एजेन्सी : सन् १९५५ को अक्टोबर १७ मा पुनेमा जन्मिएकी स्मिता पाटिलको गन्ती भारतको महान अभिनेत्रीहरुका सूचीमा हुन्छ। आफ्नो छोटो करियरमा उनले कैयन् यादगार फिल्महरु दिएकी छिन्। स्मिता कला फिल्महरुका लागि चिनिन्थिन्। र यो छवि तोड्नको लागि उनले कमर्शियल फिल्महरु पनि गरिन्। महानायक अमिताभ बच्चनसँग उनले ‘शक्ति’ र ‘नमक हलाल’ जस्ता ठुला बजेटका फिल्महरुमा काम गरिन्।
फिल्म शक्तिको एक गीत ‘जाने कैसे कब कहां’ को शूटिङ चलिरहेको थियो। यसमा स्मिता र अमिताभ बच्चनको एक इ-;+न्टि,-(मेट) सिन पनि थियो । स्मिता यस सिनको लागि धेरै नै अफ्ठ्यारो मानिरहेकी थिईन् । निर्देशक रमेश सिप्पी र अमिताभ बच्चनले उनलाई यो एक सिन मात्र भएको भन्दै मनाउन सफल भए। अन्तत: अफ्ठ्यारो मानी-मानी स्मिताले त्यो सिनको शूटिङ पूरा गरिन्।
त्यो सिनको शूटिङ गरेपछि स्मितले अझ धेरै असहज महसुस गरिन्। घर गएर उनी आफ्नो आमाको अगाडी रातभरी धुरुधुरु खुब रोइन्। शायद उनलाई अफसोस भईरहेको थियो कि आखिर त्यो सिनको लागि किन तयार भए भनेर।
स्मिता पाटिलको फिल्मी करियर जम्मा १० वर्ष रह्यो। उनी फिल्मको कारण मात्र नभई राज बब्बरसँगको सम्बन्धको कारण पनि चर्चामा रहिन्। मृत्युपछि उनले अझ धेरै चर्चा पाईन्। ३१ वर्षको अल्पायुमा सन् १९८६ डिसेम्बर १३ मा उनको अचानक निधन भएको थियो।