साप्ताहिक राशिफल : ४ ठुला गोचरले गर्दा शुभ रहनेछ यी राशिहरुलाई यो हप्ता

काठमाडौँ : ग्रहले व्यक्तिको जीवनमा विशेष महत्व राख्छ। जीवनका शुभ-अशुभ घटनाका परिणाम ग्रहसँग सम्बन्धित हुन्छन्। ज्योतिषका अनुसार सबै ग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्छन्। यस राशि परिवर्तनले मानिसहरुका कुण्डलीमा ग्रहका शुभ-अशुभ परिणामहरु देख्न सकिन्छ। ज्योतिषका अनुसार चैत २८ पिशाच चतुर्दशीको दिन देखि अर्को वर्ष २०७८ को वैशाख ४ गतेको समयभित्रमा चार ठुला गोचर हुँदैछन्। यी सात दिनमा हुने गोचरले देश-दुनियाँमा गहिरो प्रभाव पर्नेछ। यसले १२ वटै राशिहरुमा प्रभाव पार्नेछ। तपाईको राशिमा कस्तो प्रभाव पार्ला ? हेर्नुहोस् आज चैत्र २९ गतेदेखि बैशाख ४ गतेसम्मको साप्ताहिक भविष्यफल।

मेष राशि  – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशिका जातकले यस सप्ताहमा धैर्यपूर्वक काम गर्न आवश्यक छ। कुनै पनि कार्यमा शीघ्रता नोक्सानदायक साबित हुनेछ। सप्ताहको प्रारम्भमा स्वास्थ्य र सम्बन्धमा ध्यान दिन आवश्यक छ। कसैसँग धेरै अपेक्षा गर्दा उपेक्षाको स्थिति आउन सक्छ। कार्यक्षेत्रमा कामकाजको चाप बढ्नेछ। कुनै नयाँ प्रोजेक्टमा काम गर्दा आफ्नो शुभचिन्तक एवं विशेषज्ञको राय लिन नभुल्नुहोला। वैदेशिक मामिलामा अपेक्षिकृत लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको पूरा साथ मिल्नेछ। प्रेम सम्बन्धमा मजबूती आउनेछ। अविवाहितको विवाह हुन् सक्छ। खानपिन अलि ध्यान दिनुहोला। शुभ अङ्क -१ ।।। शुभ दिन-आइतवार ।।। शुभ रङ्ग-केसरी रङ्ग।।। सफलताको सूत्र-‘विवेकको प्रयोग गर्नुहोला।’ ।।। उपाय- रातो कपडा दान गर्नुहोला। देवी दुर्गाको उपासना गर्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

वृष राशिका जातकले सप्ताहको प्रारम्भमा साथी र शुभचिन्तकको मद्दतबाट कुनै ठुलो प्रोजेक्ट हात पार्न सक्छन्। विगतमा गरेका लगानीबाट अप्रत्यासित लाभ मिल्न सक्छ। भूमि र भवनको क्रयविक्रयबाट लाभ हुने योग बन्नेछ। रोजगारको दिशामा गरिएको प्रयास सफल हुनेछ। लामो अथवा छोटो दूरीका यात्राको अवसर जुर्न सक्छ। सप्ताहको उत्तरार्धमा कुनै विशिष्ट व्यक्तिसँग भेट हुन् सक्छ, जोसँग भावी योजनाको बारेमा छलफल हुनेछ। सत्ता पक्षबाट भरपूर लाभ प्राप्त हुनेछ। दाम्पत्य जीवनमा माधुर्यता आउनेछ। प्रेम सम्बन्ध थप मजबूत हुनेछ। युवाहरुका समय मोजमस्तीमै बित्नेछ। सप्ताहको अन्त्यमा सन्तान पक्षबाट कुनै सुखद् समाचार प्राप्त हुँदा घरपरिवारमा हर्षको माहोल बन्नेछ। ।।।शुभ अङ्क -४।।।शुभ दिन-बुधवार।।। शुभ रङ्ग -जैतुन।।। रङ्ग सफलताको सूत्र-‘मानिसहरुको बहकावमा नआउनुहोला। ’।।। उपाय- गरिब तथा दीनदुखीलाई भोजन गराउनुहोला। आफ्नो इष्टदेवलाई उपासना गर्नुहोला।।।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

