एजेन्सी : लामो समयदेखि सिनेप्रेमी फिल्म ‘केजिएफ(KGF 2)’ रिलिजको व्यग्र प्रतीक्षामा छन्। कोभिड-१९ महामारीको कारण प्रतीक्षाको घडी लम्बिँदै गईरहेको छ। आधिकारिक रुपमा आउँदो १६ जुलाईमा रिलिज गरिने घोषणा गरिएको थियो। तर फिल्ममा जोडिएका निकट श्रोतहरुका भनाईलाई उद्दृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार एक पटक फेरी पनि फिल्म रिलिज डेट सर्न सक्छ।
श्रोतले भने – ‘कोभिड-१९ को कारण सबै फिल्मका रिलिज शेड्युल गडबड भएको छ। यसको असर केजिएफ-२ मा पनि पर्ने देखिन्छ। हाललाई जुलाईसम्मको समय लामै छ। तर कोभिड-१९ को असर आगामी केही महिनासम्मै हुने फिल्म निर्माताहरुको अनुमान छ। यस्तो अवस्थामा केजिएफको प्रचारप्रसारको लागि धेरै समय बाँकी रहँदैन्। यसकारण रिलिज डेट सर्न सक्छ।’
केजिएफ २ एक ठुलो बजेटको फिल्म हो। दक्षिण भारतीय बाहेक उत्तर भारतका मानिसहरु पनि यो फिल्म हेर्न आतुर छन्। भारत बाहेक अरु देशहरुमा पनि यश लोकप्रिय छन्। फिल्म रिलिज अघि महामारीको प्रकोप कम हुनुपर्छ, तब मात्र बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सक्छ।
केजिएफको निर्माण पक्षबाट रिलिज डेट सार्ने विषयमा कुनै आधिकारिक घोषणा भएको छैन। तैपनि यो कुरा तय छ कि फिल्म रिलिज डेट फेरि पनि एकपटक सर्नेछ। केजिएफ-२ मा सुपरस्टार यश र सञ्जय दत्त बीच कडा टक्कर हुनेछ।
‘केजिएफ-२’ रिलिज डेट : प्रतीक्षाको घडी अझैँ लम्बिने निश्चितप्राय :

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१६:४८