथसाथै आय वृद्दि हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : व्यवसायी र व्यापारीवर्गको लागि समय छैन। उच्च अधिकारी तथा प्रतिस्पर्धीसँग व्यर्थ चर्चा या विवाद नगर्नुहोला। मध्यान्नपछि कार्यालयको वातावरण अनुकूल रहनेछ। अपूर्ण कार्य पूर्ण हुनेछ। व्यापारको सम्बन्धमा कतै टाढा जानुहुनेछ। सन्तानको प्रगतिले सन्तोष मिल्नेछ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८२१:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शनिबार पञ्चमी : शुभ छ यी ३ राशिलाई, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?