आज सूर्य र शुक्रको मिलन, मेष बाहेक यी दुई राशिका जातक रहनुस् सावधान

काठमाडौँ : देश र दुनियाँको लागि आजको दिन अत्यन्तै महत्वपूर्ण छ। आज सूर्य र शुक्र ग्रह मिलन हुनेछ। यी दुवै ग्रहको यो मिलन मीन राशिमा हुनेछ। यस योगमा यी ग्रह एक-अर्काको ९ देखि १० डिग्रीको बीचको दूरीमा हुनेछ। यानी यी दुवै ग्रह लगभग समान अंशमा रहनेछ। यो योगको कारण शुक्र ग्रह पूर्ण रुपमा अस्त हुनेछ।

वैदिक ज्योतिषमा सूर्य र शुक्र दुवैलाई विशेष ग्रह मानिन्छ। सूर्य आत्माको र शुक्र सौन्दर्यको कारक हुन्छ। यी दुवै ग्रहको मिलनको असर संसारभर पर्नेछ्ह। देश-दुनियाँमा यस मिलनले कस्तो प्रभाव पार्ला र यस मिलनको प्रभाव सबैभन्दा बढी कुन राशिमा पर्छ त ?

सूर्यको तत्व अग्नि हो जबकि शुक्रको तत्व जल हो। यी दुवैको ग्रहको मिलन जल तत्वको राशि मीनमा हुँदै छ। मीन शुक्रको उच्च राशि हो। यसकारण यो मिलनलाई खासै लाभदायक मान्न सकिन्न। यो मिलनको प्रभाव मानिसहरुकाआत्मविश्वास र स्वास्थ्यमा पर्न सक्छ।

व्यापार गर्ने जातकको लागि यो मिलन फलदायी हुन् सक्छ। यो योगको समयमा यिनले शुभ परिणाम प्राप्त गर्न सक्छन्। यदि तपाई कुनै माङ्गलिक या शुभ कार्य गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई अहिलेको लागि टाल्नु नै बेश हुनेछ। यो योगमा शुक्र अस्त हुनेछ। शुक्र एक शुभ ग्रह हो यसकारण यो अस्त हुनु अशुभ मानिन्छ।

शेयर मार्केटमा प्रभाव : – सूर्य र शुक्रको मिलनको असर शेयर बजारमा पनि देखिनेछ। शेयर बजारमा उतारचढाव आउन सक्छ। अस्थिरता अझ बढ्नेछ। यो समयमा लगानी नगर्नुहोला।

पारिवारिक जीवनमा असर- यो मिलनको असर पारिवारिक जीवनमा पनिपर्न सक्छ। यी ग्रहको मिलन शनिको नक्षत्रमा हुँदै छ। यहीँ कारण घरपरिवारमा कलहको माहोल बन्न सक्छ। यो समयमा तपाई धैर्यपूर्वक पारिवारिक जीवनमा सन्तुलन बनाउने कोशिश गर्नुहोला। केही महिलालाई स्वास्थ्यसँग जोडिएको केही समस्याले सताउनेछ।

सूर्य र शुक्रको यो मिलन कुन राशिको लागि शुभ रहनेछ, कुन राशिले सामान्य फल प्राप्त गर्नेछन् र कुन राशिको जातक यो मिलनको समयमा सावधान रहन आवश्यक छ।

यी राशिलाई लाभ : वृष र मकर राशिका जातकलाई यो मिलन फलदायी रहनेछ। यसैबीच वृष राशिका जातकका अड्किएका कामहरु पूरा हुनेछन्। साथै जागिरसम्बन्धी समस्याको पनि हल निस्कनेछ। मकर राशिका जातकले यसैबीच धन लाभ गर्नेछन्। यसैबीच तपाईका दाजु-दिदीबाट तपाईले भरपूर सहयोग पाउनेछन्।

यी राशि सावधान रहनुपर्नेछ : मेष, कुम्भ र मीन राशिका जातक यो मिलनबाट सावधान रहन आवश्यक छ। मेष राशिका मानिसले आफ्नो रिसमा काबू राख्नुपर्नेछ, अन्यथा तपाईले गर्दै गरेको काम बिग्रिन सक्छ। कठोर वाणीको कारण सम्बन्धमा फाटो आउन सक्छ। कुम्भ राशिका जातक लेनदेनको मामिलामा विशेष सावधानी रहनुपर्नेछ। स्वास्थ्यमा समस्या उत्पन्न हुन् सक्छ। मीन राशिका जातकले यो मिलनको कारणले मानसिक समस्या भोग्नुपर्नेछ।

प्रकाशित : बुधबार, चैत ११, २०७७१९:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि चैत्र १२ गते आमलकी एकादशी, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !