काठमाडौँ : आगामी हप्ताको बुधबारको दिन हिन्दु नववर्ष विक्रम संवत २०७८ मनाइन्छ । नयाँ वर्ष लागेसँगै नयाँ संवत्सर प्रारम्भ हुन्छ । वैदिक सनातन हिन्दू धर्मअनुसार शास्त्रमा कुल ६० संवत्सर हुन्छन् । हिन्दु नववर्ष २०७८ मा यस वर्ष ९० वर्षपछि एक अद्भुत संयोग बन्दै छ । ज्योतिर्विदका अनुसार यो संयोगले कष्ट दिन्छ या जीवनमा आनन्द लिएर आउँछ ? जान्नुहोस्
संवत्सरको मतलब १२ महिनाको काल अवधि हुन्छ । सूर्य सिद्धान्त अनुसार, संवत्सर बृहस्पति ग्रहको आधारमा निर्धारित गरिन्छ । बृहस्पतिले हरेक १२ वर्षमा सूर्यलाई एक चक्कर पूरा गर्छ । यी ६० संवत्सर यानी ६० वर्षको तीन हिस्सा हुन्छ ।
संवत्सरको पहिलो हिस्सालाई ब्रम्हा जीसँग जोडिन्छ । यसलाई ब्रम्हविंशति भनिन्छ । दोस्रो भागलाई विष्णुविंशति भनिन्छ र यसको अन्तिम भागलाई शिवविंशति भनिन्छ । संवत्सर यानी हिन्दु वर्ष, प्रत्येक वर्षको अलग-अलग नाम हुन्छ ।
शास्त्र अनुसार, २०७८ संवत्सरको नाम आनन्द हुनेछ । यसको प्रभावले तपाईको जीवनमा आनन्दको वहार आउनेछ । महामारीको प्रकोप कम हुनेछ । यो संवत्सरको स्वामी भग देवता हो । यिनको आगमनले मानिसहरुबीच खुशीयाली छाउनेछ । चैत्र ३१ मङ्गलबारको दिनबाट नै वत्सर आरम्भ हुनेछ । यो दिन चैत्र शुक्लपक्षको चैत्र शुक्लपक्ष पनि हो र यसै दिन संवत्सरको राजा मङ्गल हुनेछन् ।
नयाँ विक्रम संवत २०७८ वृष लग्न र रेवती नक्षत्रमा सुरु हुनेछ । यस पटक औंसी र नव संवत्सरको दिन सूर्य र चन्द्रमा दुवै मीन राशिमै ठिक एउटै अंशमा रहनेछ । यानी कि मीन राशिमा नयाँ चन्द्रमा उदय हुनेछ ।
वृष राशिमा मङ्गल र राहु दुवै रहनेछ । राजा, मन्त्री र वर्षा वर्षा यी तीनैको अधिकार मङ्गलसँग छ । २०७८ को यस संवत वर्षमा धेरै गर्मी बढ्नेछ । वर्षात् कम हुनेछ । यस पटक वित्तको अधिकार पनि बृहस्पतिसँग छ, सोहीकारण दुनियाँभरको आर्थिक स्थिति सुधार हुनेछ ।
ज्योतिषाचार्यका अनुसार मङ्गल क्रुर हुन्छन् र युद्धको देवता पनि हुन् । यस संवत वर्षमा दूर्घटना, विनाश, हिँसा, भूकम्प, प्रहरी र सेना धेरै प्रभावशाली हुनेछन् । यो वर्ष आगजनीको सम्भावना पनि बढ्नेछ । शल्य चिकित्सा आधुनिक हुनेछ । यो वर्ष दूर्घटनाका मामिला बढ्नेछन् । यो वर्ष सामाजिक र राजनीतिक अस्थिरता बढ्नेछ । प्राकृतिक विपत्तिले धेरै धनजनको क्षति गर्नेछ । यो संवत वर्षमा ठुलो आँधी-बेहरी, हावाहुरी आउनेछ टर वर्षा कम हुनेछ ।
निर्णय सिन्धु शास्त्र अनुसार, संवत २०७८ राक्षसको नामले चिनिन्छ । निर्णय सिन्धुका अनुसार यो संवत ८९ औँ संवत हो र यसलाई अपूर्ण संवत पनि भन्दछन् । प्रमादि संवत्सरले आफ्नो पूरा वर्ष व्यतीत गर्न पाउँदैन् । यसकारण ९० औँ वर्षमा पर्ने संवत्सर यानी कि आउँदो संवत्सर विलुप्त हुनेछ ।
निर्णय सिन्धु अनुसार यसपटक विचित्र संयोग बनिरहेको छ । यो ९० वर्षपछि बन्न लागेको हो । यो संवत पूर्ण रुपमा विलुप्त रहनेछ । यसले रोग, भय र राक्षस प्रवृत्ति बढ्नेछ र मानिसहरुमा अपराध गर्ने मनोवृति बढ्नेछ ।
चैत्र ३१ गतेबाट नवसंत्सर सुरु हुनेछ र सोही दिन राति २ बजेर ५४ मिनेटमा सूर्य मेष राशिमा आउनेछ । सूर्य मेष राशिमा प्रवेश गरेसँगै मेष संक्रान्ति सुरु हुन्छ । यसलाई वर्षको सबैभन्दा ठुलो संक्रान्ति मानिन्छ । संवत्सर प्रतिपदा र मेष संक्राति एकै दिन परेको छ । यो संयोग ९० वर्षपछि बन्न लागेको हो । केही विद्वानहरुका अनुसार यही चैत्र २९ गतेबाट सुरु हुने संवत वर्षलाई आनन्द भनिन्छ । यस वर्ष हर्ष र उल्लास बढ्नेछ ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत मानिन्छ । विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
हरेक व्यक्तिले नयाँ वर्षमा गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । यो दिन बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको प्रमादी ४७औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।