यदि तपाई आफ्नो जीवनमा एक नयाँ मार्गदर्शनको खोजीमा हुनुहुन्छ अथवा एक आकर्षक तलब भएको जागिरको खोजीमा भौंतारिरहनुभएको छ भने यस सप्ताहको अन्तसम्ममा कुनै न कुनै सुखद समाचार अवश्य प्राप्त हुनेछ। यो समय तपाईको लागि अत्यन्तै शुभ छ। पूरा मन लगाएर आफ्नो लक्ष्यलाई प्राथमिकता दिनुहोला। निश्चित रुपमा सफलता प्राप्त हुनेछ। यद्यपि एउटा कुरामा ध्यान दिनुहोला, तपाईको कुराबाट नै कुरा बन्नेछ र नानाथरी कुरा गरे कुरा बिग्रिन सक्छ। यसकारण वाणीमा मधुरता कायम राख्नुहोला। राजनीतिमा जोडिएका मानिसले नयां  जिम्मेवारी र नयाँ पद पाउन सक्छन्। वैदेशिक मामिला तथा कारोबारमा जोडिएकाले लाभ पाउनेछन्। प्रेम सम्बन्धमा थप प्रगाढता आउनेछ। लामो या छोटो दूरीको यात्राको अवसर प्राप्त हुनेछ। शुभ अङ्क – ८ ।।।शुभ दिन-बुधवार।।। शुभ रङ्ग- हरियो रङ्ग।।। सफलताको सूत्र-‘अवसरको लाभ उठाउनुहोला।’।।। उपाय-वृद्द स्त्रीबाट आशिर्वाद लिएर घरबाट निस्क्नुहोला। शक्तिको साधना गर्नुहोला।।।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यो हप्ता कर्कट राशिका जातकको मन कुनै एक कार्यमा टिक्दैन्। जसले गर्दा तपाईले गर्नुभएको प्रयासमा सफलता मिल्ने सम्भावना एकदमै कम हुन्छ। छात्रछात्राको मन पढाईतिर जाँदैन। घरेलू समस्या सुल्झाउने बेला वादविवादको सट्टा शान्त भएर बातचित गर्नुहोला।आफन्तजनको भावनालाई बिल्कुलै उपेक्षा नगर्नुहोला। कठिन समयमा जीवनसाथी र प्रेमीप्रेमिकाको पूरा सहयोग मिल्नेछ। कुनै पनि ठुलो प्रोजेक्टमा लगानी गर्नुअघि शुभचिन्तक तथा विज्ञसँग सल्लाह लिन नभूल्नुहोला। यो हप्ता लामो या छोटो दूरीको यात्रामा जानबाट जोगिनुहोला। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। मनलाई एकाग्र राख्नको लागि ध्यान एवं योगको सहारा लिनुहोला। शुभ अङ्क – ७ ।।। शुभ दिन-मंगलवार ।।। शुभ रङ्ग -बदामी रङ्ग।।। सफलताको सूत्र-‘ईश्वरप्रति पूरा विश्वास राख्नुहोला।’ ।।। उपाय-सेतो वस्तुको दान गर्नुहोला र भगवान शिवको उपासना गर्नुहोला।।।।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

