एजेन्सी : अभिनेत्री सोनाक्षी सिन्हा सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। सामाजिक सञ्जालको माध्यमबाट उनी आफ्ना फ्यान्ससँग सम्पर्कमा हुन्छिन्। यहीँ सक्रियताले सोनाक्षी ट्रोलको शिकार बन्ने गर्छिन्।
तर उनी कम छैनन्, बेला-बेलामा उटपट्याङ जवाफ दिएर मनोरञ्जन गराउँछिन्। उनका फोटोहरुमा नराम्रा, अपाच्य र भद्दा कमेन्ट्सको हुने गर्छन्। यहीँ कारणले उनलाई चिन्तित बनाउँथ्यो तर अहिले समय बद्लिएको छ।
पहिले सोनाक्षी ट्रोलरलाई मुखभरी जवाफ फर्काउँथिन्। उनी चाँडै चित्त दुखाउँथिन् र सधैँ सफाई दिन हतारिन्थिन्। तर अहिले उनले ट्रोलर्ससँग डिल गर्ने आफ्नो स्टाइल परिवर्तन गरेकी छिन। सोनाक्षीका अनुसार ट्रोल गर्ने मानिस डरपोक हुन् जो आफ्नो वास्तविक परिचय लुकाई भद्दा कमेन्ट्स लेख्छन्।
एक न्युज पोर्टलसँगको कुराकानीमा सोनाक्षी भन्छिन् – ‘तिनीहरु बस फोनमै झुन्डिएर बस्छन् र नकारात्मकता फैलाउँछन्। म तिनीहरुलाई जरुरी ठान्दिन्। मैले मेरा फ्यान्सबाट धेरै सहयोग पाएकी छुँ, त्यो मेरो लागि काफी छ। म सधैँ सच्चा रहनेछु।’
सोनाक्षी अरुले ट्रोल गरेपनि आफूमा आत्मविश्वास हुनुपर्ने बताउँछिन्। उनी भन्छिन् – ‘पहिले मलाई ट्रोलले चिन्तित बनाउँथ्यो। तर अहिले म त्यो स्थानमा पुगेको छु, जहाँ यो सबले केही फरक पार्दैन। अहिले मैले अगाडी बढ्न सिकिसकेकी छु।’
वर्कफ्रन्टको कुरा गर्ने हो भने सोनाक्षी सिन्हा अजय देवगनको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ मा देखिँदै छिन्। फिल्म थियटरमा नभई ओटिटीमा रिलिज गरिनेछ।