एजेन्सी : बलिउड गायिका नेहा कक्कड(Neha Kakkar) सन् २०२० मा रोहनप्रीत सिंह(Rohanpreet Singh)सँग वैवाहिक बन्धनमा बाँधिइन्। ३२ वर्षीय नेहाले आफू भन्दा ७ वर्ष कान्छो रोहनसँग विवाह गरेकी हुन्। यद्यपि नेहा बाहेक थुप्रै यस्ता टिभी एक्ट्रेसेज छन् जसले आफूभन्दा कम उमेरका व्यक्तिलाई जीवनसाथी रोजे।
गौहर खान(Gauahar Khan) र जैद दरबार(Zaid Darbar) : बलिउड चलचित्र र टिभी सीरियलकी चर्चित अभिनेत्री गौहर खान आफ्नो पति जैद दरबार भन्दा ११ वर्षले जेठी हुन्। गौहर र जैद सन् २०२० डिसेम्बर २५ मा वैवाहिक बन्धनमा बाँधिएका हुन्।
भारती सिंह(Bharti Singh) र हर्ष लिम्बाचिया(Haarsh Limbachiyaa) : कमेडियन भारती सिंह आफ्नो पति हर्ष लिम्बाचिया भन्दा ८ वर्षले ठुली हुन्। उनीहरुले सन् २०१७ डिसेम्बर ३ मा विवाह गरेका थिए।
अर्चना पूरन सिंह(Archana Puran Singh) र परमीत सेठी(Parmeet Sethi) : अर्चना पूरन सिंहका पति परमीत सेठी उनीभन्दा ८ वर्षले कान्छो हुन्।