करियर अथवा कारोबारको लागि जुन चीजको व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो, यो हप्ताको अन्तसम्ममा प्राप्त गर्नुहुनेछ। सोचेका काम समयमै पूरा हुनेछन्। यदि तपाई कुनै ठुलो योजनामा काम गर्दै हुनुहुन्छ भने कुनै महिला मित्रको सहयोग अत्यन्तै लाभदायक साबित हुनेछ। सफलताको जोशमा क्षणिक फाइदाबारे मात्र नसोच्नुहोला, भावी नोक्सानको बारेमा पनि ध्यान दिनुहोला। कुनै पनि स्थितिमा आवेश या अभिमान आउन नदिनुहोला, अन्यथा नजिकै रहेको सफलता र प्रियजन तपाईबाट टाढा हुनेछन्। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्धमा बेमतलबका तर्क-वितर्क गर्नबाट जोगिनुहोला। यो सप्ताहको अन्तसम्ममा धार्मिकस्थलको यात्रामा निस्किनुहुनेछ। ।।।शुभ अङ्क – ५ ।।।शुभ दिन-बिहीवार।।।शुभ रङ्ग -रातो।।।सफलताको सूत्र-‘आत्मविश्वास कायम राख्नुहोला।’।।।उपाय- भगवान सूर्यदेवलाई जलमा सिन्दुर मिसाएर अर्घ्य दिनुहोला।।।।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कन्या राशिका जातकले यस सप्ताहमा आफ्नो काममा विशेष रुपबाट ध्यान दिन् आवश्यक छ। कार्यक्षेत्रमा गुप्त शत्रुबाट सावधान रहन् जरुरी देखिन्छ। आफ्नो जिम्मेवारीको पूर्ण रुपमा निर्वाह गर्नुहोला। कागजसम्बन्धी कुनै पनि ठुला कार्य अत्यन्तै सावधानीपूर्वक गर्नुहोला। अन्यथा एक सानो गल्ती तपाईको लागि भारी पर्न सक्छ। साना व्यापारीका तुलनामा ठुला व्यापारीका लागि समय थोरै चुनौतीपूर्ण हुनेछ। सन्तान पक्षसँग जोडिएको कुनै चिन्ताले तपाईलाई सताउनेछ। सास र पेटसम्बन्धी समस्यालाई बिल्कुलै बेवास्ता नगर्नुहोला। जीवनसाथीको स्वास्थ्य अवस्थाले मन विचलित बनाउनेछ। ।।।शुभ अङ्क-३।।।शुभ दिन-शुक्रवार।।।शुभ रङ्ग-सेतो।।। सफलताको सूत्र-‘बुद्धि एवं विवेकको प्रयोग गर्नुहोला।’।।।
उपाय-गाईलाई दाना खुवाउनुहोला। भगवान गणपतिको उपासना गर्नुहोला। कुनै ठुलो कामको सफलताको लागि आदरणीय व्यक्तिको आशीर्वाद लिनुहोला। ।।।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका जातक यदि कुनै सम्झौताको प्रतीक्षामा हुनुहुन्थ्यो भने यस सप्ताह भित्रमा टुङ्गो लाग्नेछ। व्यापार विस्तार गर्ने हेतुले गरिएको यात्रा सफल हुनेछ। कुनै माङ्गलिक अवसरमा सहभागी हुने मौका पाउनुहुनेछ। आफ्ना सन्तानले गरेको उपलब्धीले समाजमा मान-सम्मान बढ्नेछ। कुनै देव या तीर्थस्थलको यात्राले मनलाई सुकून मिल्नेछ। सप्ताहको उत्तरार्धमा मानसिक तनाव बढ्ने देखिन्छ। पराक्रममा वृद्धि हुनेछ। परिवारमा हर्षको माहोल रहनेछ। प्रतियोगिताको तयारीमा जुटिरहेका मानिसले सुखद् समाचार पाउनेछन्। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। जीवनसाथीसँग सुखद् समय व्यतीत गर्नुहुनेछ।।।।शुभ अङ्क- ४।।। शुभ दिन- शुक्रवार।।। शुभ रङ्ग -सेतो ।।।सफलताको सूत्र – ‘धैर्यशील बन्नुहोला।’ ।।।उपाय-पक्षीलाई दाना हाल्नुहोला र कुनै निर्धन व्यक्तिलाई वस्त्र अथवा खानेकुरा दान गर्नुहोला।।।।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

