पञ्चाङ्ग
दिन : बुधवार
नक्षत्र : धनिष्ठा , २९:४२ बजे उप्रान्त शतभिषा
तिथि : एकादशी , २८:४० बजे उप्रान्त द्वादशी
करण : वव १६:५२ बजेदेखि वालव , २८:४० बजे उप्रान्त गर
योग : साध्य , १७:०२ बजे उप्रान्त शुभ(पापमोचनी एकादशी)(विश्व स्वास्थ्य दिवस)
काठमाडौँ : सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौँ तिथिलाई एकादशी भन्दछन्। पञ्चाङ्गको एघारौं तिथि अनुसार चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ। यो वर्ष पापमोचिनी एकादशी भोलि चैत्र २५ गते परेको छ। हिन्दु धर्ममा अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी छ र विशेषगरी यो एकादशीको विशेष महत्व छ। एकादशी व्रत भगवान् श्रीविष्णुको प्रिय तिथि हो, सोही कारण जीवनमा भगवान विष्णु जीको कृपा पाउनको लागि एकादशी व्रत राखिन्छ। स्मरणमा रहोस् कि एकादशीलाई ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन्। पापमोचनी एकादशीको मुहूर्त, व्रत विधि, महत्व र कथा :
पापमोचनी एकादशी व्रत मुहूर्त
एकादशी तिथि आरम्भ – चैत्र २५ गते राति २ बजेर २० मिनेटदेखि
एकादशी तिथि समाप्त – चैत्र २६ गते राति २ बजेर ४० मिनेटमा
हरिवासर समाप्ति समय – चैत्र २६ बिहान ८ बजेर ५५ मिनेटमा
एकादशी व्रत समय – चैत्र २६ गते दिउँसो १ बजेर ५० मिनेटदेखि ४ बजेर ३० मिनेटसम्म
पापमोचनी एकादशीको व्रत विधि :
पापमोचिनी व्रतमा भगवान विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ। व्रत लिनेले एकपटक दशमी तिथिमा सात्विक भोजन गर्नुपर्छ। मनबाट भोगविलासको भावना त्यागेर भगवान विष्णुको स्मरण गर्नुहोला। एकादशीको दिन सूर्योदय कालमा स्नान गरी व्रतको सङ्कल्प गर्नुहोला। भगवानको अगाडी बसी भगवद् गीता पाठ अथवा श्रवन गर्नुहोला। झुट या अप्रिय वचन नबोल्नुहोला र प्रभुको स्मरण गर्नुहोला।
पापमोचनी एकादशी व्रतको महत्व
धार्मिक मान्यता अनुसार पापमोचनी एकादशी व्रत बस्दा व्रतालुका समस्त प्रकारका पाप र कष्ट दूर हुन्छन्। यो व्रत गर्दा भक्तले ठुल्ठुला यज्ञ समान फल प्राप्त गर्छन्। पापमोचिनी एकादशी व्रत गर्दा सहस्त्र अर्थात् हजार गाई दान गरेबराबरको फल मिल्छ। ब्रह्म हत्या, सुवर्ण चोरी, सुरापान र गुरुपत्नी गमन जस्ता महापाप पनि यो व्रत बस्दा दूर हुन्छ। यो एकादशी तिथिको ठुलो धार्मिक महत्व छ र पौराणिक शास्त्रमा पनि यसको वर्णन पाइन्छ।
पापमोचनी एकादशी व्रतको कथा :
पौराणिक कथा अनुसार युधिष्ठिरको जिज्ञासा शान्त पार्न भगवान श्रीकृष्णले राजा मान्धाता र लोमश ऋषिको संवादलाई उद्धृत गर्दै यो एकादशी व्रतको महत्व बताएका थिए। उनले भने – राजा मान्धाताले एक समय लोमश ऋषिलाई सोधे कि प्रभु यो बताउनुहोस् कि मनुष्यले जानी नजानी गरेका पापकर्मबाट कसरी मुक्ति पाइन्छ। राजा मान्धाताको यस प्रश्नको जवाफमा लोमश ऋषिले एक सुनाए। चैत्ररथ नामक सुन्दर वनमा च्यवन ऋषिका पुत्र मेधावी ऋषि तपस्यामा लीन थिए।
यस वनमा एक दिन मञ्जुघोषा नामको अप्सराको नजर ऋषमाथि पर्यो। अत्यन्त सुन्दर तेजस्वी मेधावी ऋषिलाई तपस्या गरिरहेको देखेर अप्सरा मोहित भईन्। कामोत्तेजनाले अन्धो बनेकी अप्सराले कामोद्दीपक लेपन र वेशभूषामा उत्तेजक हाउभाउ प्रस्तुत गरी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन्।
