भोलि रामनवमी : भगवान रामको कृपाले शुभ रहनेछ यी राशिका दिन, हेर्नुहोस् राशिफल

काठमाडौँ : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा नवमीकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

रामनवमीका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको बताउनुहुन्छ । यसैले आदर्श राजाका रुपमा भगवान् श्रीरामको स्मरण गरिन्छ ।

पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले श्रीरामनवमी पर्व मनाउने गरिएको उहाँले सुनाउनुभयो ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा श्रीरामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको श्रीराममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको श्रीराम मन्दिरलगायत देशभर विभिन्न स्थानका मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्डबमोजिम मेला लाग्छ । ती मन्दिरमा श्रीरामनवमीका अवसरमा विशेष पूजा पनि गरिन्छ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : तपाई अधिक भावनाताम्क रहनुहुनेछ जसकारण कुनै कुरा वा व्यवहारले तपाईको भावनामा ठेस पुग्नेछ। आमाको स्वास्थ्यको करण चिन्तित रहनुहुनेछ। तपाईको स्वाभिमानलाई ठेस पर्न सक्छ। ग्लानिको अनुभव गर्नुहुनेछ। भोजन र निन्द्रामा अनियमितता रहनेछ। स्त्री र पानीबाट टाढा रहनुहोला। विधार्थीको लागि मध्यम समय रहेको छ। मनको शान्तिको लागि आध्यात्म नै उत्तम उपाय रहनेछ। सम्पत्तिको विषयमा चर्चालाई टाल्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : चिन्ता कम भएको कारण राहत अनुभव गर्नुहुनेछ। अधिक भावुक र संवेदनशील रहनुहुनेछ जसकारण कल्पनाशक्ति र सिर्जनशक्ति बाहिरिनेछ। साहित्य लेखन तथा कलाक्षेत्रमा योगदान गर्न सक्नुहुनेछ। परिवारको सदस्य विशेषरूपले आमासँग आत्मीयता बढ्नेछ। छोटो यात्रा वा पर्यटन हुन सक्छ। वित्तीय मामलामा ध्यान दिनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : निर्धारित कार्य पूरा हुनेछ र जास्करण निकै प्रसन्न रहनुहुनेछ। आर्थिक योजनाको कारण कैयौँ समस्या कम हुनेछ। पेसा व्यवसायमा सहयोगीको सहयोग मिल्नेछ। मित्र तथा प्रियजनसँग भेट हुनेछ। परिवारमा शान्ति र आनन्दको माहोल रहनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : साथी र परिवरसँग दिन आनन्दमय रहनेछ। साथै उनीहरुको तर्फबाट मिलेको उपहारले खुशी बढ्नेछ। बाहिर घुम्ने कार्यक्रम बन्नेछ तथा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ। शुभ समाचार मिल्नुको साथसाथै आर्थिक लाभ मिल्नेछ। श्रीमतीसँग समय बिताउनुहुनेछ। शारीरिक र मानसिक रुपले आनन्द अनुभव गर्नुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : अदालती मामलाबाट टाढा रहनुहोला। मनमा बेचैनी रहनुको साथै विभिन्न चिन्ताले सताउनेछ। शारीरिक स्वास्थ्य खराब हुन् सक्छ। आफ्नो बोलि र व्यवहारलाई ध्यानमा राख्नुहोला। नत्र कसैसँग झगडा हुन् सक्छ। खर्चको मात्रा अधिक रहनेछ। स्त्री वर्गबाट बचेर रहनुहोला। गलत धारणा मनमा आउन नदिनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : विविध क्षेत्रमा प्रसिद्दि र लाभ मिल्नेछ। तपाईमा भगवानको कृपा र्ह्नेह्च। वृद्द तथा मित्रसँग दिन आनन्दमा बित्नेछ। श्रीमती र बच्चासँग समय बिताउनुहुनेछ। दाम्पत्यजीवनमा आनन्द प्राप्त हुनेछ। सन्तानको समाचार मिल्नेछ। प्रिय व्यक्तिसँग भेट होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : तपाईको घर र कार्यस्थलमा राम्रो वातावरण रहनाले निकै प्रसन्नता रहनुहुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। रोजगार गर्ने व्यक्तिको पदोन्नति हुनेछ। कार्यालयमा उच्च पदाधिकारीले तपाईको कार्यको चर्चा गर्नेछन्। परिवारमा हर्षोल्लासको माहोल रहनेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : शारीरिक र मानसिक रुपले थकान र अल्छि अनुभव गर्नुहुनेछ जसकारण उत्साहको कमी रहनेछ। यसको प्रभाव व्यावसायिक क्षेत्रमा देख्न सकिन्छ। उच्च पदाधिकारीको व्यवहार प्रति नकारात्मक रहनेह। सन्तानसँग मतभेद हुन सक्छ। कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : कुनै पनि नयाँ कम आरम्भ नगर्नुहोला। स्वास्थ्यप्रति विशेष ध्यान राख्नुहोला। कफ तथा पेट सम्बन्धि बिरामीले तनावन रहनु हुनेछ। शल्यक्रिया जस्ता मामलालाई टाल्नुहोला। तपाई निराश र चिन्तित रहनुहुनेछ। पानीबाट टाढा रहनुहोला। अचानक कुनै रोगले सताउन सक्ला। खर्च वृद्धि हुनेछ। बोलि र व्यवहारमा ध्यान राख्न आवश्यक रहेको छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : दैनिक कार्य बाहेक अरु समय मनोरंजन तथा भेटघाटमा बिताउनुहुनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ तथा साथीसँग घुम्न जानुहुनेछ। विपरीत लिंगीय मित्र सँग शुभ समय बिताउनुहुनेछ। प्रबल धन लाभको योग रहेको छ। व्यापारमा वृद्धि हुनेछ। दलाली तथा व्याज आदिबाट लाभ हुनेछ। सार्वजनिक जीवनमा मान- सम्मान बढ्नेछ। कार्यमा सफलतामा मिल्नेछ र स्वास्थ्य स्वस्थ रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : कार्य सफलता प्राप्त गर्नको लागि दिन उत्तम रहेको छ। तपाईद्वारा गरिको कामबाट प्रसिद्दि र सफलता मिल्नेछ। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मनबाट ताजा र उर्जा अनुभव गर्नुहुनेछ। पेसा-धन्दामा सहयोगीको सहयोग मिल्नेछ। आमाको परिवारको तर्फबाट समाचार प्राप्त हुनेछ। खर्च बढ्नुको साथसाथै बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : तपाईले कल्पना शक्ति निखारण पाउनुहुनेछ। तपाईको दिन साहित्य सिर्जनको लागि उत्तम रहेको छ। विद्यार्थीले विद्याध्यनमा राम्रो प्रदर्शन गर्नेछन्। तपाईको स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ। स्वास्थ्य खराब रहला। साथै मनमा डर रहनेछ। मानसिक सन्तुलन बनाई राख्नुहोला।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८२०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज रामनवमी : भगवान रामको आशिर्वादले शुभ रहनेछ यी राशिका दिन, हेर्नुहोस् राशिफल