एजेन्सी : सेलिब्रेटीको जीवनमा भौतिक सुख-सुविदाको कुनै कमी हुँदैन। उनीहरु आफ्नो जीवन जतिसक्दो उत्कृष्ट तरिकाले जिउँछन्। खानपिनलाई लिएर पनि उनीहरु आफ्नो विशेष ख्याल राख्छन्। स्पोर्ट्स म्यान होस् या बलिउड स्टार हरकोहीँ आफूलाई फिट राख्न रुचाउँछन्। उनीहरु आफ्नो स्वास्थ्यको खातिर महँगा चीजहरु किन्न कहिल्यै हिच्किचाउँदैनन्।
लगभग ४ हजार रुपैयाँ प्रतिलिटर पानी पिउँछिन् उर्वशी रौटेला
बलिउड अभिनेत्री उर्वशी रौटेलालाई बलिउडको सबैभन्दा सुन्दर अभिनेत्री भन्दा अतिशयोक्ति नहोला। उनी सधैँ आफूलाई फिट राख्नमा विश्वास राख्छिन्। हालै उर्वशीलाई मुम्बईको एयरपोर्टमा देखिएको थियो। त्यतिबेला उनी निकै सुन्दर देखिएकी थिई। तर उनको लुक भन्दा बढी ध्यान उनले हातमा बोकेको ब्ल्याक बोतलले खिचेको थियो।
खासमा त्यो बोत्तलमा कुनै सामान्य पानी थिएन्, त्यो प्रिमियम अल्कलाइन पानी थियो। यो पानीको मूल्य लगभग २ हजार देखि ४ हजार रुपैयाँसम्म पर्छ। यो त्यहीँ प्रिमियम अल्कलाइन पानी हो, जुन भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पिउँछन्।
ब्ल्याक वाटरको विशेषता :
तपाईहरुलाई अचम्म लागिरहेको होला खासमा ब्लाक वाटरमा त्यस्तो के हुन्छ, जसकारण यो यति महँगो हुन्छ। खासमा भन्ने हो भने ब्ल्याक वाटरको पिएच भ्यालु एकदमै धेरै हुन्छ। जसले गर्दा प्रतिरक्षा प्रणाली बढाउन र आफूलाई फिट राख्न मद्दत पुग्छ।
यसले तपाईलाई हाइड्रेटेड राख्नुको साथै तपाईको शरीरको पिएच लेभल उच्च राख्छ। खासगरी कोभिड-१९ को समयमा तपाईलाई फिट राख्न यसले तपाईलाई विशेष सहयोग पुर्याउँछ।