जेठी श्रीमतीलाई फकाएर होस् या धम्काएर यी बलिउड स्टारले भित्र्याएका थिए सौता

एजेन्सी : कानुनी रुपमा सम्बन्ध विच्छेद नगरी अर्को विवाह गर्नुलाई बहुविवाह भनिन्छ। यसरी बहुविवाह गर्दा कानुनी रुपमा सजाय हुने गर्छ।

तर कहिले काहीं मानिसहरु कानुनलाई लत्याएर घरमा श्रीमान अथवा श्रीमती हुँदा-हुँदै पनि अर्को विवाह गर्न पछि पर्दैनन्। यसरी बहुविवाह गर्नेहरुमा सामान्य व्यक्ति मात्र नभई सेलिब्रिटीहरु पनि छन्। यस्तै घरमा श्रीमती हुँदा-हुँदै अर्की श्रीमती ल्याउने बलिउड कलाकारहरु निम्न छन्।

सलीम खान(Salim Khan) : सलीम खान चर्चित बलिउड नायक सलमान खान(Salman Khan)का पिता हुन्। सलीमको पहिलो विवाह सलमानकी आमा अर्थात् सुशिला चरक(Sushila Charak)सँग भएको थियो। तर सलीमलाई पछि हेलेन(Helen)सँग पनि प्रेम भयो। सलमाकै अनुमतिमा सलीमले हेलन भित्र्याएका थिए।

धर्मेन्द्र(Dharmendra) : धर्मेन्द्रका पनि दुई श्रीमती छन्। पहिलो विवाह उनले प्रकाश कौर(Prakash Kaur)सँग गरेका थिए। तर चलचित्रमा काम गर्न थालेपछि उनको हेमा मालिनी(Hema Malini)सँग प्रेम बस्यो जसकारण उनले धर्म-परिवर्तन गर्दै मुस्लिम बनेर हेमा मालिनीसँग दोस्रो विवाह गरे। भारतमा मुस्लिम समुदायका पुरुषहरुले बहुविवाह गर्न मिल्ने प्रावधान छ। जस कारण उनले धर्म-परिवर्तन गरेर घरमा एक श्रीमती हुँदा-हुँदा पनि अर्की श्रीमती भित्र्याएका थिए।

राज बब्बर(Raj Babbar) : ८० दशकका चर्चित बलिउड अभिनेता राज बब्बरको पहिलो विवाह नादिरा(Nadira )सँग भएको थियो। तर पछि गएर उनको अभिनेत्री स्मिता पाटिल(Smita Patil)सँग प्रेम बस्यो। तर नादिराले डिभोर्स नदिने बताएपछि सहमतिमै राजले स्मिता भित्र्याए।

उदित नारायण झा(Udit Narayan) : नेपाल देखि बलिउडसम्म राम्रो नाम बनाउन सफल गायक उदित नारायणका पनि दुई श्रीमती छन्। पहिलो श्रीमती रन्जना(Ranjana) घरमा हुँदा-हुँदै उदितले दीपा(Deepa)सँग विवाह गरेका थिए। उदितले १ वर्षको अन्तरालमा दुई विवाह हुन्।

सञ्जय खान(Sanjay Khan) : सञ्जयको पहिलो विवाह जरीन खान(Zareen Khan)सँग भएको थियो। यी दुईको प्रेम विवाह थियो। केही वर्ष पछि सञ्जय जीनत अमान(Zeenat Aman)सँग नजिकिए र जीनतसँग पनि विवाह गरे। तर जीनतसँग सञ्जयको सम्बन्ध धेरै समयसँग टिकेन।

महेश भट्ट(Mahesh Bhatt) : महेशको पहिलो विवाह किरन(Kiran)सँग भएको थियो। प्रेम विवाह भएता पनि यी दुई एक-अर्कासँग खुसी हुन सकेनन्। नायिका परवीन बबी(Parveen Babi)सँग पनि महेशको चक्कर चल्यो। तर महेशले दोस्रो विवाह भने सोनी राजदान(Soni Razdan)सँग गरे। त्यससमयमा किरनसँग सम्बन्ध विच्छेद भएको थिएन।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मान्छेको ध्यान खिच्न बालिका वधूकी आनन्दीले गरिन् यस्तो गर्जियस फोटोशूट, यस्तो छ खास कारण