साउथ चलचित्रप्रेमीलाई खुशीको खबर : राम चरणको फिल्मबाट साउथमा डेब्यु गर्दै छन् सलमान ?

एजेन्सी : साउथ सुपरस्टार राम चरण र चर्चित निर्देशक शंकरको आउँदो फिल्म ‘आरसी १५(RC 15)’ निर्माणको घोषणा भएको छ । निर्माणको घोषणा भएसँगै यो फिल्म अहिले चर्चाको विषय बनेको छ । निर्माता दिल राजूको निर्देशनमा बन्न लागेको यो फिल्मको शूटिङ यहीँ वर्षको जूनबाट सुरु हुनेछ ।

पछिल्लो मिडिया रिपोर्टस अनुसार यस फिल्ममा कियारा आडवाणीको इन्ट्री भईसकेको छ। हालको ताजा खबर मान्ने हो भने यो हाई अक्टेन ड्रामा फिल्ममा बलिउड सुपरस्टार सलमान खानलाई लिने कुरा चलिरहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्मको लागि राम चरण र शङ्कर छिट्टै सलमानलाई भेट्ने तयारीमा छन् ।

सलमान खान यो फिल्ममा प्रहरी अधिकृतको रुपमा देखिन सक्छन् । खबर अनुसार ‘आरसी १५’ लाई अझ धमाकेदार बनाउनको लागि ‘२.०’ फेम शंकरले सलमान खानसँग कुराकानी गर्दै छन् ।

यदि सलमान खानले हरियो झन्डा देखाएमा उनी एक प्रहरी अधिकृतको भूमिकामा हुनेछन् । यो भूमिकाको लागि शङ्करले बलिउडमा राम चरणभन्दा अझ चर्चित कलाकारको खोजी गरिरहेका थिए र उनलाई सलमान खान एकदम फिट लाग्यो।

निर्मातालाई सलमानको जम्माजम्मी २५-३० दिन भए काफी हुनेछ किनकी यो भूमिकाको शूटिङ त्यति दिनमै सकिनेछ । शङ्करले छिट्टै यस फिल्मको सिलसिलामा सलमान खानसँग भेटघाट गर्नेछन् । फिल्ममा सलमानको भूमिका त्यति धेरै त हुनेछैन् तैपनि त्यो भूमिका बिना कहानीमा कुनै दम रहनेछैन।

पछिल्ला दिनहरुमा यो चर्चा पनि चुलिएको थियो कि सलमान तमिल ब्लकबस्टर फिल्म ‘मास्टर’ को हिन्दी रिमेकमा पनि देखिनेछन् । सलमानले साउथका स्टार थलापति विजयको ठाउँ लिनसक्ने बताईएको थियो । निर्माता मुराद खेतानी र एण्डेमोल शाइनको टिम विगत एक महिनादेखि सलमानसँग ‘मास्टर’ बारे कुरा गरिरहेका छन् ।

सलमान खानलाई फिल्मको कन्सेप्ट मन परेको छ । यद्यपि यो फिल्ममा सलमान रहने या नरहने भन्नेबारे निश्चित भईसकेको छैन । यहीँ वर्षको ईदमा सलमानको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ रिलिज हुँदै छ । प्रभुदेवाको निर्देशनमा बनेको यो फिल्ममा उनी अभिनेत्री दिशा पाटनीसँग देखिनेछन् ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७२०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहाँ गुमनाम भईन् ‘वान्टेड’ मा सलमानको हिरोइन बनेकी आयशा टाकिया ?