वृश्चिक राशिका जातकका लागि यो सप्ताह सौभाग्यपूर्ण रहनेछ। सप्ताहको प्रारम्भमै नयाँ योजनामा काम गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा सिनियर्स तथा जुनियर्स दुवैको सहयोग मिल्नेछ। सत्ता पक्षबाट सम्मान र लाभ दुवै प्राप्त हुने योग बन्नेछ। कुनै रोमाञ्चक स्थानमा यात्राको अवसर मिल्नेछ। सप्ताहको उत्तरार्धमा कुनै प्रियजनसँग भेट हुने सम्भावना छ। परीक्षाको तयारीमा जुटेका छात्रछात्राले कुनै सुखद् खबर सुन्न पाउनेछन्। प्रेम सम्बन्धमा होस् या फेरि दाम्पत्य जीवनमा व्यस्तताको बाबजूद पनि पार्टनरको लागि समय अवश्य निकाल्नुहोला। यो कोरोना कालमा आफ्नो इम्युनिटीमा पूरा ध्यान दिनुहोला र नशा आदिको लतबाट टाढै रहनुहोला। ।।।शुभ अङ्क-६।।।शुभ दिन-सोमवार।।। शुभ रङ्ग-गुलाबी।।। सफलताको सूत्र-‘अधीरताबाट बच्नुहोला। ’।।। उपाय-रातो रुमाल सधैँ आफू सँगै राख्नुहोला। ‘ॐ हं हनुमते नम:’ को जप गर्नुहोला।।।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धनु राशिका जातकको लागि यो सप्ताह निकै भागदौडपूर्ण रहनेछ। कार्यक्षेत्रमा कामकाजको बोझ बढ्नेछ। थोकवस्तु व्यवसायीले केही चुनौती सामना गर्नुपर्नेछ। बजारमा फँसेको धन निकाल्नको लागि अहिले केही प्रतीक्षा गर्नु पर्नेछ। सप्ताहको मध्यमा धार्मिक कार्यहरुमा सहभागिता जनाउनुहुनेछ। आयको तुलनामा यस सप्ताह खर्च बढी हुनेछ। आफ्नो खर्चमा नियन्त्रण गर्न आवश्यक देखिन्छ। सुखसुविधाका चीजमा सोचविचार गरेर मात्र धन खर्च गर्नुहोला। खानपानमा विशेष ध्यान दिनुहोला, पेटसम्बन्धी समस्याले पिरोल्नेछ। ।।।शुभ अङ्क- ९।।।शुभ दिन – बिहीबार।।।शुभ रङ्ग- पहेँलो।।।सफलताको सूत्र- ‘सकारात्मक सोच राख्नुहोला।’।।। उपाय – चनाको दाल गाईलाई खुवाउनुहोला। ‘ॐ नमो नारायणाय नमः’  मन्त्रको जप गर्नुहोला।।।।

मकर राशि  – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मकर राशिका जातकाले यो हप्ता धैर्य र विवेकको साथ नछोड्नुहोला। सप्ताहको प्रारम्भमा धेरै धन खर्च हुँदा मन खिन्न रहनेछ। कुनै पनि कार्य अथवा प्रोजेक्टको प्रतीक्षाको समयावधि लम्बिन् सक्छ। कार्यक्षेत्रमा विरोधी तपाईको कार्यमा बाधा पुर्याउने कोशिश गर्नेछ। सानातिना मतभेदलाई बेवास्ता गरे दाम्पत्य एवं प्रेम सम्बन्धमा मजबूती आउनेछ। प्रेमी-प्रेमिकासँग रमाइला र अविस्मरणीय पल बित्नेछ। रोगबाट पीडित मानिसको स्वास्थ्यमा सकारात्मक सुधार आउनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला र सवारी साधन ध्यान दिएर चलाउनुहोला। प्रेमसम्बन्धमा सोचविचार गरी कदम चाल्नुहोला। ।।।