कामदेव पनि त्यतिबेला त्यही बाटो हुँदै कतै जाँदै थिए र उनको नजर नजर त्यहीबेला अप्सरा र मेधावी ऋषि माथि पर्न गयो। कामदेवले दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलनका लागि मद्दत गर्न थाले र अन्तत: ऋषि कामपीडित भए। दुवै कामान्धले बेहोसी जस्तै भए। कामको वशमा आएर ऋषिले शिवको तपस्यालाई भुले र अप्सरासँग रमण गर्न लागे। उनले शिवतत्त्वलाई बिर्सिएर मञ्जुघोषाको प्रेममा परी वर्षौं बिताए। समय बित्दै जाँदा ऋषिलाई आफू शिवको तपस्याबाट पहिल्यै बिमुख भएको चेतना भयो। आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि अप्सरासित क्रोधित बने र पिशाचिनी बन भन्दै श्राप दिए।
मुनिबाट पिशाची हुने श्राप पाएकी मञ्जुघोषाले त्यस योनिबाट छुटकारा पाउने उपाय बताउन अनुनय बिनय गरिन् । अप्सराको याचनाबाट द्रवित भई मेधावी ऋषिले चैत्र कृष्ण एकादशीको व्रत अर्थात पाप मोचिनी एकादशीको व्रतको विधि सविस्तार बताईदिए। भोगमा निमग्न रहेका कारण ऋषिको तेज पनि लोप भएको थियो। उनी आफैं पनि पाप मोचिनी एकादशीको ब्रत बसे। जसले गर्दा उनको पाप नष्ट भयो। अर्कोतिर अप्सरा पनि यस व्रतको प्रभावले पिशाच योनिबाट मुक्त भईन्। पापबाट मुक्त भएपछि अप्सराले अझ सुन्दर रुप प्राप्त गरिन् र उनी स्वर्गको लागि प्रस्थान गरिन्। यसरी दुवैको पाप नाश भएको कथा अनुसार पाप मोचिनी एकादशी व्रतको महत्व अहिले पनि उतिकै रहेको छ । भोलि एकादशीको दिन तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस् १२ वटै राशिका भविष्यफल।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईको दिन लाभदायी रहनेछ। व्यापार र व्यवसायमा अपेक्षित सफलता मिल्न सक्ला। आयको वृद्धि हुनेछ। आनन्द र मनोरंजक प्रवृत्ति दिनभर चलिरहनेछ। घरको सजावटमा नयाँपन छाउनेछ। घरलाई सजाउने व्यवस्थामा पनि परिवर्तन गर्नुहुनेछ। सामाजिक प्रसंगमा बाहिर जाने प्रसंग उपस्थित हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यापारलाई विकसित गर्ने तर्फ अधिक ध्यान दिनुहुनेछ। नयाँ योजना र विचारधाराको नवीनताले व्यापार प्रगतिको दिशामा अग्रसर हुनेछ। कार्य सफलता मिल्न विलंब हुन सक्छ। मध्यान्नपछि व्यापारको अनुकुल वातावरण सिर्जना हुनेछ। यस कार्यको लागि कतै बाहिर जानुहुनेछ। तपाईको कार्यपद्धतिबाट उच्च अधिकारी तपाईबाट प्रसन्न रहनेछन्। पिता र प्रतिष्ठित व्यक्तिबाट लाभ होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खानपिनमा विशेष ध्यान राख्नुहोला। नकारात्मक विचारलाई मनबाट निकाल्नाले निराशा अनुभव गर्नुहुनेछ। अनैतिक र अप्रमाणिक कार्य विपत्तिको कारण बन्न सक्ला। मध्यान्नपछि राम्रो प्रवृत्तिको योग रहेको छ। त्यसैले मध्यान्नपछि मानसिक स्वास्थ्यमा ख्याल राख्नुहोला। लेखन वा साहित्यिक प्रवृत्तिमा विशेष रुची रहनेछ। व्यापारमा विकास हुनुको साथसाथै नयाँ योजना बनाउनु हुनेछ। तापनि उच्च अधिकारीसँग वाद-विवादमा नपर्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कसैसँग भावनात्मक सम्बन्ध बाध्न सक्नुहुन्छ र त्यस सम्बन्धमा केहि अधिक भावनाशीलरहनुहुनेछ। मनोरंजक प्रवृत्तिबाट मन प्रफुल्लित रहनेछ। यस प्रवृत्तिमा मित्रको सहयोग मिल्नाले मनोरंजनको आनन्द बढ्नेछ। मध्यान्नपछि तपाईको स्वास्थ्य बिग्रिन सक्ला। उग्र बोलिमा विशेष ध्यान राख्नुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहेकोछैन।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
व्यापार विस्तृतिकरणको दृष्टिले पैसाको आयोजन गर्नको लागि निकै अनुकूल दिन रहेको छ। साथै व्यवसायिक लाभ हुनेछ। धनप्राप्तिको प्रबल योग रहेको छ। व्याज वा दलाली आदिबाट आय वृद्धि होला। आर्थिक रूपले आय वृद्दि हुनाले आर्थिक कष्ट कम हुनेछ। छोटो यात्रा हुने योग रहेको छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कपडा खरिद गर्नुको साथसाथै रोमांचक र आनन्ददायी महसुस गर्नुहुनेछ। तपाईको कलाप्रति अभिरुची विशेष रहनेछ। व्यापारमा विकास हुनाले मनमा आनन्द छाईरहनेछ। व्यवसायमा समय अनुकूल रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईको लागि दिन मध्यम फलदायी रहनेछ। स्थावर सम्पत्ति सम्बन्धित कागजातमा विशेष ध्यान दिनुहोला। आमाको स्वास्थ्यको विषयमा चिन्तित रहनुहुनेछ। परिवारमा झगडा नहोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि स्वस्थ अनुभव गर्नुहुनेछ। विधार्थीको लागि अनुकुल समय रहेको छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यवसायिक दृष्टिले दिन अनुकूल रहनेछ। घरेलु जीवनमा अल्झिएको प्रश्नको समाधान प्राप्त हुनेछ। स्थावर सम्पत्तिसँग सम्बन्धित कार्यबाट मार्ग मिल्नेछ। भाई-बहिनीसँग सम्बन्ध अतुलनीय रहनेछ। मध्यान्नपछि कार्यमा प्रतिकूलता वृद्धि हुनेछ। शारीरिक र मानसिक रूपले निराशा अनुभव गर्नुहुनेछ। परिवारसँग मतभेद खडा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बोलि र व्यवहारमा विशेष ध्यान राख्नाले मनमुटावको प्रसंगलाई टाल्नुहोला। आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लागिरहनेछ। तापनि विद्यार्थीले पढाई-लेखाईमा एकाग्रता राख्नुपर्नेछ। मध्यान्नपछि चिन्ताबाट मुक्ति पाउने उपाय मिलनले मानसिक शान्ति अनुभ गर्नुहुनेछ। शारीरिक र मानसिकरुपले स्वस्थता बनिरहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यवसायिक क्षेत्रमा अनुकूल वातावरण रहनेछ। प्रत्येक कार्य कुनै ढिलाई बिना नै सम्पन्न हुनेह्च। घरेलु जीवनमा उग्र वातावरण बनिरहनेछ। आध्यात्मिक प्रवृत्तिमा तपाईको अभिरुचि रहनेछ। तपाईको प्रभाव कार्यालयमा बनिरहनेछ। मध्यान्नपछि मनमा नकारात्मक विचारले आक्रमण हुनाले निराशा अनुभव गर्नुहुनेछ। निर्णयशक्तिको अभाव रहनेछ। घरायसी कार्यमा पैसा खर्च हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मानसिक रूपले धार्मिक भावनाको चमक अधिक हुनेछ । धार्मिक कार्य अथवा धार्मिक यात्रामा खर्च हुनेछ। अदालती कार्यमा सफलता प्राप्त हुनेछ। पैसा खर्च होला। भगवानको पूजाले मन शान्ति रहनेछ। मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। घरेलु जीवनमा संवाद हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विवाहोत्सुक व्यक्तिले योग्य जीवनसाथी पाउनेछन्। व्यवसायिक क्षेत्रमा लाभ हुनेछ। पारिवारिक जीवनमा सुख-शान्ति छाईरहनेछ। कुनै मनोहर स्थलमा बसाई हुन सक्छ। मित्रबाट विशेष लाभ हुनेछ। मध्यान्नपछि कुनै कारणवश मानसिक रूपले चिन्तित रहनुहुनेछ। धार्मिक कार्यमा खर्च अधिक हुनेछ। परिवारमा शान्तिमय वातावरण रहनेछ।