एजेन्सी : बलिउड अभिनेत्री उर्वशी राउटेलको आफ्नो बेग्लै शैलीका कारण निकै चर्चामा रहने गर्छिन् । उनी आफ्नो हट अवतारका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन्।
उर्वशी सामाजिक सञ्जालमा बढी मात्रामा सक्रिय हुने गरेकी छिन्। साथै उनले बेलाबखतमा विभिन्न फोटो पनि सामाजिक सञ्जालमा शेयर गर्दै आइरहेकी छिन। जुन तस्बिरलाई उनका शुभचिन्तकले आत्यधिक मात्रामा मन पराउने समेत गरेका छन्।
हालै बलिउड अभिनेत्री उर्वशी राउटेलले आफ्ना केही ग्लामरस तस्विरहरु शेयर गरेकी छिन्। उर्वशीले शेयर गरेको यस तस्बिरमा उनले अँग्रेजीमा लेखेकी छिन् – ‘तपाई हेर्न सक्नुहुन्छ तर नछुनुहोला।’
डिजाइनर मोनिषा जयसिङले तयार पारेको वाइन कलरको गाउन लगाएर उर्वर्शी ६६ औं फिल्म फेयर अवार्ड सेरेमोनीमा गएकी थिईन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो गाउनलाई लगभग ७० हजार भारतीय रुपैयाँ पर्छ।
उर्वर्शीले यी तस्बिरहरु मरून कलरको गाउन लगाएकी छिन्, जसमा उनी कुनै परी जस्ती देखिएकी छिन्। यस आउटफिटसँगै उनले हातमा रेड वाइन समातेकी छिन्।
उर्वशी राउटेलको यो गाउन एक फिशकट र्याप स्टाइल गाउन हो, जुन निकै स्टाइलिश देखिन्छ।
उर्वशी राउटेलको यो गाउन सिक्वेन्स र भेल्भेटको म्याटेरियलबाट बनेको हो। उर्वशीको यस ग्लामरस लुकमा फ्यान्सले निकै तारिफ गरेका छन्।
उर्वशी राउटेलले डिपकट स्लिव्स वाला गाउन लगाएकी छिन्। यसको साथै उनले शिमरी सिल्भर ह्याण्ड क्लच लगाएकी छिन।
उर्वशी राउटेलले आफ्नो यस आउटफिटसँग धेरै एसेसरिज लगाएकी छिन्।
उनले हातमा थुप्रै रिङ्ग्स लगाएकी छिन। साथै हातमा अलग-अलग स्टोन ब्रासलेट र बैंगल्सले लेयर गरेकी छिन्।
उर्वशी राउटेलको हेयर डु निकै सिम्पल छ। उनले कपाललाई स्ट्रेट गरी खुल्ला छाडेकी छिन।
उर्वशी राउटेलको मेकअपको कुरा गर्ने हो भने उनले निकै ब्राइट मेकअप गरेकी छिन्।
‘हेर्न पाइन्छ तर छुन पाइदैन’ भन्दै उर्वशीले शेयर गरिन् यस्ता हट फोटो

प्रकाशित : बिहिबार, चैत १९, २०७७१३:२४