फ्लप एक्ट्रेस उर्वशीको ह्वात्तै बढ्यो भाउ, दीपिका-कट्रिनालाई पनि पछाडी पारिन्

एजेन्सी : उर्वशी रौटेला सुन्दर छिन् र सबैलाई भुतुक्कै पार्न सक्ने लोभलाग्दो मिलेको जिउडाल छ । तैपनि उनले बलिउडमा खासै हलचल पैदा गर्न सकिनन् । शायद गलत फिल्म साइन गरेको नतिजा हो । यद्यपि भर्खर २७ वर्ष भएकी उर्वशीसँग अहिले उमेर र समय दुवै पर्याप्त छ । उनीसँग आगामी दिनमा बलिउडमा आफूलाई स्थापित गर्न प्रशस्त मार्ग छन् ।

उर्वशीले हालै  दक्षिण भारतीय फिल्ममा राम्रो अवसर पाएकी छिन्। उनले एक तमिल फिल्म साइन गरेकी छिन् ।

भारतीय सञ्चारहरुका अनुसार यस फिल्मका लागि उनले १० करोड भारु पारिश्रमिक पाउने पक्कापक्की भएको छ । यति मोटो रकम त बलिउडका नाम चलेका अभिनेत्रीहरुले पनि पाएका छैनन् । पछिल्लो समयका चर्चित अभिनेत्री दीपिका पादुकोण र कट्रिना कैफले पनि त्यति मोटो पारिश्रमिक लिएका छैनन् ।

उर्वशीले यो फिल्मको शूटिङ पनि सुरु गरिसकेकी छिन् । यस फिल्ममा उनी माइक्रोबायोलिस्टको रोलमा हुनेछिन् ।

तमिल फिल्म बाहेक उनले तेलुगु फिल्ममा पनि आफ्नो अभिनय कौशलता प्रस्तुत गर्नेछिन् । शायद दक्षिण भारतीय फिल्ममा उनको भाग्यको द्वार खुल्ने आशा छ ।


प्रकाशित : बुधबार, चैत २५, २०७७१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इन्डियामा भाइरल भयो तीन बच्चाले गाएको नेपाली गीत, अनुपमले भने यस्तो !