आज राति बुध मेष राशिमा गोचर गर्दै, आउँदो १५ दिन यी ३ राशिका लागि भाग्यशाली

काठमाडौँ : बुध ग्रहलाई सबैभन्दा तीव्र गतिमा चल्ने ग्रह मानिन्छ। बुधले तर्क शक्ति, बुद्धि, सञ्चार, लेखन, व्यापार र वाणीलाई प्रतिनिधित्व गर्छ। मजबूत बुध वाला जातक प्रखर वक्ता, हाजिर जवाफमा दक्ष र एकदमै चलाख व्यापारी हुन्छन्। त्यस्तै बुध कमजोर हुँदा व्यक्ति मानसिक तनावको घेरामा पर्छन्।

बुध ग्रहको गोचर अवधि कम हुन्छ तर प्रभावशाली हुन्छ। आज वैशाख ३ गते शुक्रबारको दिन बुध ग्रह मीन राशिबाट निस्किएर राति ९ बजेर १५ मिनेटमा मेष राशिमा गोचर गर्दै छ। यहीँ महिनाको वैशाख १८ गते शुक्रबारसम्म बुध यहीँ राशिमा रहनेछ। त्यसपछि वृष राशिमा गोचर गर्नेछ।

राशिमा प्रभाव : – मेष राशिमा बुधको यो गोचर मिथुन, मीन र कर्कट राशिका लागि राम्रो रहनेछ। जबकि वृश्चिक, मकर र वृष राशिका जातकले आउँदो १५ दिनसम्म अत्यन्तै सावधान रहन् आवश्यक छ।

मेष राशिको स्वामी ग्रह मङ्गल हो। बुध र मङ्गलले एक-अर्काप्रति बैर भाव राख्छन्। यहीँ कारण आम जनजीवनमा यो गोचरको गहिरो प्रभाव पर्ने देखिन्छ। यस गोचरले आम मानिसहरुमा कस्तो प्रभाव पार्ला त ? हेर्नुस्।

देश-दुनियाँमा प्रभाव : बुधको यस गोचरको प्रभावले पूरा देश-दुनियाँमा उथलपुथल को स्थिति आउन् सक्छ। यसको प्रभावले मानिसहरुमा सहनशीलताको कमी आउने देखिन्छ र मानिसहरुका स्वभावमा उग्रता बढ्नेछ। दुई देशको दौत्य सम्बन्धमा तीक्तता बढ्न सक्छ। देशको सीमा विवादले थप जनआक्रोश बढ्नेछ। आममानिसहरुबीच पनि बोलीको कारण कटुता बढ्ने देखिन्छ।

स्वास्थ्यमा प्रभाव : बुधको यस गोचरको प्रभाव मानिसहरुका स्वास्थ्यमा पनि पर्नेछ। यस समयावधिमा मानिसहरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ने देखिन्छ। बुधको सम्बन्ध चर्मरोगसँग हुने मानिन्छ। यसकारण यस गोचरको अवधिमा मानिसहरुमा स्किन एलर्जीको समस्या पनि बढ्न सक्छ। यसबाट बच्नको लागि सेतो कपडा लगाउनुहोला र घरको सरसफाईमा ध्यान दिनुहोला।

पारिवारिक जीवनमा प्रभाव : बुध बुद्धिको कारक हो र अग्नि तत्वको राशिमा मेषमा यसको गोचरबाट यसको असर मानिसहरुका मन-मस्तिष्कमा पर्न सक्छ। घरका सदस्यबीच कटुता आउन सक्छ। यस बाहेक दाम्पत्य जीवनमा गलत बुझाईको कारण सम्बन्धमा केही दूरी आउन सक्छ।

बुधको प्रभावले घरमा लडाई-झगडा र विपत्ति बढ्न सक्छ। घरका सदस्यबीच कटुता बढ्ने देखिन्छ र घरको पारिवारिक माहोल तनावपूर्ण हुनेछ। आउँदो १५ दिनसम्म तपाईले आफ्नो वाणीमा संयमता अपनाउन आवश्यक छ।

आर्थिक जीवनमा प्रभाव : आर्थिक दृष्टिले बुधको गोचर मिश्रित परिणाम दिने वाला छ। वकालत, पत्रकारिता, लेखन, शिक्षा र दूरसञ्चारलाई बुधबाट प्रभावित क्षेत्र मानिन्छ। यस गोचरको अवधिमा यी सबै क्षेत्रमा हानि हुने सम्भावना देखिन्छ। त्यस्तै बैंकिङ या लगानी क्षेत्रका कम्पनीले यस गोचरबाट राम्रो परिणाम पाउनेछन्। बुध ग्रह मेष राशिमा प्रवेश गर्नाले ५ वटा राशिलाई अत्यन्त शुभ परिणाम प्राप्त हुनेछ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : यस अवधिमा तपाईंको कार्य सरलताका साथ पूरा हुनुका साथै लाभ प्राप्त हुनेछ। तपाईंको साहस र पराक्रममा वृद्धि हुनेछ। तपाईंले गरेको काम र लिएको निर्णयको सराहना गरिनेछ। सामाजिक पद प्रतिष्ठा बढ्नेछ। विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ। आर्थिक पक्ष मजबूत रहन्छ। तर आर्थिक लेन-देनमा भने ध्यान दिनुहोला। शत्रुसँग सावधान रहनुहोस्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : कार्य व्यापारको विस्तार हुनेछ। आयका साधनमा वृद्धि हुनेछ। मित्र तथा आफन्तबाट सुखद समाचार प्राप्त हुनेछ। व्यापारीहरुको लागि समय अनुकूल रहनेछ। नयाँ व्यवसाय आरम्भ गर्नको लागि अवसर अनुकूल रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग राम्रो सम्बन्ध कायम रहनेछ। पदोन्नतीको योग रहेको छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : यो समयमा तपाईंलाई भाग्यले पूरा साथ दिनेछ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरू पनि सफल हुनेछन्। धर्म कर्मको काममा तपाईंको रुचि बढ्नेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। सरकारी क्षेत्रबाट विशेष सफलता मिल्ने सम्भावना उच्च छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट पूरा साथ सहयोगको अपेक्षा राख्न सकिन्छ। विवाह सम्बन्धि वार्ता सफल रहनेछ। ससुराल पक्षबाट सहयोग पनि प्राप्त हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। व्यापरीहरुको लागि त यो समय अत्यन्त शुभ साबित हुनेछ। सरकारी काम गर्ने मानिसको पानी समय शुभ नै रहने देखिन्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : विद्यार्थी वर्गको लागि यो समय कुनै वरदान भन्दा कम हुनेछैन। पढाईमा राम्रो नतिजा प्राप्त गर्न सफल हुनेछन्। सन्तान प्रतिको जिम्मेवारी पूरा हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्ध बलियो हुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। दाम्पत्य जीवन पनि सुखमय तरिकाले नै बित्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कन्या राशिका लागि २०७८ साल कस्तो रहला ? हर्नुहोस् वार्षिक राशिफल !