शुभ अङ्क – ९।।।शुभ दिन-शनिबार।।।शुभ रंग- खरानी रङ्ग।।।सफलताको सूत्र-‘हडबडी गर्नबाट बच्नुहोला।’।।।उपाय- सतबिज छर्नुहोला। पीपलको बोटमा जल दिनुहोला।।।।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशिका जातकले यस सप्ताहमा आलस्य त्याग्नुपर्नेछ। आफ्ना हातमा आएका अवसरबाट लाभ उठाउनुहोला। सप्ताहको अन्तसम्ममा तपाईले कुनै ठुलो कन्ट्राक्ट हात पार्नुहुनेछ। करियर र व्यवसायको दृष्टिले पनि यो सप्ताह अत्यन्तै शुभ रहने वाला छ। कार्यक्षेत्रमा सिनियर्स र जुनियर्ससँग तालमेल मिलाएर तपाईले आफ्नो काम पूरा गर्नुहुनेछ। मार्केटिङमा लागेका मानिसका लागि यो समय विशेष रुपमा शुभ साबित हुनेछ। पैतृक सम्पत्ति प्राप्तिको योग बन्नेछ। सप्ताहको उत्तरार्धमा घरको कुनै वृद्द व्यक्तिको स्वास्थ्यमा समस्या आउने कारण मन चिन्तित रहनेछ। प्रेम सम्बन्धमा उत्ताउलोपनबाट बच्नुहोला, अन्यथा बनेको सम्बन्ध बिग्रिन सक्छ। दाम्पत्य जीवनमा माधुर्यता बनाईराख्नको लागि सानातिना कुरालाई भुल्नुहोला। ।।।शुभ अङ्क- ७।।।शुभ दिन-शुक्रवार।।।शुभ रङ्ग-चाँदी रङ्ग।।।सफलताको सूत्र-‘नकारात्मक विचारबाट बच्नुहोला।’।।।उपाय-नुहाउनुअघि शरीरमा तेल लगाउनुहोला। ‘ॐ प्रां प्रीं प्रौं स: शनये नम:’ मन्त्रको जप गर्नुहोला।।।।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका जातकले यस सप्ताहमा करियर अथवा कारोबारमा कुनै पनि प्रकारका जोखिम नउठाएकै राम्रो हुनेछ। तमाम चुनौतीको बाबजूद तपाईले यस सप्ताहमा विवेक एवं बुद्धिको प्रयोग गरी ती सबै कुरा पाउन सफल हुनुहुनेछ, जसको लामो समयदेखि तपाई प्रतीक्षामा हुनुहुन्थ्यो। पूरा मन लगाएर काम गरे अवश्य सफलता मिल्नेछ। व्यापार-व्यवसायमा लागेकहरुले अप्रत्याशित रूपबाट धन लाभ गर्नेछन्। सप्ताहको अन्त्यमा सम्बन्ध र स्वास्थ्यमा विशेष ध्यान दिनुहोला, अन्यथा वर्षौँ पहिले बनेको सम्बन्ध टुट्न सक्छ। प्रेम सम्बन्धमा लभ पार्टनरको पूरा साथ मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता बनिरहनेछ। कोरोना कालमा आफ्नो स्वास्थ्यलाई बिल्कुलै बेवास्ता नगर्नुहोला।।।।शुभ अङ्क – २।।।शुभ दिन- मंगलवार।।।शुभ रङ्ग -वैजनी।।।सफलताको सूत्र-‘ क्षमता भन्दा बढी जोखिम नउठाउनुहोला ।’।।।उपाय-हनुमान जीको उपासना गर्नुहोला र नित्य ‘ॐ हं हनुमते नम:’  मन्त्रको एक माला जप गर्नुहोला।।।।

प्रकाशित : आइतबार, चैत २९, २०७७१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सोमवती औंसी : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल