एजेन्सी : अभिनेत्री दीया मिर्जा(Dia Mirza) आजकल खुबै चर्चामा हुन्छिन्। र उनी लगातार चर्चाको शिखरमा हुने सिलसिला पनि जारी छ। हालै उनले आफ्नो केही फोटो पनि शेयर गरेकी छिन्।

यसैबीच दीया मिर्जाले सार्वजनिक गरेको एक किस्सामा सबैको ध्यान पुगेको छ । यो किस्सामा दीया बाहेक उनकी आमा पनि सामेल छन् र यसको अभिनेता सलमान खानसँग पनि स्पेशल कनेक्सन छ।

दीया मिर्जाको अनुसार सलमान खानको कारण उनको आमाको ज्यान बचेको थियो। सलमानको मद्दतले नै उनले समयमै आफ्नो आमाको उपचार गराउन सकेकी थिईन्।

केही वर्षअघि एक न्युज पोर्टललाई दिएको अन्तर्वार्तामा दीयाले भनेकी थिईन् – ‘एक पटक मेरी आमा बेहोश भएकी थिईन्। मैले तुरुन्तै सलमान खानलाई फोन गरे किनकी उनी मेरो घर नजिकै बस्थे। उनकै कारणले मैले समयमै आमालाई अस्पताल पुर्याउन सके। डाक्टरले बताएअनुसार यदि मैले आमालाई १५ मिनेट मात्र ढिलो पुर्याएको भए आमाको ज्यान बच्न मुश्किल हुन्थ्यो।’

दीयाले सलमान खानप्रति आभारी व्यक्त गर्दै एक ट्वीट पनि गरेकी थिइन्। उक्त ट्वीटमा उनले लेखेकी थिईन् – ‘उनी त्यहीँ मान्छे हुन् जसले मेरी आमाको ज्यान बचाए। जुन मैले कहिल्यै भुल्ने छैन।’ दीयाले यो ट्वीट त्यतिबेला गरेकी थिईन् जतिबेला सलमान खान एक केसमा फँसेका थिए। सोही कारण दीयाले एक अर्को ट्वीट गर्दै स्पष्टिकरण दिनु परेको थियो। दीयाले भनेकी थिईन् – ‘मेरो अघिल्लो ट्वीट हाल चलिरहेको केसमा दिइएको प्रतिक्रिया थिएन। यो एक आभारी साथीको भावनात्मक अभिव्यक्ति थियो।’ सलमान र दीयाबीच राम्रो मित्रता रहेको कुरा जगजाहेर छ।

