एजेन्सी : प्रेम त सबैले गर्छन, तर केबल केही मान्छेले मात्र साँचो प्रेमको वास्तविक चित्र प्रस्तुत गर्दछन। आज हामी तपाईलाई बलिउडको चर्चित जोडीहरुको बारेमा बताउन गईरहेका छौं, जसबाट यो जान्न सकिन्छ कि साँचो प्रेम के हो ?
शाहरुख खान(Shahrukh Khan) – गौरी खान(Gauri Khan) : शाहरुख खान र गौरीको वैवाहिक जीवनको यात्रा ३० वर्ष पूरा भईसकेको छ। यी दुवैको प्रेम कथा सुरु हुने समयमा शाहरुख खानको नाम समेत कसैलाई थाहा थिएन। विवाहपछि शाहरुख खान बलिउडको बादशाह बने। शाहरुखले धेरै अभिनेत्रीहरुसँग स्क्रिन शेयर गरिसकेको छ। केही अभिनेत्रीसँग उनको नाम जोडिए पनि गौरीको लागि उनको प्रेम सत्य थियो र अझै पनि सम्बन्ध कायम नै छ।
सुनिल शेट्टी(Sunil Shetty) – माना शेट्टी(Mana Shetty) : सुनील शेट्टी र मानाले लगन गाँठो कसेको ३० वर्ष भईसकेको छ। दक्षिण भारतसँग सम्बन्धित सुनील शेट्टी जो सँग प्रेममा परे उनी गुजरातका थिइन्। मानाको पूरा नाम माना कादरी हो। दुवैले ९ वर्षसम्म डेट गरे र त्यसपछि विवाहित हुने निर्णय गरे।
दिलीप कुमार(Dilip Kumar) – सायरा बानो(Saira Banu) : दिलीप कुमार व्यक्तिगत जीवनको बारेमा धेरै चर्चामा रहेका छन्। सायरा बानोसँग विवाह गरेको १४ वर्ष पछि दिलिप कुमारले पाकिस्तानी महिला आस्मा रहमानसँग दोस्रो विवाह गरेका थिए, तर उनीहरुबीचको सम्बन्ध धेरै समयसम्म टिक्न पाएन र छोडपत्र भयो। र दिलीप कुमारको सायरासँग पुनर्मिलन भयो। दिलीप र सायराको विवाह सन् १९६६ अक्टुबर महिनामा भएको थियो। सायरा र दिलीपको उमेरको अन्तर २२ वर्षको छ । मिडिया रिपोर्ट अनुसार सायराले ८ वर्षको उमेरबाट नै दिलीपसँग विवाह गर्ने सपना देखेकी बताएकी थिईन् । सन् १९५२ मा रिलिज भएको चलचित्र ‘दाग’ मा दिलीप कुमारलाई देखेपछि नै सायराले आफ्नो दिलमा दिलिपलाई राखेकी बताएकी थिईन्। दिलीप कुमार र सायरा बानो ५५ वर्षदेखि सँगै छन्।
अमिताभ बच्चन(Amitabh Bachchan) – जया बच्चन(Jaya Bachchan) : अमिताभ र जयाको प्रेम कथा फिल्म ‘जन्जीर(Zanjeer)’ को सेटबाट स्थापित भएको थियो। यस फिल्मको सफलतापछि दुवैले सन् १९७३ मा विवाह गरे। विवाह पछि जयाले फिल्मसँग नाता तोडिन तर अभिताभ बने सुपरस्टार बने। यसै समयमा रेखासँगको अमिताभ बच्चनको अफेयर रहेको खबरले बलिउडलाई नै तताएको थियो। अमिताभ-रेखाको बारेमा मिडियामा जस्तो सुकै खबर आएपनि जयाले ती कुराहरुलाई खासै महत्व दिईनन र सधैं अमिताभसँगै बसिन्। यस कारण यो जोडी पछिल्लो ४८ वर्ष देखि सँगै रहदै आएका छन्।
ऋषि कपूर(Rishi Kapoor) – नीतू सिंह(Neetu Singh) : ऋषि कपूर र नीतू सिंह पछिल्लो ४० वर्षबाट एक-दोस्रोको साथमा थिए, तर सन् २०२० मा अचानक ऋषि कपूरले नीतु एक्लै पारी यो संसारबाट बिदा भए । रियल लाइफमा उनीहरुको जोडी जति हिट छ, त्यति नै रिल लाइफमा पनि हिट छन्। रिपोर्ट अनुसार ९० को दशकमा उनीहरु बीच झगडा हुन् सुरु भएको थियो। ऋषिलाई मदिरापानको लत लागेको थियो र चाँडो रिसाउने बानी पनि थियो। खबर अनुसार दुई बीच झगडले यति धेरै बढ्यो कि नीतूले ऋषि विरुद्द घरेलु हिँसाको केस दर्ता गरिन् र घर छाडेर गएकी थिईन। तर पतिको करियर देखेर उनी फेरी घर फर्किन।
ज्याकी श्रफ(Jackie Shroff) – आयशा श्रफ(Ayesha Shroff) : ज्याकी श्रफ एक दिन सडकको किनारमा उभिएर बसेको थिए, त्यति बेला उनले १३ वर्षीय केटी स्कुल युनिफर्ममा बसमा बसिरहेकी देखे। ज्याकीको त्यो केटीसँग पहिलो नजरमा नै प्रेममा परे। केही भेटघाटपछि दुवैको दिलमा घन्टी बज्यो। तर त्यहाँ एक समस्या थियो कि ज्याकी पहिले नै कसैसँग प्रेममा थिए। आयशाले ज्याकीको गर्लफ्रेन्डलाई पत्र लेखेर सबै बताए। त्यसपछि ज्याकी र आयशाले विवाह गरे। पछिल्लो ३१ वर्ष देखि दुवै सँगै बस्दै आएका छन्।