काठमाडौँ : नयाँ वर्ष लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। २०७८ साल लागे यता लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य शुक्रबार ९० हजार ५ सय र आइतबार ९० हजार ७ सय रुपैंयाँ थियो।
सोमबार तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९० हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुनको मूल्य शुक्रबार ९० हजार र आइतबार ९० हजार २ सय रुपैंयाँ थियो।
सुन माघ अन्तिम हप्ता यताकै महँगो : सोमबार कायम भएको सुनको मूल्य माघ २९ गते यताकै महँगो रहेको छ। माघ २९ गते छापावाला सुन ९१ हजार ५ सय र तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो। यस हिसाबले आज सुन ६७ दिन यताकै महँगो रहेको छ।
चाँदीको मूल्य : सुनको मूल्य बढेपनि आज चाँदीको मूल्यमा बहने कुनै घटबढ भएको छैन। नेपाली बजारमा आज चाँदी १३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुनको भाउ बढेको-बढ्यै, आज ६७ दिन यताकै महँगो !
![](https://bigulnews.com.np/wp-content/uploads/2021/04/sunakobhau-badheko-badhyai-bhaekochh-raho-16.jpg)
प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१२:०४